स्पर्श खबर जितपुर बारा जेठ १२गते : जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा एक साताअघि देखी शुरु भएको सड्क सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको पाँचौँ दिन विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
पथलैयामा आयोजित कार्यक्रममा गाडीका चालक र सहचालकहरूसँग ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरिएको हो। सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने र चालक तथा सहचालकलाई उत्तरदायी बनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्थाका अधिकृत तथा कार्यक्रम संयोजक पुष्पा सिँहले जानकारी दिईन् ।
एक मिनेट अवधिमा ट्राफिक नियम,सावधानी र जिम्मेवारीबारे संक्षिप्त जानकारी दिइएको थियो। कार्यक्रमको क्रममा सडकमा गुड्ने गाडीहरूमा सड्क सुरक्षा सम्बन्धी सन्देश समेटिएका स्टिकरहरू पनि टाँसिएको थियो,जसले यात्रु र चालक दुबैलाई ट्राफिक नियमको महत्त्वबारे स्मरण गराउने उद्देश्य राखिएको थियो।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक ब्यवस्था कार्यालय पथलैया,यातायात व्यवस्था कार्यालय बारा कलैया,जिल्ला ट्राफिक कार्यालय बारा र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्य रहेको थियो।य
सो अभियानमार्फत सवारीसाधन प्रयोगकर्ताहरूमा ट्राफिक नियम पालन गर्ने संस्कार विकास गर्न र सडक दुर्घटना न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य लिइएको उपमहानगरपालिकाले जनाएको छ।
कार्यक्रममा यातायात ब्यवस्था कार्यालय बाराका प्रमुख अबिन्द्र दास,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरी,ट्राफिक प्रहरी निरिक्षक दिपक के.सि.,सोभम बिक्रम राणा लगायतको सहभागिता रहेको थियो ।


