जितपुरमा बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गर्ने मुस्कान फ्रेस हाउसका सञ्चालक पक्राउ
मनाेज शाह जितपुर बारा जेठ १३ गते:
बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका वडा नं ७ जितपुरबाट बाख्राको मासुलाई खसीको मासु भन्दै ठगी गर्ने कार्यमा संलग्नता एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जितपुरका मुस्कान सप्लायर्स एन्ड फ्रेस हाउसका सञ्चालक पक्राउ परेका हुन्। भगाउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का मिश्री देवान रहेका छन्। इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक वरिष्ठ सहित जोजन कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले देवानलाई रंगे हात पक्राउ गरेको हो। ट्राफिक सप्ताहको कार्यक्रमका लागि क्षेत्रमै रहेका सही कार्कीलाई उपभोक्ताहरूले देवानले मासुमा मिसावट गरिरहेको जानकारी गराएपछि प्रहरीले छापा मारेको थियो। प्रहरीका अनुसार देवाले बाख्राको मासुमा खसीको अण्डकोष ठेकी कुक चिप्काउने पदार्थ प्रयोग गरेर टाँसी खसीको मासुका रुपमा बिक्री गर्दै आएका थिए।


