स्पर्श खबर जितपुर बारा भदौ २५ गते:
बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले आन्दोलनको नाममा विभिन्न व्यक्तिका घरमा तोडफोड र आगजनी गर्नेहरुमाथि मुद्दा चलाइने चेतावनी दिएका छन्।
अराजक समूहहरुले आफ्ना विरोधीलाई लक्षित गरी घर तोडफोड र आगजनी गर्ने गतिविधि गरेमा कारवाहीको भागि बन्ने उनले जनाएका हुन्। एसपी तामाङले त्यस्ता गतिविधि नगर्न आग्रह गर्दै त्यसो गरे प्रहरी मुचुल्का अनुसार मुद्दा चलाइने उनले चेतावनी दिएका हुन्।
बारागढी गाउँपालिका–स्थित गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालको घरमा तोडफोड र आगजनी गर्ने सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आन्दोलनको नाममा अराजक समूह तथा दुश्मनी साँध्ने व्यक्तिहरु सक्रिय रहने गरेका छन्। यस्तो समूहले आफ्नो पुरानो रिसिबी साँध्न क्षति पु-याउने गरेका हुन्। प्रहरी उपरीषक तामाङ्गले सर्वसाधारणलाई शान्ति अपनाउन आग्रह गरेका छन्।


