जितपुर बजार ब्यवस्थापन गर्ने बृहत छलफल सम्पन्न

जितपुर बजार ब्यवस्थापन गर्ने बृहत छलफल सम्पन्नस्पर्श खबर जितपुर बारा बैशाख १४ गते:जितपुर बजार ब्यवस्थापन गर्न बृहत छलफल सम्पन्न भएको छ ।आज जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा कार्यालयमा जितपुर बजार ब्यवस्थापन गर्न बृहत छलफल भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले सबै जनासँग बृहत छलफल गरेर बजार तथा ट्राफिक … Read more

जितपुर बजारमा आधी पानी सहितको मासु विक्री सम्बनधीत निकाय मौन

जितपुर बजारमा आधी पानी सहितको मासु विक्री सम्बनधीत निकाय मौन स्पर्श खबर जितपुर बारा बैशाख १४ गते। बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७    मा रहेको  जितपुर  तरकारी बजार र  जितपुरका मुख्य सडकसँगै रहेको माछा मासु पसलका सँचालकहरुले मासु खरिद तथा विक्रीमा मनमानी गर्न थालेका छन ।जितपुरसिमरा उपमहानगरपालिकाे  नगर प्रमुख राजन पाैडेल र  उप प्रमुख भाेला प्रसाद अधिकारीले केहीले पनि अनुगमन    गर्नु … Read more

जनहित उपभोक्ता समितिको १८ औं वार्षिक साधारण सभा

स्पर्श खबर जितपुर बारा बैशाख १३ गते: पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्र भित्र कार्यरत जनहित उपभोक्ता समितिको १८ औं वार्षिक साधारण सभा शनिबार सिमरास्थित आफ्नै कार्यालय प्राङ्गणमा सम्पन्न भएको छ। समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो। साधारण सभाका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले जनहित उपभोक्ता समितिले प्राकृतिक स्रोतको संरक्षण … Read more

पत्रकार यादबलाई निजि हस्पिटलका संचालकले दिए गोलि हान्ने धम्की

स्पर्श खबर जितपुर बारा बैशाख १३ गते: मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनकाे क्रममा रिपोर्टिङ गर्न पुगेका साझेदारी राष्ट्रिय दैनिकका संवाददाता संदिप प्रसाद यादवलाई योगशिला हस्पिटल प्रा.लि का संचालक पवन गुप्ताले गोलि हान्ने धम्की दिएका छन् । बारा जिल्लाकाे कलैया उपमहानगरपालिका वडा ६ हस्पिटल रोडमा संचालित योगशिला हस्पिटलमा मुख्यमन्त्री सिंहले शनिबार अनुगमन तथा छडके गर्ने क्रममा रिपोर्टिङ … Read more

गठबन्धनमा केही भएको छैन, सत्ता फेरिने हल्ला मात्रै हो : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् । उनले भने, ‘एमाले कांग्रेस गठबन्धमा कुनै विवाद छैन । सत्ता समीकरण फेरबदल हुने भन्ने सबै हल्ला मात्रै हुन्, त्यस्तो केही … Read more

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ

काठमाडौँ, १२ वैशाखः सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनुहुने छ । बैठकमा प्रतिनिधिसभा नियमावली, … Read more

६ केजी अबैध चाँदी बारा प्रहरीको नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा बैशाख १० गते: “६ किलो अबैध चाँदी प्रहरीको नियन्त्रणमा”मिति २०८२ बैशाख ०९ गते अं.१७:३० बजेको समयमा प्रहरी चौकी पथलैया बाराबाट प्र.स.नि अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा वीरगंज बाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच … Read more

सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

सिरहा: सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत मधुवनीका १९ वर्षीय … Read more

सातै प्रदेशमा प्रहरी प्रमुख खाली हुँदै, यी १० डीआईजी मध्येबाट खटाइने

स्पर्श खबर जितपुर बारा बैशाख ९ गते: नेपाल प्रहरीमा एकसाथ सबै प्रदेशमा प्रहरी प्रमुख रिक्त हुने भएका छन्। सात प्रदेशमध्ये तीनवटा प्रदेशमा अहिले पनि प्रहरी प्रमुख छैनन्। बाँकी चारवटा प्रदेश पनि आगामी सोमबारसम्ममा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विहीन हुने भएका हुन्। चारवटै प्रदेशका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस भइसकेका छन्। अब बस्ने मन्त्रिपरिषद् … Read more

जम्मु-काश्मीरकाे पहलगाममा मंगलबार आतंकवादीहरुकाे आक्रमण मा २६ भन्दा बढी मानिस

जितपुर बारा ९बैशाख:भारतकाे जम्मु-काश्मीरकाे पहलगाममा मंगलबार आतंकवादीहरुकाे आक्रमण मा २६ भन्दा बढी मानिस मारिएका छन्। जम्मु-काश्मीरकाे पर्यटकीयस्थल पहलगाममा पर्यटकहरु घुमफिर गरिरहेका बेला ५/६ जनाकाे संख्यामा आएका हतियारधारीहरुले अन्धाधुन्ध गाेली चलाउँदा अहिलेसम्म २६ जना मारिएको खबर प्राप्त भएको भारतीय मिडियामा समाचारहरु सम्प्रेषण भइरहेका छन्।उक्त आक्रमणमा मारिनेमा दुई जना विदेशी पर्यटकपनि छन्। आतंककारीहरुकाे आक्रमणमा गाेली लागेर १० … Read more