बजेट आज सार्वजनिक हुँदै

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्नुहुने कार्यसूची छ ।अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले राससलाई जानकारी … Read more

गढीमाई मेलामा पत्रकारले पारिश्रमिक पाएनन्

स्पर्श खबर जितपुर बारा जेठ १४ गते। बाराको वरियारपुरमा पञ्चवर्षीय गढीमाईको ऐतिहासिक मेला सम्पन्न भएको छ महिना वितिसकेपनि मेलामा खटेका पत्रकारहरुले आझै पारिश्रमिक पाएका छैनन्। मेला अवधिभर दिनरात नभनी खटेका पत्रकारको पारिश्रमिक भुक्तानी नभई अझै अड्किएको छ। मेला सकिएको छ महिना बितिसक्दा पनि पारिश्रमिक नपाएको भन्दै पत्रकारले आक्रोश पोखेका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाका … Read more

नेपाली कांग्रेस नेता मोहम्मद अफताव आलमले पाए उच्च अदालतबाट सफाइ

स्पर्श खबर जितपुर जेठ १४ गते: उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई सफाइ दिएको छ। न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएका हुन्। जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहारको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका … Read more

मधेसका पत्रकारलाई साइबर सुरक्षा र एआइ सिकाउँदै आमसंचार प्राधिकरण

स्पर्श खबर जितपुर बारा जेठ १३ गते: डिजिटल युगसँगै प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दो छ, र त्यससँगै साइबर सुरक्षाको महत्त्व झनै बढेको छ। यही सन्दर्भमा बारा जिल्लाकाे कोल्बीमा एकदिने ‘साइबर सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन लोसपा मधेस प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री जितेन्द्र सोनलले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले प्रविधिको सकारात्मक पक्षलाई आत्मसात् … Read more

जितपुरमा बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गर्ने मुस्कान फ्रेस हाउसका सञ्चालक पक्राउ

जितपुरमा बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गर्ने मुस्कान फ्रेस हाउसका सञ्चालक पक्राउ मनाेज शाह जितपुर बारा जेठ १३ गते: बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका वडा नं ७ जितपुरबाट बाख्राको मासुलाई खसीको मासु भन्दै ठगी गर्ने कार्यमा संलग्नता एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जितपुरका मुस्कान सप्लायर्स एन्ड फ्रेस हाउसका सञ्चालक पक्राउ परेका हुन्। भगाउ … Read more

पथलैया बिरगंज सडकखण्डमा चालक र सहचालकसँग एक मिनेट कार्यक्रम

स्पर्श खबर जितपुर बारा जेठ १२गते : जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा एक साताअघि देखी शुरु भएको सड्क सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको पाँचौँ दिन विशेष कार्यक्रम सम्पन्न गरिएको छ। पथलैयामा आयोजित कार्यक्रममा गाडीका चालक र सहचालकहरूसँग ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरिएको हो। सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने र चालक तथा सहचालकलाई उत्तरदायी बनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजक … Read more

जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो”

“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो” महोत्तरी, १२ जेठ –मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो । बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल ‘जेबी’ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ । पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ … Read more

प्रसौनी गाउँपालिका वडा अध्यक्ष पक्राउ

स्पर्श खबर जितपुर बारा जेठ ११ गते: : प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बाट चेक अनादर मुद्दा,कुटपिट मुद्दा र अपराधिक लाभ कसुर मुद्दामा फरार रहेका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बारा जिल्ला अदालतल् … Read more

काठमाडौंकाे माइतीघरमा सहकारी पीडितहरू

माइतीघरमा सहकारी पीडितहरू । सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् । अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।

देश माओवादीमय बन्दै गएको प्रचण्डको दाबी

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओेवादीमय बनेको दाबी गरेका छन् । २ जेठबाट सुरु जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत पहिलो चरणको समापनका अवसरमा शनिबार पोखरामा आयोजित जनसंवाद कार्यक्रममा अभियान सबैको साझा बनेको बताए । अभियानका क्रममा सर्वसाधारणसँगै अन्य पार्टीका नेता कार्यकर्ताले मओवादीलाई साथ दिएको र आफ्नो अभियान भएको भनी कार्यक्रममा सहभागी भएको देख्दा देश माओवादीमय … Read more