जितपुरसिमराले लुटपाट भएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल

जितपुरसिमरा उपमहानगरपालिकाले हालै तोडफोड र आगलागीका क्रममा लुटपाट तथा चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध गरेको छ । भाद्र २४ गतेको घटनामा उपमहानगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्था÷सेवा केन्द्रमा रहेका गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, सिसिटिभी लगायतका उपकरण, टेबल, कुर्सी, दराज, भाँडाकुडा जस्ता सामानहरू क्षति पु¥याइएको थियो । तीमध्ये … Read more

मापदण्ड र भागबन्डा किचलोले ‘मन्त्री छान्न’ सकस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की लाई जेनजी आन्दोलनको भावनाअनुसारको मन्त्रिपरिषद् गठनमा सकस परेको छ । मन्त्रिपरिषद् विस्तारका क्रममा ‘जेनजी’का नाममा विभिन्न समूह र सुरक्षा संयन्त्रदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईसम्मले भाग खोजेपछि शनिबार मध्यरातसम्म मन्त्री हुनेको नाम नै टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री सुशीला कार्की विज्ञसहितलाई समेटेर बढीमा १४ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारीमा छिन् । … Read more

राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट बन्द

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलन सुरु भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण यथावत् रहेको छ । यस्तै परिस्थितिमा बिहीबार राति साढे ११ बजेपछि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयका आधिकारिक वेबसाइट एकैपटक बन्द भएका छन् । गृहमन्त्रालयसहित अन्य सरकारी निकायका वेबसाइट भने सामान्य रूपमा सञ्चालनमा रहे पनि देशका दुई सर्वोच्च कार्यकारी निकायका वेबसाइट बन्द … Read more

सुन्धारा करारबाट फरार एकजना युवा पथलैयाबाट पक्राउ

सुन्धारा करारबाट फरार एकजना युवा पथलैयाबाट पक्राउस्पर्श खबर जितपुर बारा २५ गते:सुन्धारा काररबाट फरार एकजना युवा पथलैयाबाट पक्राउ गरेको छ । जिल्ला बारा पर्सनी गाउँपालिका वडा ५ पस्टोका बस्ने ३८ वर्षीय दिपेन्द्र चौधरी कर्तव्य ज्यान मुद्दाको काठमाडौँ सुन्धारा करारबाट भाग्य फरार भएको र उक्तलाई प्रहरी कार्यालय सिमरा पठाइएको छ।

बारामा आन्दोलनको नाममा घर तोडफोड गर्ने विरुद्ध मुद्दा चलाउने: एसपी तामाङ

स्पर्श खबर जितपुर बारा भदौ २५ गते: बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले आन्दोलनको नाममा विभिन्न व्यक्तिका घरमा तोडफोड र आगजनी गर्नेहरुमाथि मुद्दा चलाइने चेतावनी दिएका छन्। अराजक समूहहरुले आफ्ना विरोधीलाई लक्षित गरी घर तोडफोड र आगजनी गर्ने गतिविधि गरेमा कारवाहीको भागि बन्ने उनले जनाएका हुन्। एसपी तामाङले त्यस्ता गतिविधि नगर्न आग्रह गर्दै … Read more

बारामा आजपनि कफर्यु जारी

स्पर्श खबर जितपुर बारा भदौ २५ गते: बारा जिल्लामा हालै भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएकाले थप जोखिमबाट बच्न बुधबार बिहान ६ देखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो … Read more

नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ। मंगलबार राति प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति जारी गर्दै कानुनी शासन स्थापित गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको हो। ‘उत्पन्न परिणाम स्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक-प्रहरी साझेदारीपूर्ण, शान्तिपूर्ण सहकार्यको माध्यमले आन्दोलनका क्रममा भएका घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि आपराधिक … Read more

बाराकाे कलैया ,जीतपुरसिमरा क्षेत्रमा कर्फ्यू जारी

स्पर्श खबर जितपुर बारा भदौ २४ गते सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले देशभर आक्रोशित आन्दोलन गरिरहेका बेला बारामा पनि आज बिहानैदेखि विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी छ । आन्दोलन चर्किँदै गएपछि सुरक्षा संवेदनशीलताका कारण जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलद्वारा जारी गरिएको आदेश अनुसार, … Read more

कलाकार किरण शाह धरौटीमा रिहा 

कलाकार किरण शाह धरौटीमा रिहा  मनाेज शाह जितपुर बारा भदौ २० गते:  खानेपानी मन्त्री प्रदिप यादवलाई फोनमा धम्की दिएको कसुरमा पक्राउ परेकी कलाकार किरण शाह बिहिबार धरौटीमा रिहा  भएकी छन्। मन्त्री यादवलाई फोन मार्फत धम्की दिएकी कलाकार किरण शाहलाई मन्त्रीका निजी सचिव शनिबार पक्राउ गरेको थियो। कलाकार किरण शाहलाई प्रसाद जिल्ला अदालतले आज पाँच हजार … Read more

इलाका प्रहरी कार्यालयको संरक्षणमा बालुवा तस्करीको आरोप

इलाका प्रहरी कार्यालयको संरक्षणमा बालुवा तस्करीको आरोपमनोज शाह, जितपुर बारा, भाद्र १९ गते। परवानीपुर गाउँपालिका–१ मा रहेको इलाका प्रहरी कार्यालय बुनियादको मिलो मतमा बालुवा तस्करी चलिरहेको स्थानीयवासीले आरोप लगाएका छन्। दुधौरा खोलाबाट बालुवा बोकेर ल्याइने ट्याक्टर प्रहरीले नगद घुस लिएर पास गराइदिने गरेको उनीहरूको दाबी छ। स्थानीयका अनुसार, प्रत्येक ट्याक्टरलाई प्रहरीले ५० रुपैयाँ घुस लिएर … Read more