त्रिबेनी स्पिनिङका मजदुरद्वारा डाइरेक्टर कुटिए
मनाेज शाह जितपुर बारा माघ २९ गते:
त्रिबेनी स्पिनिङका डाइरेक्टर सतिस शर्मालाई मजदुरहरुले रामधुलाइ गरेका छन् । बोनसको विषयमा कुरा नमिलेको भन्दै माघ २८ गतेका दिन त्यहाँका मजदुरहरुले डाइरेक्टर सतिश शर्मालाई उद्योग परिसरमै कुटपिट गरेका हुन् ।
बोनसको विषयमा देखापरेको समस्या सुल्झाउनका लागि माघ २९ गते उद्योग प्रशासन र मजदुरहरुको बिचमा बैठक बस्ने कुरा थियोे तर माघ २८ गते नै मनोमानी ढ्ङ्गबाट सबै मजदुरको खातामा सतिश शर्माले बोनस रकम पठाउन लगाएकोले विवाद झन् चर्किएको थियो ।
गतबर्ष प्रतिव्यक्ति मजदुरले लगभग २० हजारसम्म बोनस रकम पाएका थिए तर उद्योगका डाइरेक्टर सतिश शर्माले अहिले प्रतिव्यक्ति लगभग दुई हजारदेखि तीन हजारसम्म मात्रै बोनस रकम उपलब्ध गराएको हो भनी मजदुर नेता उमेश साहले स्पर्श खबरलाई जानकारी दिए ।
के कति कारणले मनोमानी ढ्ङ्गबाट बोनस रकम निकासा गरिएको हो भन्ने कुरा डाइरेक्टर सतिश शर्मासँंग बुझ्न जाँदा शर्मा गाडी चढेर भाग्न लागेकाले मजदुरहरुले समातेर उनीमाथि हातपात गरेका थिए भनी मजदुर नेता उमेश साहले बताए । यस घटनाबारे उद्योगका डाइरेक्टर सतिश शर्मासँग बुझ्न खोज्दा उनको फोन स्विच अफ रहेको थियो ।