घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण
मनाेज शाह, जितपुर बारा, माघ २६ गते

बाराको सदरमुकाम कलैया बजारमा रहेको शौचालयको निर्माण तथा मर्मत सम्भारको कार्य केही दिनदेखि जारी रहेको छ । शौचालय सुचारु हुन अझै केही समय लाग्ने हुँदा स्थानीय बासिन्दा, बटुवा तथा बजारमा किनमेल गर्न आएका ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले घुम्ती शौचालय मार्फत सेवा सुरु गरेको छ। नगर प्रमुख बिनोद साहज्युको विशेष पहलमा सुरु गरिएको घुम्ती शौचालय प्रयोग गर्न पाउँदा स्थानीयहरु निकै हर्षित छन् । घुम्ती शौचालयप्रति मानिसहरुको आकर्षण बढ्दै गएकोले मुख्य शौचालयको निर्माण कार्य सम्पन्न भएपछि पनि उक्त घुम्ती शौचालयलाई नगरको भिडभाड हुने स्थानमा राखी सधैंको लागि सुचारु राखिने कुरा नगर प्रमुख बिनोद साहले जानकारी दिनुभयो ।