जितपुरसिमराकाे  खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन

जितपुरसिमराकाे  खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन

मनाेज शाह जितपुर बारा फागुन १ गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन गरिएको छ । बर्षौ बितिसक्दा समेत खानेपानी ट्यांकी सञ्चालन आउन नसकेपछि ट्यांकी सञ्चालनको लागी समिति गठन गरिएको हो ।

हरेराम कामीको अध्यक्षतामा ११ सदस्यि खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको हो । बकुलियाको खानेपानी ट्यांकी झण्डै २२ बर्षअघि निर्माण भएको थियो ।

समितिका पादाधिकारीहरुको नामावली :
अध्यक्ष : हरेराम कामी
उपाध्यक्ष : अनिल कुमार साह
सचिव : आनन्द चौधरी
सह सचिव : शंकरभोला साह
कोषाध्यक्ष : सुलेखा कुमारी साह

सदस्यहरु :
सदस्य  : उमा देबी चौधरी
सदस्य : बैधनाथ चौधरी
सदस्य : घनश्याम चौधरी
सदस्य : भागमती चौधरी
सदस्य : कविता उप्रेती
सदस्य : सुनिल साह