नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास

 

मनाेज शाह जितपुर बारा फागुन २३ गते:

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपालको निवास पुगेका छन् ।

नयाँ गठबन्धन र विकसित परिस्थितिबारे छलफल गर्न देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न उनको निजी निवास पुगेका हुन् ।

सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा अस्पताललाई आज बेबी ब्ल्यांकेट हस्तान्तरण

सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा अस्पताललाई आज बेबी ब्ल्यांकेट हस्तान्तरण

मनाेज शाह जितपुर बारा फागुन २३ गते:

बाराको सिमरामा रहेको सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले जीतपुरसिमरा अस्पताललाई आज बेबी ब्ल्यांकेट हस्तान्तरण गरेको छ । १ सय १४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सिमरा महिला साकोसले एक सय थान बेबी ब्ल्यांकेट हस्तान्तरण गरेको हो ।

अस्पतालमा जन्मिएका शिशुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै साकोसले अस्पताललाई बेबी व्ल्यांकेट हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष मुना खरेलले बताउनुभयो । कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४ की वडाध्यक्ष चयन मगरले दुई दिने नवजात शिशुलाई ब्ल्यांकेट ओढाएर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमकाबिच अस्पताल प्रमुख प्रकाश साहलाई एक सय थान ब्ल्यांकेट हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ का कार्यवाहक अध्यक्ष उद्धवप्रसाद गौतम, नेपाली काग्रेसका केन्द्रीय सदस्य नारायणी रायमाझी, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गीता कँडेल, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व कार्यपालिका सदस्य सुमित्रा कार्की, जीतपुरसिमरा अस्पताल प्रमुख प्रकाश साह, अस्पतालका जनस्वास्थ्य अधिकृत अशोक जैसवाल, इलाका प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रकी पार्वती बोहोरा, सिमरा महिला साकोसकी पूर्व अध्यक्ष एवं सल्लाहकार अनिता लम्साल, लेखा समिति संयोजक उर्मिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गीता शर्माले गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष भिमादेवी शर्माले गर्नुभएको थियो ।

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु , ३२ जनाको उद्धार

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु , ३२ जनाको उद्धार

मनाेज साह जितपुर बारा फागुन २३ गते:

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस आज बिहान ५ बजे त्रिशुलीमा खसेकाे छ ।

लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।

बस अनियन्त्रित भई त्रिशुलीमा खसेको हुन सक्ने प्रहरीको भनाइ छ ।

बसमा सवार ३२ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको जनाइएको छ ।

बसमा सवार यात्रुहरुको खोजीको लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको छ । बसमा कतिजना यात्रु थिए भन्ने अहिले सम्म खुल्न सकेको छैन भने घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

जीतपुरसिमरा महोत्सवमा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनी आउने

जीतपुरसिमरा महोत्सवमा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनी आउने

मनाेज शाह जितपुर बारा फागुन २३ गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनीले प्रस्तुती दिने छन् ।

फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज बुधबार चर्चित गायीका एलिना चौहान, ढाकाराम पौडेल र बद्रि पंगेनीले प्रस्तुती दिने छन् ।

मेधस प्रदेशको मुख्य मन्त्रि सरोज कुमार यादवले उद्घाटन गर्नु भएको उक्त महोत्सव एवं एक्स्पो फागुनको २९ गते सम्म चल्ने छ । कार्यक्रममा संगितिक कार्यक्रम संगै विभिन्न कम्पनी, संघ संस्था विद्यालय र ब्राण्डहरुको प्रदर्शनी समेत रहेको छ ।

आर्थिक मन्दिले थप्प हरको बजार पुनः चलायमान बनाउन आयोजना गरिएको प्रथम जीतपुरसिमरा महोत्सव २०८० एवं प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा विभिन्न किसिमको व्यापारीक स्टल पनि राखिएको छ भने बाल उद्यानको समेत मेला लागेको छ ।

ट्राफिक प्रहरी एक्सनमा : विद्यालयका बसलगायत कयौं साना ठुला गाडीलाई चिट काट्यो

ट्राफिक प्रहरी एक्सनमा : विद्यालयका बसलगायत कयौं साना ठुला गाडीलाई चिट काट्यो

मनोज  शाह, जीतपुर बारा, फाल्गुन २२ गते

जितपुरसिमरा वडा ७ मा रहेको ट्राफिक प्रहरी पोस्टको ट्राफिक प्रहरीहरु अचानक एक्सनमा आएका छन् । जितपुरको मुख्य सडक खण्डमा छड्के चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीहरुले मालवाहक ट्रक, सवारी साधन बोकेको साना ठुला बस तथा विद्यार्थी बोकेको स्कुल बस लगायत चेकजाँच गरेको छ । केही विद्यालयका बसहरुले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका कारण ती बसका चालकलाई आवश्यक नसिहत दिँदै एकदिनका लागि चिट काटेर छाडिएको ट्राफिक प्रहरी कार्यालय जीतपुरका प्रमुख बब्लु ठाकुरले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

बारामा   फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

बारामा   फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट

 

मनाेज शाह जितपुर बारा फागुन २२ गते:

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।
प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।

यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो

गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो

स्पर्श खबर जितपुर बारा फागुन २१ गते:

प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ ।

पदम गिरी र वर्षमानको करिब टुंगो लागिसकेको सम्बन्धित पार्टीका नेताले बताएका छन् ।
राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने भन्दै देबेन्द्र पौडेलले अघि भने, ‘प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउँछौं ।’ एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।

बिल बिजक भन्दा बढी विभिन्न किसिमका कपडा तथा किताबहरू लोड रहेका ट्रकहरू पक्राउ

बिल बिजक भन्दा बढी विभिन्न किसिमका कपडा तथा किताबहरू लोड रहेका ट्रकहरू पक्राउ

 

मनाेज शाह जितपुर बारा फागुन २० गते:

पर्सामा बिल बिजकभन्दा बढी सामग्री बोकेको मालवाहक ट्रक तथा पिक अप पक्राउ परेको छ । मिति २०८०।११।१८ गते १७:३० बजे बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको माल बाहक पिकअप तथा ट्रक ICP बाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा पक्राउ परेको हो ।

 

गैरकानुनी ढङ्गले बिल बिजकभन्दा बढी सरसामान बोकेको BR22GA 4916 नम्बरको पिकअप र ना.४ ख ९८७ नम्बरको मिनी ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजकभन्दा बढीका किताब तथा विभिन्न किसिमका लत्ताकपडाहरू रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा अ.मु.रू.१,४२,७८,१२०।- ( एक करोड बयालीस लाख अठहत्तर हजार एक सय बीस ) बराबरको किताब तथा कपडाहरू प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।११।२० गते सम्पूर्ण सामग्रीसहित ट्रक र पिक अपलाई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

महावीर पुनले पर्सामा युगान्तकारी परिवर्तन ल्याउन सक्ने

महावीर पुनले पर्सामा युगान्तकारी परिवर्तन ल्याउन सक्ने

रन्जित कुमार चाैधरी फागुन २० गते :

नेपालका दुर्गम क्षेत्रहरूमा ताररहित इन्टरनेट प्रविधिको पहुँच पुर्‍याएर आफ्नो अद्वितीय पहिचान बनाउन सफल भएका महामानव, महान् वैज्ञानिक, समाजसेवी एवम् उदार हृदयका धनी महावीर पुन अहिले निकै चर्चाको शिखरमा छन् ।

पर्साको वीरगन्जमा रहेको कृषि औजार कारखाना वर्षौंदेखि बन्द अवस्थामा छ । यही कृषि औजार कारखानाको पुनर्स्थापना तथा संचालनका लागि उनले कयौं मन्त्रालयको ढोका ढक्ढक्याए, प्रधानमन्त्रीसमक्ष पनि हारगुहार गरे तर बजेट अभावको कारण देखाउँदै सबैतिरबाट निराशाजनक प्रतिक्रिया हात लाग्यो । त्यसपछि खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ वीरगन्ज कृषि औजार कारखाना लिमिटेड पुनः संचालन गर्ने आफ्नो दृढ अठोट पूरा गर्ने हेतुले रकम सङ्कलन गर्न उनी एकल अभियानमा लागेका छन् ।


‘रामोन म्यागासेसे’ पुरस्कार प्राप्त गर्न सफल प्रतिभाशाली व्यक्तित्वका धनी महावीर पुनले ‘महावीर पुन सम्झना,सपना र अविरल यात्रा’ नामक १८ शीर्षकमा रहेको ३०६ पेजमा संलग्न आत्मकथाको पुस्तक बेच्दै वीरगन्जमा रहेको कृषि औजार कारखानाको लागि रकम संकलन गर्दै छन् ।

सूचना तथा प्रविधिमार्फत देश विकासका अनेकौं सम्भावनाको खोजी गर्न र नवीनतम् आविष्कार गर्ने उद्देश्यले मुनाफा रहित संस्था ‘राष्ट्रिय आविष्कार केन्द्र’ को स्थापना गरेर प्रविधिको खोजी र अनुसन्धानमा तल्लीन रहँदै आएका महावीर पुनले नेपालका विभिन्न ठाउँमा पुग्दै आफ्नो आत्मकथा समेटिएको पुस्तक बेच्दै छन् ।


विज्ञान र प्रविधिको उन्नयनमा महत्वपूर्ण योगदान दिएका पुनले वीरगन्जमा रहेको कृषि औजार कारखाना पुन: संचालनमा ल्याउने सपना पूरा गरे भने उनको यस सफलताले पर्सामा युगान्तकारी परिवर्तन ल्याउने छ साथै यस क्षेत्रकै सम्पूर्ण जनताको मुहारमा खुशी छाउने छ । कृषि औजार कारखानाको संचालनले यस क्षेत्रकै आर्थिक विकासमा टेवा पुग्ने पक्का छ ।

सन् १९५५ जनवरी २२ मा म्याग्दीको नागी गाउँमा जन्मिएका महावीर पुनले सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका छन् । देश र जनताको लागि केही गर्नुपर्छ भन्ने असल सोच र महान् चिन्तन भएका महावीर पुनले पर्साबासीका सन्तानका उज्ज्वल भविष्य कृषि औजार कारखानासँग जोडिएको कुरा बताउँदै यो कारखाना देशकै लागि बलियो मेरुदण्ड साबित हुने जनाएका छन् ।

कृषि औजार उत्पादन गर्ने महान् लक्ष्यका साथ अगाडि बढिरहेका महावीर पुनले कृषि औजार कारखानाको पुनर्निर्माण तथा संचालनका लागि होस्टेमा हैंसे गर्न सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह गरिरहेका छन् । उनको यस प्रयासका लागि सम्मानका साथ हामी पर्साबासीले पनि उनको यस अभियानमा सहयोग गर्नु आवश्यक छ ।

लेखक :- रन्जित कुमार चौधरी

खेलकुदको समग्र विकासका लागि “नेपाल कुस्ती संघ” मधेस प्रदेश गठन

खेलकुदको समग्र विकासका लागि “नेपाल कुस्ती संघ” मधेस प्रदेश गठन

मनोज शाह फाल्गुन १९ गते:

मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आज एक कार्यक्रमका बीच नेपाल कुस्ती संघ गठनको घोषणा भएको छ । बर्दिवासमा आयोजित कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष मुकेश साहले विगत केही वर्षदेखि यहाँको खेलकुद क्षेत्रमा उत्पन्न भएको विवाद हाल साम्य भएको जानकारी गराउँदै अब गठन भएको संघ मार्फत् सुव्यवस्थित ढंगले प्रदेशस्तरीय कुस्ती प्रतियोगिताहरु आयोजना गरिने जानकारी दिनुभयो ।

समग्र मधेस प्रदेशमै कुस्ती क्षेत्रको विकासको लागि हालसम्म कुनै पहल नभएको अवस्थामा यो संघमार्फत् कुस्ती क्षेत्रको विकासका लागि सम्बन्धित ठाउँमा पहल गरिने कुरा नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष मुकेश साहले आफ्नो मन्तव्यमार्फत् जोड दिनुभयो ।

खेलाडी बचाउन तथा भविष्यमा खेलाडीको व्यवस्थापन गर्न, राम्रो कभर्ड हलको अभाव पूर्ति गर्न , खेलाडी एवम् खेल सामग्रीको व्यवस्थापन गर्न समेत यसै नवगठित संघमार्फत् पहल गरिने नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष मुकेश साहले विश्वास दिलाउनुभयो ।

मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा नवगठित नेपाल कुस्ती संघ” मधेस प्रदेशको अध्यक्षमा रमेश साह, उपाध्यक्षमा सबिउल शेख, सचिव पारस यादव तथा सहसचिव शिवशंकर यादव , कोषाध्यक्षमा पिन्टु रौनियार चयन भएका छन् । यसैगरी सदस्यहरुमा विजय गिरी, दिपेन्द्र महतो, मनोज कुमार साह, सुजित यादव, दीपक यादव, राजकिशोर मण्डल चयन हुनुका साथै केन्द्रीय प्रतिनिधिका रुपमा सूर्यनारायण साह एवम् सुजित यादव चयन हुनुभएको कुरा दीपक यादवले स्पर्श खबरलाई जानकारी दिनुभयो ।