जीतपुरसिमरा महोत्सवमा आज शनिबार चर्चित गायिका अन्नु चौधरीले प्रस्तुती दिने

जीतपुरसिमरा महोत्सवमा आज शनिबार चर्चित गायिका अन्नु चौधरीले प्रस्तुती दिने मनाेज शाह जितपुर बारा फागुन १९ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार नेपालको चिर्चित आधुनिक गायिका अन्नु चौधरीले प्रस्तुति दिने छिन् । हिजो फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा … Read more

जीतपुरसिमरा उपमहानगरपालिकामा १३ महिनामा ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाए

जीतपुरसिमरा उपमहानगरपालिकामा १३ महिनामा ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाए

मनोज  शाह, जीतपुर बारा, फागुन १७ गते

नेपाल सरकारले विगत केही समयदेखि प्रत्येक नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । सामाजिक सुरक्षा भत्ता तथा वृद्ध भत्ताजस्ता सुविधा प्राप्त गर्नको लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा हुनुपर्छ । राष्ट्रिय परिचयपत्र अनिवार्य भएदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयबाट वि.सं. २०७९ पौष १७ गतेदेखि वि.सं. २०८० फाल्गुन १७ गतेसम्म ७ हजार जनाले राष्ट्रिय परिचयपत्र बनाएको जितपुरसिमरा उपमहानगरपालिकामा कार्यरत कम्प्यूटर अपरेटर सुप्रीती राईले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

 

जितपुरमा हुलाक कार्यालय आगडि बन्दै गरेको अबैध संरचना प्रहरीले राेक्याे

जितपुरमा हुलाक कार्यालय आगडि बन्दै गरेको अबैध संरचना प्रहरीले राेक्याे
मनाेज शाह जितपुर बारा फागुन १७ गते:

जितपुरसिमरा उपमहानगरपालिकाकाे जितपुरमा उपमहानगरपालिकाकाे कार्यालयालाइ बेवास्ता गर्दै बनाउदै गरेको अबैध संरचना प्रहरीले आज राेकेकाे छ ।फागुन १४ गते उपमहानगरपालिकाले एकपत्र काटदै जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुर कार्यालयलाई हुलाक कार्यालय आगडि बन्दै गरेको संरचना राेक्न अदेश दिएको थियोे । उपमहानगरपालिकाकाे अदेशलाइ वडा कार्यालयले बेवास्ता गर्दा उपमहानगरपालिका बाध्य भएर प्रहरी परिचालन गरि अबैध संरचना बनाउँदै गरेकाे अवस्थामा राेकेकाे हाे ।

 

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मनोज  शाह, जीतपुर बारा, फागुन १६ गते

बाराको बरियारपुरमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले फागुन १६ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरियारपुर शाखाका १२० जना सदस्य तथा अभिभावकहरुको उपस्थितिमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

महागढि नगरपालिका वडा २ बरियारपुर शाखाअन्तर्गतका केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध , कर्जा तथा बचतको महत्व , कर्जाको सही उपयोग , लिएको कर्जा कति लिने र कसरी तिर्ने, संस्थाले उपलब्ध गरेका कर्जाको नीतिगत व्यवस्था , नेपाल राष्ट्र बैंकवाट घ वर्गलाई गरेको निर्देशन र व्यवसायिक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रमुख भीमबाली कुमार सहनीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि श्री अरुण कुमार यादवले संस्थाको पृष्ठभूमिको बरेमा जानकारी गराउँदै त्यहाँ उपस्थित सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी जानकारीमूलक तथा जीवनोपयोगी ज्ञान प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष श्री विश्वनाथप्रसाद कुश्वाहाले कर्जा सदुपयोग गर्ने विषयमा प्रबोधीकरण गर्नुभएको थियो । उहाँले संस्था र संस्थासँग जोडिएका सम्पूर्ण सदस्यहरुबीच अटुट सम्बन्ध रहने कुरा बताउँदै संस्था सबल रहे सदस्यहरुलाई पनि फाइदा पुग्ने जानकारी दिनुभयो । यो संस्था हाम्रै लागि हो त्यसैले समयमै अनिवार्य रुपमा बचत तथा किस्ता तिरी संस्थालाई जोगाउनुपर्छ भन्ने भावना प्रत्येक सदस्यमा हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

संस्थाका प्रमुख श्री भीमबली कुमार सहनीले संस्थाबाट हुने सेवा सुविधा तथा ग्राहक संरक्षण कोषको बारेमा जानकारी गराउनुभएको थियो ।

 

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते

मनाेज शाह जितपुर बारा फागुन १६ गते:

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको उपचार भइरहेको उनका सहयोगी किशोर गुरुङले बताए ।

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ

मिटरब्याजीको समस्या अदालती प्रक्रियाबाट मात्रै निकासा हुने प्रधानमन्त्रीको भनाइ

मनाेज शाह जितपुर बारा फागुन १६ गते:

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजका समस्या अदालती प्रक्रियाबाट मात्रै समाधान हुने बताएका छन्। कतिपय कागजपत्रले पीडितभन्दा पनि पीडकको पक्षमा बलियो देखिएकाले अदालती प्रक्रियाबाट जानुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ।

राष्ट्रिय सभाको सरोकार तथा समन्वय समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले त्यसका लागि अदालतसँग समन्वय भइरहेको बताए। उनले मिटरव्याजमा आर्थिकमात्र नभएर गहिरो सामाजिक समस्याहरू पनि रहेको बताए।

‘मिटरव्याज पीडित, सहाकारी पडित र लघुवित्त पीडितका समस्याबारे सरकार जानकार छ। आयोग बनाएरै हामीले मिटरव्याज समस्या समाधान गर्न खोज्यौं। ऐन बनाएरै पनि कामहरू गरिरहेका छौं। तर, बाँकी समस्या सरकारको कारणभन्दा पनि अदालती प्रक्रियाबाट समाधान गर्ने प्रकृतिका छन्। मिटरव्याज समस्या अहिलेको समस्या पनि होइन रहेछ, धेरै पहिलेदेखि चलेको रहेछ। कागजपत्रले पीडितभन्दा पीडक बलियो देखिन आएका छन्। तसर्थ सरकारले गम्भीररूपमा यो विषयको गहिराईलाई अदालतसँग समन्वय गरिरहेको छ। पीडितसँग वार्ता पनि गरिरहेका छौं। वार्ताकै माध्यमबाट समस्या समाधान गर्ने भनिरहेका छौं,’ प्रधानमन्त्रीले भने।

वयोधा अस्पताल अगाडि टेम्पो र बस ठोक्किए : यात्रीहरु सामान्य घाइते

वयोधा अस्पताल अगाडि टेम्पो र बस ठोक्किए : यात्रीहरु सामान्य घाइते

मनोज  शाह, जीतपुर बारा, फागुन १६ गते

पर्सा जिल्लाको गण्डकको मुख्य सडकखण्डमा अवस्थित वयोधा अस्पताल अगाडि अहिले दिउँसो ३ बजेको समयमा टेम्पो र बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । वीरगन्जबाट पथलैयातर्फ आइरहेको बा. ३ ख. ४०४३ नम्बरको सृष्टि डिलक्स बसले परवानीपुरबाट वीरगन्जतर्फ गइरहेको ना. १ ह. ९६३६ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो । सो ठक्करबाट टेम्पो पल्टिएको थियो भने टेम्पोमा सवार यात्रीहरुलाई सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ ।

 

 

बारा प्रशासनद्वारा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आह्वान

बारा प्रशासनद्वारा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आह्वान

मनाेज शाह जितपुर बारा फागुन १६ गते:

सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाराले आह्वान गरेको छ। मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले एक सूचना जारी गरी यस्तो आह्वान गरेका हुन्।

जिल्लामा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सरकारी वा सार्वजनिक स्वामित्वमा रहेको, ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदि जग्गाहरू कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको भए त्यस्को सूचना वा प्रमाण विवरण १५ दिनभित्र यस कार्यालयमा सोझै वा इमेलमार्फत् उपलब्ध गराउन सूचनामा भनिएको छ।

यसैगरी, खास उदेश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्यविपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको भए पनि सूचना दिन आह्वान गरिएको हो।

सूचना वा प्रमाण उपलब्ध गराउन १५ दिनको समय अवधि दिइएको छ।

 

 

जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा ७ द्वारा आदेशकाे अवहेलना

जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा ७ द्वारा आदेशकाे अवहेलना
मनाेज शाह जितपुर बारा फागुन १६ गते:
जितपुरसिमरा उपमहानगरपालिकाले वडा ७ जितपुरमा अनधिकृत निर्माणधिन संरचना राेक्न परिपत्र जारी गरेपनि वडा ७ काे कार्यालयले आदेशको अवहेलना गर्दै अनाधिकृत निर्माण कार्य सुचारु राखेको पाईएकाे छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित पुरानो स्वास्थ चाैकी हाल हुलाक कार्यालय संचालनमा रहेको धर्मशाला भनेर चिनिने पुर्ब तर्फ राजमार्ग संग जाेडिएकाे सार्वजनिक जग्गामा अनाधिकृत रुपमा भवन संरचना निर्माण भरहेकाे पाइएको ले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका निम्ति तत्काल निर्माण कार्य राेक्न निर्देशन दिएको छ । नक्सा पास नगराई भवन निर्माण भरहेकाे राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अवलम्बन नगरेको तथा सार्वजनिक जग्गामा नियम बिपरित निर्माण कार्य भइरहेकाले तत्काल उक्त निर्माण कार्य राेक्न वडा ७ कार्यालयलाई जानकारी गराउँदा पनि उपमहानगरपालिकाकाे कार्यालयकाे निर्देशनकाे अवहेलना गर्दै निर्माण जारी रहेको छ ।

नगर प्रहरी भर्ना प्रक्रिया सुरु 

नगर प्रहरी भर्ना प्रक्रिया सुरु

स्पर्श खबर जितपुर बारा फागुन १५ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो।नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। उपमहानगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक र १२ नगर प्रहरी जवान पदमा दरखास्त आव्हान गरेको हो ।

नेपाल प्रहरीले नगरभित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको नगर प्रमुख राजन पौडेलले बताए। सार्बजनिक सम्पत्तीको सुरक्षा गर्न , उपमहानगरपालिकाको निती नियम कार्यान्वयन गर्न ,आन्तरिक सुरक्षा ,सडकमा फोहोर गर्ने तथा सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको नगर प्रहरी ऐन २०७९ को दफा (१०) बमोजिम आवहान गरिएको दरखास्त अनुसार नगर प्रहरी सहायक निरीक्षक पदका लागि न्युनतम शैक्षिक योग्यता प्रविणता वा सो सरह राखिएको छ ।

सहायक स्तर चौथो तह तोकिएको सहायक निरीक्षक पदमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ४० वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् ।यसैगरी समावेशी प्रावधानसहित जवान पदमा १२ जना माग गरिएको छ । जसअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले खुल्लामा सात, महिलामा दुई, आदिवासी तथा जनजातीमा एक, मधेसीमा एक र दलितमा एक गरी १२ पदका लागि आवेदन दिन सक्नेछन् ।

जवान पदमा १८ वर्ष पूरा भई २३ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ३७ वर्षसम्मका नागरिकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । श्रेणी नतोकिएको उक्त पदका लागि आवेदन दिन न्युनतम १० कक्षा वा सो सरह उतिर्ण योग्यता हुनुपर्ने भनिएको छ ।सूचना अनुसार चैत्र ४ गतेसम्म इच्छुक नागरिकले आवेदन दिने सक्ने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।