मनाेज शाह जितपुर बारा असार १८ गते:
जितपुरका सडकपेटी सधैं अस्तव्यस्त : प्रयास गर्छ नगर प्रहरी, टेर्दैनन जनता
जितपुरका सडकछेउमा सडकपेटी बनाईएको छ । पैदल यात्रीलाई सुरक्षित यात्राको उद्देश्यका साथ सडकपेटी निर्माण गरिएको हो । तर, मुख्य र ब्यस्त सडक छेउका सडकपेटीहरुनै व्यावसायिहरुले प्रयोग गर्ने गरेका हुन् ।
नगरपालिकादेखि,राताेपुलसम्म छेउमा रहेका केही होटल व्यवसायी र ग्यारेजहरुले सडकपेटीमै आफ्नो व्यवसाय विस्तार गरेर चलाउने गरेका छन् । यसरी जितपुरसिमरा उपमहानगरपालिकाभित्र सडकपेटीहरू दिनप्रतिदिन अस्तव्यस्त बन्दै गइरहेका छन् । सार्वजनिक पैदलमार्गका रूपमा प्रयोग हुने सडकपेटीहरू अहिले व्यवसायिक कब्जामा परेका छन् ।
बजार क्षेत्र मात्र नभइ आवासीय टोलहरूमा समेत सडकपेटी सवारी साधन पार्किङ, पसल तथा सामाग्री राख्ने थलो बनेको छ । जसका कारण सर्वसाधारण पैदलयात्रुहरू दैनिक सास्ती खेप्न बाध्य छन्। सडकपेटीमा सवारी पार्किङ, तरकारी र कपडा पसल, भाँडा व्यवसाय, ग्यारेज, होटलको टेबल र कुर्सीदेखि निर्माण सामग्रीसम्म राखिएको देखिन्छ । यस्तो अव्यवस्थित दृश्यले सडकको सौन्दर्य मात्र होइन, पैदलयात्रुको अधिकार र सुरक्षा समेत हनन भएको देखिन्छ । धेरै स्थानमा त पैदलयात्रु हिँड्ने ठाउँ नै नरहेको गुनासो उठिरहेको छ।
उपमहानगर प्रहरी प्रमुख रबिन कुमार खड्काले भने दैनिक बजार अनुगमन गर्दै सडकपेटीमा राखिएका सामग्री हटाउने काम भइरहेको दाबी गर्छन्। उनका अनुसार सडकपेटीलाई अतिक्रमणमुक्त बनाउन नियमित अनुगमन भईरहेको छ । तर, अटेर गर्ने नागरिकको संख्या पनि उतिकै छ । उनले जरिवाना र कानुनी कारबाही गर्ने गरिएको बताए । नागरिकहरूले नगर प्रहरीले हटाउन भनेको वस्तु भरसक हटाउँदैनन, तत्काल हटाए भनेपनि पुनः उस्तै समस्या सिर्जना गर्ने गरेका छन् ।जितपुरसिमरा ।।
उपमहानगरपालिका निर्याण अनुसार काम भैरहेको समेत बताए ।
सवारी चाप अत्यधिक रहेको बजार क्षेत्रमा पैदलयात्रुका लागि सुरक्षित यात्रागर्न सडकपेटिको प्रयोग अत्यावश्यक हुन्छ । तर सडकपेटि कब्जामै परेपछि सर्वसाधारण सिधै सडकमै हिँड्ने गरेका छन् । यसले दुर्घटनाको जोखिम निम्त्याउन सक्छ


