राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, संगठन विस्तारदेखि अनुशासनसम्म छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, संगठन विस्तारदेखि अनुशासनसम्म छलफल

स्पर्श खबर जितपुर बारा बैशाख २७ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज साँझ बस्दैछ। बैठक साँझ ६ बजे पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ।
बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको पार्टी स्रोतले जनाएको छ।
बैठकमा पार्टीको भेला तथा अधिवेशनको विशेष तालिका, आयोग र विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही तथा केन्द्रीय समिति बैठकका विषयमा विस्तृत छलफल हुने बताइएको छ।
सचिवालय बैठकलाई रास्वपाको आगामी संगठनात्मक रणनीति र आन्तरिक व्यवस्थापनका लागि महत्वपूर्ण रूपमा हेरिएको छ।