वयोधा अस्पताल अगाडि टेम्पो र बस ठोक्किए : यात्रीहरु सामान्य घाइते

वयोधा अस्पताल अगाडि टेम्पो र बस ठोक्किए : यात्रीहरु सामान्य घाइते

मनोज  शाह, जीतपुर बारा, फागुन १६ गते

पर्सा जिल्लाको गण्डकको मुख्य सडकखण्डमा अवस्थित वयोधा अस्पताल अगाडि अहिले दिउँसो ३ बजेको समयमा टेम्पो र बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । वीरगन्जबाट पथलैयातर्फ आइरहेको बा. ३ ख. ४०४३ नम्बरको सृष्टि डिलक्स बसले परवानीपुरबाट वीरगन्जतर्फ गइरहेको ना. १ ह. ९६३६ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो । सो ठक्करबाट टेम्पो पल्टिएको थियो भने टेम्पोमा सवार यात्रीहरुलाई सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ ।