त्रिबेनी स्पिनिङका मजदुरद्वारा डाइरेक्टर कुटिए

त्रिबेनी स्पिनिङका मजदुरद्वारा डाइरेक्टर कुटिए

मनाेज शाह जितपुर बारा माघ २९ गते:
त्रिबेनी स्पिनिङका डाइरेक्टर सतिस शर्मालाई मजदुरहरुले रामधुलाइ गरेका छन् । बोनसको विषयमा कुरा नमिलेको भन्दै माघ २८ गतेका दिन त्यहाँका मजदुरहरुले डाइरेक्टर सतिश शर्मालाई उद्योग परिसरमै कुटपिट गरेका हुन् ।

बोनसको विषयमा देखापरेको समस्या सुल्झाउनका लागि माघ २९ गते उद्योग प्रशासन र मजदुरहरुको बिचमा बैठक बस्ने कुरा थियोे तर माघ २८ गते नै मनोमानी ढ्ङ्गबाट सबै मजदुरको खातामा सतिश शर्माले बोनस रकम पठाउन लगाएकोले विवाद झन् चर्किएको थियो ।

गतबर्ष प्रतिव्यक्ति मजदुरले लगभग २० हजारसम्म बोनस रकम पाएका थिए तर उद्योगका डाइरेक्टर सतिश शर्माले अहिले प्रतिव्यक्ति लगभग दुई हजारदेखि तीन हजारसम्म मात्रै बोनस रकम उपलब्ध गराएको हो भनी मजदुर नेता उमेश साहले स्पर्श खबरलाई जानकारी दिए ।

के कति कारणले मनोमानी ढ्ङ्गबाट बोनस रकम निकासा गरिएको हो भन्ने कुरा डाइरेक्टर सतिश शर्मासँंग बुझ्न जाँदा शर्मा गाडी चढेर भाग्न लागेकाले मजदुरहरुले समातेर उनीमाथि हातपात गरेका थिए भनी मजदुर नेता उमेश साहले बताए । यस घटनाबारे उद्योगका डाइरेक्टर सतिश शर्मासँग बुझ्न खोज्दा उनको फोन स्विच अफ रहेको थियो ।

क्यानडाविरुद्धको श्रृखंला क्लिन स्विप गर्न नेपाललाई २३३ रनको लक्ष्य

क्यानडाविरुद्धको श्रृखंला क्लिन स्विप गर्न नेपाललाई २३३ रनको लक्ष्य
जितपुर बारा माघ २९ गते । क्यानडाविरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको छ ।

क्यानडाका लागि नवनीत दालिवालले ८२ बलमा ५ चौकासहित सर्वाधिक ५० रनको र्अधशतकीय इनिङ खेल्दा निखिल दुत्ताले ६२ बलमा २ चौका र १ छक्कासहित ४५, कप्तान साद बिन जफरले अविजित ३१, हर्ष ठाकरले २९, श्रेयस मोव्वाले २५ र श्रीमन्थ विजेरत्नेले २२ रनको योगदान दिए ।

नेपालका डेब्यु खेलाडी हेमन्त धामीले सर्वाधिक ३, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट लिए। आजको खेल जिते नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला क्लिन स्विप गर्नेछ ।

यसअघि क्यानडाविरुद्धको पहिलो खेलमा ७ रन तथा दोश्रो खेलमा ४ विकेटले विजयी भएको नेपाले २-० ले अघि रहँदै श्रृंखला कब्जा गरिसकेको छ । यता क्यानडा भने आज पहिलो जित निकाल्दै नेपाल भ्रमणको सुखद् अन्त्य गर्ने चाहनामा छ ।

आईसीसी विश्वकप लिग-२ को तयारी अन्तर्गत नेपालले घरेलु मैदानमा क्यानडासँग तीन खेलको एकदिवसीय श्रृंखला आयोजना गरेको हो ।

 

यसरी चिन्नुहोस् नक्कली नोट :  जोगिनुहोस्

यसरी चिन्नुहोस् नक्कली नोट :  जोगिनुहोस्

मनिर अंसारी   जितपुर बारा माघ २७: गते यसरी चिन्नुहोस् नक्कली नोट : ठगिनबाट जोगिनुहोस्

आजकल बजारमा जताततै नक्कली नोटको बिगबिगीले गर्दा सर्वसाधारण तथा व्यापारीहरु आजित भएका छन् । सक्कली नोट तथा नक्कली नोटको बीचमा फरक छुट्याउन नसक्दा सर्वसाधारण जनताहरु निकै मारमा पर्दै आएका छन् ।

नोटमा रहेका आँखाले देख्न सकिने र लाइटको माध्यमबाट देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ ।

#नक्कली नोट चिन्ने टिप्स :

1)*सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालीगुँरास फूलको आकृति स्पष्ट रुपमा देखिन्छ ।
*नक्कली नोटमा यस्तो पानी छापमा रहेको लालीगुँरास फूलको आकृति स्पष्ट रुपमा देखिंदैन ।

2)-*सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा NRB लेखिएको हुन्छ र यसमा कुनै पनि अक्षर छोपिएको हुँदैन ।
*नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपिएको या बांगो हुन सक्दछ ।

३)-*सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ ।
*नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन ।

४)-*सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन ।
*नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।

५)-*सक्कली नोटको अग्र भागमा छापिएको नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको हस्ताक्षर भएको भाग र एउटा हात्ती भएको पछाडिको भाग हेर्दा स्पष्ट देखिन्छ ।
*यी कुराहरु नक्कली नोटमा स्पष्ट देखिँदैन ।

६)-*नोटको अग्र भागमा नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० एक हजार तुरुन्त पाइने छ भनी लेखिएको तथा भगवतीको आकृति प्रिन्ट गरिएको हुन्छ । यसका साथै तिन वटा गोलाकार थोप्लाहरु पनि हुन्छन् जसलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रीन्ट भन्दा केही माथि उठेको अनुभव हुन्छ । (दृष्टिविहिनहरुले पनि नोटलाई छामेर नक्कली र सक्कली पत्ता लगाउन सकिने विशेषताहरु हुन् ।)

जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन : मेयर पाैडेल 

जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन : मेयर पाैडेल

 

मनाेज शाह जितपुर बारा माघ २७ गते :

जीतपुरसिमरा उपमहानगरपालिकाको सेवा प्रबाहलाई थप ब्यवस्थित र प्रभावकारी बनाउँन छलफल भएको छ । उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई ब्यवस्थीत र नगरको गतिबिधिलाई सेवाग्राही मैत्री बनाउँने बिषयमा छलफल भएको थियो । उपमहानगरपालिकाको सभा हल जीतपुरमा भएको छलफलमा नगर प्रमुख राजन पौडेलले राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई वडा कार्यालय सम्म पुरयाउँने बिषयमा वडा अध्यक्ष र वडा सचिवहरुको धारणा बुझेका थिए । उनले उपमहानगरपालिकाको कार्यालय र ईलाका प्रशासन कार्यालय सिमराबाट भईरहेको राष्ट्रिय परिचय पत्र भर्ने कार्यलाई उपमहानगरपालिकाको वडा सम्म पुरयाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा सल्लाह मागेका थिए ।

कर्मचारीहरुले गरेको कामको आधारमा नगरपालिकाको विभिन्न क्षेत्रको विकास र प्रगतिको मापन हुने भएकाले वडा स्तरबाट नै कार्यसम्पादन प्रक्रिया सरल, सहज, सेवाग्राही मैत्री र कानुनको अधिनमा हुनुपर्ने निर्देशन दिए । उनले वडा सचिवहरुलाई घट्ना दर्ता र सार्बजनिक खरिद सम्बन्धि तालिम प्रदानकोलागि गृहकार्य गर्न अनुरोध गरे ।कार्यालय समयभन्दा अतिरिक्त समय उपमहानगरपालिकाको कार्यमा खर्चीने कर्मचारीहरुलाई विशेष प्रोत्साहन र उत्प्रेरणाको रुपमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

त्यस्तै ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख धुब्र गिरीले नागरिकतामा स्टीकर नहुने बित्तिकै नागरिकता फेक हो भन्नी सबै नागरिकतालाई शंकाको घेरामा नराख्न अनुरोध गरे । नागरिकतामा लेखिएका कुराहरु प्रष्ट रुपमा देखिन्छ र नागरिकता सहि भएमा राष्ट्रिय परिचय पत्रको फारम भर्न अनुरोध गरे । छलफल कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारी , प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसाद ,ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख धुब्र गिरी , उपमहानगरको प्रबक्ता ईश्वर के.सि. , वडा नं.१ देखि वडा नं.१३ सम्मका वडा अध्यक्ष र वडा सचिवहरुको सहभागिता रहेको थियो ।

 उद्योग, कृषि र पर्यटनलाई प्राथमिकताका साथ  बाणिज्य संघले पहिलो पटक महोत्सव गर्दै

उद्योग, कृषि र पर्यटनलाई प्राथमिकताका साथ  बाणिज्य संघले पहिलो पटक महोत्सव गर्दै

मनाेज शाह जितपुर बारा माघ २७ गते:

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजनामा प्रथम जितपुरसिमरा महोत्सव २०८० हुने भएको हो ।

आगामी फागुन १८ गते देखि ३० गतेसम्म जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बजनीमा महोत्सव आयोजना गरिने जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए । उद्योग, कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष शर्माले बताए ।

महोत्सवले स्थानीय कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात रहेको र बारामा पर्यटनका लागि पनि महत्वपूर्ण छ भन्ने पुष्टि गराउने अध्यक्ष शर्माले बताए । उनले बारामा रहेका विभिन्न मठमन्दिरको प्रचारप्रसारलाई समेत महोत्सवमा जोडिने बताए ।

उनले महोत्सवले बाराको पहिचान बनाउँदै देशकै उत्कृष्ट महोत्सवका रुपमा स्थापित हुने अपेक्षा रहेको जनाए ।

बाराको आर्थिक तथा सामाजिक उत्थान गर्न कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी, सूचना प्रविधिको प्रदर्शनी, बालबालिका तथा यूवाहरुको मुख्य आकर्षण रुपमा रहदै आएको बाल उद्यान, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, संस्कृतिको जर्गेना गर्ने उद्देश्य महोत्सव आयोजना गर्न लागेको अध्यक्ष शर्मा जनाए ।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा २०० स्टल रहनेछ भने महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्याउने रहेको छ ।

महोत्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकको छ । त्यस्तै मेलाले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्नेछ । मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।

महोत्सवमा सबै जातजाति भाषा संस्कृति झल्किने नृत्य गायन कार्यक्रम, नगरपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुबिच डान्स आईडल, व्यवसायिक स्टल र नेपाली सेना आर्मीको विषेश कार्यक्रमहरु समावेश गरिएको बताईएको छ । महोत्सवमा ख्याती प्राप्त कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त

२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त मनाेज शाह जितपुर बारा माघ २७ गते नेपालको मात्र नभई विश्वभरिकै तामाङ्ग जाति तथा समुदायद्वारा मनाइने सोनाम ल्होछार (२८६० औं) को सुखद् अवसरमा जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आपसी सद्भाव, अमनचयन, एकता, समृद्धि र प्रगतिका लागि जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा … Read more

एकदिवसीय श्रृङखला : आज नेपाल र क्यानडाबिच दाेस्राे खेल 

एकदिवसीय श्रृङखला : आज नेपाल र क्यानडाबिच दाेस्राे खेल

मनाेज शाह जितपुर बारा माघ २७ गते:

नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट शनिबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान सवा ९ बजे शुरु हुनेछ। घरेलु टोली नेपाल लगातार दोस्रो जित निकाल्दै श्रृङ्खला जित्ने योजनामा हुनेछ। पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित निकालेको थियो। नेपाल एक खेलअगावै सिरिज जित्न चाहन्छ।

पाहुना टोली क्यानडा पनि नेपाललाई हराउँदै सिरिजमा बराबरी चाहन्छ।

शिक्षा मन्त्रालयको टोलीले लियो सरोकारवालासँग सुझाव

शिक्षा मन्त्रालयको टोलीले लियो सरोकारवालासँग सुझाव स्पर्श खबर जितपुर बारा माघ २७ गते: शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले अगामी दिनमा शिक्षा क्षेत्रका निति, योजना तथा बजेटमा समावेश गर्नु पर्ने विषयहरु ’bout सरोकारवाल सित सुझाव लिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेका जिल्लाका १८ वटै पालिकाका शिक्षा संयोजक, शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारी र संचारकर्मीहरु … Read more

न्यायिक समितिमा ९८ वटा मुद्दा दर्ता तथा ५७ वटा मात्रै फर्छ्यौट

न्यायिक समितिमा ९८ वटा मुद्दा दर्ता तथा ५७ वटा मात्रै फर्छ्यौट मनाेज शाह जितपुर बारा माघ २६ गते : जितपुरसिमरा उपमहानगरपालिकाको न्यायिक समितिले आ. व. २०७९ / ८० मा जम्मा ४३ ओटा मुद्दा दर्ता गरेकाे थियो। दर्ता भएका मुद्दाहरुमध्ये हालसम्म जम्मा ३५ ओटा मुद्दा मात्रै फर्छ्यौट भएको छ भने ८ ओटा मुद्दा टुङ्गो लगाउन अझै … Read more

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण

घुम्ती शाैचालयप्रति स्थानीयको बढ्दो आकर्षण मनाेज शाह, जितपुर बारा, माघ २६ गते बाराको सदरमुकाम कलैया बजारमा रहेको शौचालयको निर्माण तथा मर्मत सम्भारको कार्य केही दिनदेखि जारी रहेको छ । शौचालय सुचारु हुन अझै केही समय लाग्ने हुँदा स्थानीय बासिन्दा, बटुवा तथा बजारमा किनमेल गर्न आएका ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले घुम्ती शौचालय मार्फत सेवा … Read more