न्यायिक समितिमा ९८ वटा मुद्दा दर्ता तथा ५७ वटा मात्रै फर्छ्यौट

सेयर गर्नुहोस्

न्यायिक समितिमा ९८ वटा मुद्दा दर्ता तथा ५७ वटा मात्रै फर्छ्यौट
मनाेज शाह जितपुर बारा माघ २६ गते :

जितपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिले आ. व. २०७९ / ८० मा जम्मा ४३ ओटा मुद्दा दर्ता गरेकाे थियो। दर्ता भएका मुद्दाहरुमध्ये हालसम्म जम्मा ३५ ओटा मुद्दा मात्रै फर्छ्यौट भएको छ भने ८ ओटा मुद्दा टुङ्गो लगाउन अझै बाँकी रहेको जितपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भाेला अधिकारीले जानकारी दिएका छन् । आ. व. २०७९ / ८० मा दर्ता भएका मुद्दाहरुमध्ये घरेलु हिंसासम्बन्धी ३ ओटा, लेनदेनसम्बन्धी २० ओटा, जग्गा किचलोसम्बन्धी १५ ओटा मुद्दा, निर्माण कार्य राेक्कासम्बन्धी २ ओटा, सार्वजनिक जग्गा सम्बन्धी ३ ओटा मुद्दा रहेको उपप्रमुख अधिकारीले बताए । त्यसैगरी आ. व. २०८०/८१ मा हालसम्म जम्मा ५५ ओटा मुद्दाहरु दर्ता भएका छन् । साे मुद्दाहरुमध्ये जम्मा २२ ओटा मुद्दा मात्रै फर्छ्यौट भएका छन् भने ३३ ओटा मुद्दा टुङ्गो लगाउन अझै बाँकी रहेको छ । आ. व. २०८०/८१ मा दर्ता भएका मुद्दाहरुमध्ये घरेलुु हिंसासम्बन्धी ३ ओटा, लेनदेन सम्बन्धी २० ओटा, जग्गा किचलोसम्बन्धी २१ ओटा मुद्दा, निर्माण कार्य राेक्कासम्बन्धी १ ओटा, सार्वजनिक जग्गा सम्बन्धी १० ओटा मुद्दाहरु रहेको उपप्रमुख भोला अधिकारीले जानकारी दिनुभयो ।