जितपुरकाे सडकमा ट्राफिक प्रहरीद्वारा जनचेतना प्रदान

जितपुरकाे सडकमा ट्राफिक प्रहरीद्वारा जनचेतना प्रदान

मनाेज शाह जितपुर बारा फागुन ५ गते:
बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ७ जितपुरकाे मुख्य सडकमा सवारीसाधन चेकजाँच गर्न खटिएका नायब प्रहरी दीपक बस्नेतले कार्यथलोमै ट्राफिक नियमसम्बन्धी जनचेतना प्रदान गरेका छन् । उनले जितपुरकाे टेढाराेड चाैकमा आवतजावत गर्ने यात्री, अटाे रिक्सा चालकहरु तथा माेटरसाइकल चालकहरुलाई सवारीसाधन राम्रोसँग चलाउनुपर्ने सुझाव दिएका थिए । चालकको सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै सबैलाई सचेत रही ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए ।

उनका अनुसार मानिसको मृत्यु तीन प्रकारले हुन्छन् : अकाल मृत्यु , आत्म मृत्यु तथा दुर्घटना मृत्यु र यीमध्ये गाडी दुर्घटनाबाट सबैभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको बस्नेतले बताए । माेटरसाइकल चालकले हेल्मेट लगाएन भने उसलाई नै घाटा हुन्छ तर यो कुरा उसले बुझ्दैन वा बुझेर पनि हेल्मेट लगाउने नगरेको गुनासो व्यक्त गर्दै हेल्मेट आफ्नै सुरक्षाको लागि हाे भन्ने बुझिदिएर नियमितरुपमा हेल्मेट प्रयोग गरिदिए चालकको ज्यान जोगिने कुरा नायब प्रहरी दीपक बस्नेतले बताउनुभयो । अलिकति लापरबाहीले गर्दा मानिसले आफ्नो अमूल्य जीवन गुमाउन पुग्दछ । बल्लतल्ल पाएको जीवनको महत्त्व बुझ्दै सडक दुर्घटना हुन नदिन तथा सावधानी अपनाउनका लागि ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।