नेपाल प्रहरीका ७८ जना एसपिकाे सरुवा 

नेपाल प्रहरीका ७८ जना एसपिकाे सरुवा

स्पर्श खबर जितपुर बारा फागुन २ गते:

नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ।

 

 

प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको जनाएको छ।

फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको जनाएको छ।
हेर्नुहोस् नाम

 

बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

मनाेज शाह जितपुर बारा फागुन १ गते

पर्सा जिल्लाको बिरगंजमा जनयुद्ध दिवसको विशेष अवसरमा आम जनता पार्टीद्वारा आयोजित “दलतन्त्रको उपहार : नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रम आजपाको राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री माननीय प्रभु साह ज्युको प्रमुख आतिथ्यमा भव्यताका साथ सु-सम्पन्न भएको छ । एकातिर देशमा रोजगारी नपाएर नेपालीहरु विदेशमा मरिरहेका छन् भने अर्कोतिर नेपालको अधिकांश उद्योगहरु विदेशी कामदारले भरिएको दुःखद स्थितिलाई आजको अन्तरक्रिया मार्फत् उजागर गरी देशको यी र यस्ता विविध वर्तमान संकटहरुको समाधान एवम् निराकरणको आधार तय हुने कार्यक्रमका सहभागीहरुले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा खबरदारी गर्दै मन्त्री साहले आम श्रमजीवी जनतालाई यस्तो पीडादायक अवस्थामा पुर्याउने दलतन्त्रको विकल्प खोज्ने बेला आएको कुरा बताउनुभयो । किसान , मजदुरको रगत – पसिनाबाट उदाएका माओवादी नेतृत्वको सरकारमा यस्तो कहालीलाग्दो अवस्था निर्माण हुनु दु:खद एवं दुर्भाग्यपूर्ण विषय हो । यसर्थ “पथभ्रष्ट गद्दारहरुलाई बहिष्कार गरौं ! महान जनयुद्ध दिवसको सम्मान गरौँ !!” भन्ने मूल निष्कर्षलाई आत्मसात् गरेर अगाडि बढ्न आजपाको राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री माननीय प्रभु साहले सम्पूर्ण देशभक्त जनतामा हार्दिक अपील सहित जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका छन् ।

आजपाको केन्द्रिय सचिव तथा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आजपाको केन्द्रीय उपाध्यक्ष समिना हुसेन ,केन्द्रीय महासचिव अशोक लामा, केन्द्रीय उपमहासचिव त्रिभुवन साह, मधेश प्रदेश इन्चार्ज सुधीर यादव, केन्द्रीय सचिव बाबु राम कौशीक, इस्लाम हवारी लगायतको उपस्थिति रहेको थियोे ।

जनयुद्ध दिवसकै अवसर पारेर बिभिन्न पार्टी परित्याग गरी बारा जिल्ला बारा गढीको नेता सुरेशप्रसाद साह, लक्ष्मी साह दुलार पसवान, रामदेव मुखिया, इसा महमद मिया, महिन्द्र मुखिया बिन, रामवा यादव, राजिन्द्र साह, बिरेन्द्र मुखिया, सुबोध साह लगायतकाले आजपा पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा बिदेशबाट कार्य गरी फर्केका छोटेलाल कुशवाहा, दिनेश प्रसाद कुशवाहा, संजय प्रसाद कुशवाहा, नबिन प्रसाद कुशवाहा, राजकुमार कुशवाहा लगायत १०० भन्दा बढी युवाहरुलाई फूलको माला लगाएर सम्मान गरिएको थियो ।

इटहरी उपमहानगरले माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा गरिदिने

इटहरी उपमहानगरले माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा गरिदिने

मनाेज शाह जितपुर बारा फागुन १ गते :इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन् ।

मङ्गलवार नेकपा माओवादी केन्द्रको पदाधिकारीहरु सँग एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन ।

जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै संस्था मार्फत इटहरीमा भएका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न चार लाख रकम दिने निर्णय गरेका छन् ।

इटहरी क्षेत्रमा बसोबास गर्दै आएका पिडित घाइतेहरुको निशुल्क बिमा गर्ने गरिदिने छु मेयर पौडेलले भने । आफ्ना नगरमा भएको इटहरी नगर क्षेत्रमा बसोबास गर्ने परिवारको बिमा गरिदिने पौडेलको भनाई छ।

जनयुद्दमा पिडित बनेकाहरुको निशुल्क बिमा गरिदिने मेयरको भनाई प्रति माओबादीका इटहरी नगर अध्यक्ष बहादुर तामाङले आफुहरु अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए। हामी पिडितहरुको नाम तयार गरेर मेयर सँग बुझाउने छौ तामाङले भने ।

 

श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी

श्रेष्ठले सम्हाले खेलकुद विकास समिति प्रमुखको जिम्मेवारी

मनाेज शाह जितपुर बारा फागुन २ गते:

हेमलाल श्रेष्ठले  जिल्ला खेलकुद विकास समिति बाराको प्रमुखको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले प्रमुखमा नियुक्त गरेसंगै श्रेष्ठले पदीय जिम्मेवारी सम्हालेका हुन् ।

निजगढका श्रेष्ठले एक कार्यक्रमकाबीच कलैयास्थित कार्यालयमा पदभार ग्रहण गरेका थिए । परिषद्ले माघ १६ गते श्रेष्ठलाई समितिको प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । परिषद्ले उक्त निर्णय भएको व्यहोरा उल्लेख गर्दै माघ १७ गते श्रेष्ठलाई प्रमुखमा नियुक्त भएको जानकारी पत्रमार्फत गराएको थियो ।

उक्त निर्णय अनुसार अनुसार अधिकृत तृतीय प्राविधधिक तहका तेक्वान्दो प्रशिक्षक श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सदस्य मुक्ति यादव, जिल्ला कोषाध्यक्ष अनु बस्नेत, समितिका निमित्त प्रमुख हरिशंकर चौधरी, कर्मचारी तथा प्रशिक्षक बम्हदेवप्रसाद यादव, महमद कलाम अन्सारी, जीतसिंह लामा, सुनिलकुमार साह, बृजमोेहन साह, क्यामुदिन मंसुर, सन्तोष श्रेष्ठ, विनोद तुलाधरलगायतको उपस्थिती रहेको थियो ।

दिल्लीमा किसानको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

दिल्लीमा किसानको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

स्पर्श खबर जितपुर बारा फागुन १ गते:

दिल्ली प्रहरीले किसानको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ। सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

दिल्लीवरपरको अन्तर–राज्य सिमानाहरूमा भारी सुरक्षा तैनाथी  गरिएको छ । सयौँ किसान यी प्रवेश र निकास विन्दुहरूमा  जाडोको सामना गर्दै सडकमा धर्नामा बसिरहेका देखिन्छन्।किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य वृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन्।

उनीहरूले विभिन्न राज्यका करिब दुई सय किसान संघले आज दिल्लीमा विरोध प्रदर्शन गर्दै छन्। यसैबीच किसान युनियन र संघीय मन्त्रीहरूको समूहबीच समस्या समाधानका लागि वार्ता पनि सुरु भएको बताइएको छ।

माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालीको कीर्तिमानी  जित

माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालीको कीर्तिमानी  जित

स्पर्श खबर जितपुर बारा फागुन १ गते:

एसिसी महिला प्रिमियर कप टी २० क्रिकेटमा नेपालले माल्दिभ्ससामू विश्व कीर्तिमानी जित निकालेको छ।​

रुबिना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङको सहयोगमा नेपालले कीर्तिमानी जित निकाल्न सफल भएको हो। मलेसियाको बांगीमा जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमै समेटियो।

जसले गर्दा नेपालले २ सय १४ रनको कीर्तिमानी जित हात पार्‍यो। यो नेपालको महिला टी २० आईमा सर्वाधिक अन्तरको जित हो। यसअघि सन् २०११ मा कतराविरुद्ध १ सय १९ रनको सर्वाधिक ठूलो जित निकालेको थियो। माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन्। ६ खेलाडी शून्यमा आउट भए।

नेपालकी अस्मिना कर्माचार्यले ४, पूजा महतो र रुबिना क्षेत्रीले समान ३/३ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो। जसमा रुबिनाले अविजित १ सय १८ र पूजा महतोले ५९ रनको कीर्तिमानी योगदान गरे।

नेपाल समूह डी बाट ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ। क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ ।

जितपुरसिमराकाे  खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन

जितपुरसिमराकाे  खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन

मनाेज शाह जितपुर बारा फागुन १ गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा रहेको खानेपानी ट्यांकी सञ्चालन गर्न ११ सदस्यि समिति गठन गरिएको छ । बर्षौ बितिसक्दा समेत खानेपानी ट्यांकी सञ्चालन आउन नसकेपछि ट्यांकी सञ्चालनको लागी समिति गठन गरिएको हो ।

हरेराम कामीको अध्यक्षतामा ११ सदस्यि खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको हो । बकुलियाको खानेपानी ट्यांकी झण्डै २२ बर्षअघि निर्माण भएको थियो ।

समितिका पादाधिकारीहरुको नामावली :
अध्यक्ष : हरेराम कामी
उपाध्यक्ष : अनिल कुमार साह
सचिव : आनन्द चौधरी
सह सचिव : शंकरभोला साह
कोषाध्यक्ष : सुलेखा कुमारी साह

सदस्यहरु :
सदस्य  : उमा देबी चौधरी
सदस्य : बैधनाथ चौधरी
सदस्य : घनश्याम चौधरी
सदस्य : भागमती चौधरी
सदस्य : कविता उप्रेती
सदस्य : सुनिल साह

जनयुद्ध दिवसको अवसरमा नगर प्रमुखद्वारा शुभकामना ब्यक्त

जनयुद्ध दिवसको अवसरमा नगर प्रमुखद्वारा शुभकामना ब्यक्त

मनाेज शाह जितपुर बारा फागुन १ गते:
महान् जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसरमा जीतपुरसिमरावासी आदरणीय बुवा, आमा, दाजुभाई, दिदी बहिनी तथा स्वदेश- विदेशमा रहनु भएका सम्पूर्ण नेपाली जनसमुदायहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । देशमा क्रान्तिकारी राजनैतिक परिवर्तनको यो ऐतिहासिक सन्दर्भमा जनतालाई सार्वभौम एवम् अधिकार सम्पन्न बनाउन उच्च बलिदान गर्नुहुने सम्पूर्ण महान सहिदहरु र रामेश्वर पासवान सहितका जीतपुरसिमरावासी २१ जना सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । साथै महान जनयुद्धका क्रममा घाइते अपाङ्ग तथा वेपत्ता योद्धाहरु र उहाँका परिवारहरुप्रति उच्च सम्मान प्रकट गर्दै जनयुद्ध दिवसको खुसीयाली बाँड्न चाहन्छु ।
नेपालको राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ जहाँ जनयुद्धको जगमा सम्पन्न भएको जनआन्दोलन पश्चात नै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भई संविधान सभामार्फत नयाँ संविधान निर्माण भएको हो । संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नु पनि जनयुद्धकै योगदान हो भन्ने कुरामा दुईमत हुनै सक्दैन र जसको फलस्वरुप संघ, प्रदेश र स्थानीय तह सरकारहरुको स्वरुप अभ्यासमा आएको कुरा जीवन्त नै छ ।
ऐतिहासिक रुपमा नै नेपालमा एकात्मक राज्य संरचना रहेकोमा दशवर्षे द्वन्द र २०६२/६३ को जनआन्दोलन पश्चात पुनस्थापित व्यवस्थापिका संसदले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र अवलम्बन गर्ने कुराको घोषणा गरेको, तत्पश्चात नेपालको अन्तरिम संविधान,२०६३ को प्रस्तावना र धारा ४ मा “नेपाल एक संघीय लोकतन्त्रिक गणतान्त्रिक राज्य” रहेको उल्लेख गदै धारा १३८ मा राज्यको केन्द्रिकृत र एकात्मक ढाँचाको अन्त्य गदै समावेशी, लोकतन्त्रिक र संघीयता सहितको अग्रगामी पुनर्संरचना गरिने कुराको प्रण गरेको पाइन्छ। यस्तो संरचनामा प्रदेश एवम् स्थानीय स्वायत्त शासन निकाय रहने कुराको परिकल्पना पनि संविधानले गरेको र संघीय स्वरुपको टुङ्गो भने संविधान सभाले लगाउने कुरा पनि उल्लेख गरेको पाईन्छ । सोही अनुरुप मुलुकमा संघीय स्वरुपको निर्धारण वर्तमान संविधानले गरेको छ, जसको श्रेय जनयुद्ध (१०बर्षे द्वन्द) लाई जाने कुरा मितिः२०७८/०६/०१ को संबैधानिक इजलासले समेत पुष्ठि गरेको छ ।
अन्त्यमा, २९ औं जनयुद्ध दिवस मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य विभिन्न संघर्षबाट प्राप्त उपलब्धी एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु रहेको अवगत गराउँदै देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली जनसमुदाय तथा श्रमजीवि मजदुरहरुमा पुनः बधाई र शुभकामना व्यक्त गर्दछु ।

 

स्पर्श खबरको प्रभाव : जितपुरकाे मुख्य सडकको बत्ती बल्यो, स्थानीय हर्षित्

स्पर्श खबरको प्रभाव : जितपुरकाे मुख्य सडकको बत्ती बल्यो, स्थानीय हर्षित्

मनाेज शाह जितपुर फागुन १ गते:

लामो समयको पर्खाइपछि जितपुरकाे मुख्य सडकमा रहेको बिजुलीको पोलमा भएका बत्तीहरु बलेका छन् । पथलैया – बिरगंज काेरिडाेर अन्तर्गत पर्ने जितपुर बजारको मुख्य सडकछेउको बिजुलीको पोलमा रहेका बत्तीहरु नबल्दा जितपुर बजार वर्षौंदेखि अँध्यारो रहेको थियोे । स्पर्श खबरबाट यसबारे बराम्बार समाचार प्रकाशन भएपछि जनप्रतिनिधिकाे ध्यान यसतर्फ गएको हाे ।

अहिले जितपुर बजारकाे दुवै सडक छेउकाे बत्तीहरु बलिरहेकाेले जितपुर बजार झिलिमिली देखिएको छ । लामो समयदेखि अँध्यारोको मार खेप्दै आएका जितपुरबासीहरु आफ्नो सहर उज्यालो तथा झिलिमिली भएको देख्दा निकै हर्षित् छन् । जितपुरमा जबसम्म स्थानीय बासिन्दा तथा पत्रकारहरुले कुनै पनि कुराकाे आवाज उठाउँदैनन् तब सम्म जितपुरमा केही परिवर्तन आउँदैन भन्ने कुराको एउटा गहकिलो उदाहरणको रुपमा यसलाई लिन सकिन्छ ।

जितपुरका फुटबल खेलाडीहरुले खेल सामग्री पाएका थिएनन् । सरसफाइ गर्ने कर्मचारीहरुले दुई तीन महिनाकाे तलब पाएका थिएनन् तर यसबारे स्पर्श खबरमा समाचार प्रकाशन भएपछि खेलाडीहरुले खेल सामग्री तथा सरसफाइकर्मीहरुले तलब रकम पाएका थिए । यस्ता उदाहरणहरु धेरै छन् । जितपुरका जनप्रतिनिधिहरुले कुनै पनि समस्याबारे समाचार बनेपछि मात्रै चासाे लिने गरेको देखिन्छ । आजकल जितपुर बजारमा जहाँ त्यहीँ विवाद हुने गरेको सुनिन्छ । कतै नालाको विषयमा त कतै सडकको बिषयमा झै झगडा हुने गर्दछ । यस्ता धेरै प्रकारका विवादहरु छन् जुन जितपुरका बासिन्दाहरुले भोगिरहेको बुझ्न सकिन्छ भने सम्बन्धित निकायको भूमिका केही फितलो देखिएको छ ।

नेपाल र माल्दिभ्स भिड्दै

स्पर्श खबर जितपुर बारा फागुन १ गते

एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११ ः १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८(८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन्।

यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।