जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा ७ द्वारा आदेशकाे अवहेलना
मनाेज शाह जितपुर बारा फागुन १६ गते:
जितपुरसिमरा उपमहानगरपालिकाले वडा ७ जितपुरमा अनधिकृत निर्माणधिन संरचना राेक्न परिपत्र जारी गरेपनि वडा ७ काे कार्यालयले आदेशको अवहेलना गर्दै अनाधिकृत निर्माण कार्य सुचारु राखेको पाईएकाे छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित पुरानो स्वास्थ चाैकी हाल हुलाक कार्यालय संचालनमा रहेको धर्मशाला भनेर चिनिने पुर्ब तर्फ राजमार्ग संग जाेडिएकाे सार्वजनिक जग्गामा अनाधिकृत रुपमा भवन संरचना निर्माण भरहेकाे पाइएको ले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका निम्ति तत्काल निर्माण कार्य राेक्न निर्देशन दिएको छ । नक्सा पास नगराई भवन निर्माण भरहेकाे राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अवलम्बन नगरेको तथा सार्वजनिक जग्गामा नियम बिपरित निर्माण कार्य भइरहेकाले तत्काल उक्त निर्माण कार्य राेक्न वडा ७ कार्यालयलाई जानकारी गराउँदा पनि उपमहानगरपालिकाकाे कार्यालयकाे निर्देशनकाे अवहेलना गर्दै निर्माण जारी रहेको छ ।