एमालेले टुङ्गायो बाराका उम्मेदवार

एमालेले टुङ्गायो बाराका उम्मेदवारस्पर्श खबर जितपुर बारा माघ ४ गते।नेकपा एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट अच्युत मैनालीलाई उम्मेदवार बनाउने भएको छ। एमालेको आज बसेको सचिवले कमिटीको बैठकले बारा सहित देशभरिबाट उम्मेदवारहरूको अन्तिम टुंगो लगाएको छ। एमाले श्रोतका अनुसार बारा क्षेत्र नं २ बाट सो पार्टीले बलबिर चौधरी … Read more

ब्रेकिङ न्युज : जितपुरमा विद्युतीय स्क्यानर ठगी गर्दै गरेका दुई जना पक्राउ

🔴 ब्रेकिङ न्युज : जितपुरमा विद्युतीय स्क्यानर ठगी गर्दै गरेका दुई जना पक्राउमनोज शाह जितपुर बारा पुष २७ गते . जितपुर बजार क्षेत्रमा विद्युतीय स्क्यानर प्रयोग गरी ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय जितपुरमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।प्राप्त जानकारी अनुसार पक्राउ परेका … Read more

मध्यवर्ती सामुदायिक वनको १८औँ वार्षिक साधारण सभा सम्पन्न

मध्यवर्ती सामुदायिक वनको १८औँ वार्षिक साधारण सभा सम्पन्न मनाेज शाह जितपुर बारा पुस २७ गते : जीतपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। जीतपुरसिमरा–२ नरबस्तीस्थित वन समूहको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्नुभएको हो। साधारण सभामा समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठले … Read more

बाहिरबाट ल्याइएका होइनन्, यहीँ हुर्किएका नेतृत्व – बारा क्षेत्र नम्बर ४ मा विनय गुप्ताको दाबी

बाहिरबाट ल्याइएका होइनन्, यहीँ हुर्किएका नेतृत्व – बारा क्षेत्र नम्बर ४ मा विनय गुप्ताको दाबीमनोज शाह जितपुर बारा पुस २७ गते“प्रयोगशाला होइन, बारा क्षेत्र नम्बर ४ को माटोबाट जन्मिएको उम्मेदवार” भन्दै जय घण्टी चुनाव चिन्हका सम्भावित युवा उम्मेदवार विनय कुमार गुप्ता ले आफ्नो दाबी सार्वजनिक गरेका छन्।बारा जिल्लाको पर्सौनी गाउँपालिका वडा नम्बर २ निवासी विनय … Read more

महागढीमाइमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा एसईई अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

महागढीमाइमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा एसईई अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्नस्पर्श खबर जितपुर बारा पुष २५ गते महागढीमाइ नगरपालिका–स्थित श्री महेन्द्र गढीमाइ प्राविधिक नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा “S.E.E Awareness and Educational & Semi Personality Development Program–2082” भव्य रूपमा सम्पन्न भएको छ।बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा आयोजित … Read more

दलित समुदायका युवा रुपेश कुमार रामको लोकसेवामा उल्लेखनीय सफलता, चार लिखित परीक्षा पास गर्दै बने प्रेरणाको स्रोत

दलित समुदायका युवा रुपेश कुमार रामको लोकसेवामा उल्लेखनीय सफलता, चार लिखित परीक्षा पास गर्दै बने प्रेरणाको स्रोतमनोज शाह जितपुर बारा पुष २५ गतेकलैया उपमहानगरपालिका–१६ निवासी दलित समुदायका युवा रुपेश कुमार रामले लोकसेवा आयोगका विभिन्न परीक्षामार्फत उल्लेखनीय सफलता हासिल गर्दै आफूलाई सक्षम र प्रतिस्पर्धी प्रमाणित गरेका छन्। करिब १५–१६ महिनाको अवधिमा चार पटक लिखित परीक्षा उत्तीर्ण … Read more

बौधिमाई मन्दिर पछाडि आमको रुखमा बजरंगबलीको आकृति देखिएको दाबी, बिहानैदेखि श्रद्धालुको भिड

बौधिमाई मन्दिर पछाडि आमको रुखमा बजरंगबलीको आकृति देखिएको दाबी, बिहानैदेखि श्रद्धालुको भिड मनोज शाह जितपुर बारा पुष २५ गतेपर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित बौधिमाई मन्दिरको पछाडि रहेको आमको रुखमा बजरंगबली (हनुमान) को तस्बिर देखिएको भन्दै स्थानीय क्षेत्रमा चर्चा फैलिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार यस्तो दृश्य यसअघि कतै नदेखिएको र बीरगञ्जबासीका लागि अचम्म … Read more

बारा यातायात कार्यालयका ट्रायल प्रमुख जीवन पौडेलमाथि कालोमसो दलेको घटना

बारा यातायात कार्यालयका ट्रायल प्रमुख जीवन पौडेलमाथि कालोमसो दलेको घटनामनोसा जितपुर बारा पुष २५ गते बारा यातायात व्यवस्था कार्यालयका ट्रायल प्रमुख तथा कार्यालय सहायक जीवन पौडेलमाथि युवाहरूको समूहले कालोमसो दलेको घटना भएको छ। घटनापछि केही समय कार्यालय परिसर तथा आसपासको क्षेत्र तनावग्रस्त बनेको थियो।स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्रायल प्रक्रियासँग सम्बन्धित असन्तुष्टि जनाउँदै केही युवाहरूले पौडेलमाथि कालोमसो … Read more

टिकटकमार्फत गालीगलजको आरोपपछि कचौरामा तनाव, कानुनी कारबाहीको माग

टिकटकमार्फत गालीगलजको आरोपपछि कचौरामा तनाव, कानुनी कारबाहीको मागमनोज शाह जितपुर बारा २५ गतेकसुर गाउँका एक स्थानीय मुस्लिम समुदायका मन्जुर आलमले सामाजिक सञ्जाल टिकटकमार्फत हिन्दू समुदायलाई गालीगलज गरेको आरोप लागेपछि कचौरामा अहिले तनाबपूर्ण अवस्था सिर्जना भएको छ। उक्त भिडियो सार्वजनिक भएपछि स्थानीय बासिन्दाहरू आक्रोशित बनेका छन्।कचौराका स्थानीय (आस्थानी)हरूले समुदायबीच सद्भाव बिगार्ने खालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै, गालीगलज … Read more

राजमार्गमा अवैध कर असुली र क्यासिनो सञ्चालनविरुद्ध Genz Youth द्वारा सिडिओलाई ज्ञापनपत्र

राजमार्गमा अवैध कर असुली र क्यासिनो सञ्चालनविरुद्ध Genz Youth द्वारा सिडिओलाई ज्ञापनपत्र मनोज साह जितपुर बारा पुस २५ गते राजमार्गमा भइरहेको अवैध कर असुली तथा होटलहरूमा गैरकानुनी रूपमा सञ्चालन भइरहेका क्यासिनोको विरोधमा Genz Youth (जेन्ज युथ) ले बारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।जेन्ज युथ जितपुर सिम्रा उपमहानगरपालिका नगर कमिटीका तर्फबाट संयोजक राजबहादुरको नेतृत्वमा आज … Read more