नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मनोज शाह, जीतपुर बारा, फागुन १६ गते
बाराको बरियारपुरमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले फागुन १६ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपुर शाखाका १२० जना सदस्य तथा अभिभावकहरुको उपस्थितिमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
महागढि नगरपालिका वडा २ बरियारपुर शाखाअन्तर्गतका केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध , कर्जा तथा बचतको महत्व , कर्जाको सही उपयोग , लिएको कर्जा कति लिने र कसरी तिर्ने, संस्थाले उपलब्ध गरेका कर्जाको नीतिगत व्यवस्था , नेपाल राष्ट्र बैंकवाट घ वर्गलाई गरेको निर्देशन र व्यवसायिक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रमुख भीमबाली कुमार सहनीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि श्री अरुण कुमार यादवले संस्थाको पृष्ठभूमिको बरेमा जानकारी गराउँदै त्यहाँ उपस्थित सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी जानकारीमूलक तथा जीवनोपयोगी ज्ञान प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष श्री विश्वनाथप्रसाद कुश्वाहाले कर्जा सदुपयोग गर्ने विषयमा प्रबोधीकरण गर्नुभएको थियो । उहाँले संस्था र संस्थासँग जोडिएका सम्पूर्ण सदस्यहरुबीच अटुट सम्बन्ध रहने कुरा बताउँदै संस्था सबल रहे सदस्यहरुलाई पनि फाइदा पुग्ने जानकारी दिनुभयो । यो संस्था हाम्रै लागि हो त्यसैले समयमै अनिवार्य रुपमा बचत तथा किस्ता तिरी संस्थालाई जोगाउनुपर्छ भन्ने भावना प्रत्येक सदस्यमा हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
संस्थाका प्रमुख श्री भीमबली कुमार सहनीले संस्थाबाट हुने सेवा सुविधा तथा ग्राहक संरक्षण कोषको बारेमा जानकारी गराउनुभएको थियो ।