जितपुरसिमरा नगर अस्पतालको नयाँ भवनमा शल्यक्रिया सेवा सुरु, पहिलो दिनमै चार बिरामीको सफल अप्रेसन

जितपुरसिमरा नगर अस्पतालको नयाँ भवनमा शल्यक्रिया सेवा सुरु, पहिलो दिनमै चार बिरामीको सफल अप्रेसन
स्पर्श खबर जितपुर बारा मंसिर १२ गते:

जितपुरसिमरा नगर अस्पतालको नवनिर्मित भवनबाट आजदेखि शल्यक्रिया सेवा सुरु गरिएको छ। सेवा सुरु भएकै दिन डा. संजय शाह र डा. नौनित रौनियारको टोलीले चार जना बिरामीको अप्रेसन गरेको छ।


डा. संजय शाहका अनुसार हाइड्रोसिल, पेनिस हाइड्रोगोजनी तथा तिघ्रामा भएको ठूलो गाँठोको शल्यक्रिया गरिएको हो। उनले अब ठूला अस्पताल धाउनुभन्दा आफ्नै नजिक रहेको नगर अस्पतालमा आएर उपचार सेवा लिन स्थानीयलाई आग्रह गरे।
अस्पतालमा आमाको अप्रेसन गराएका एक आफन्तले पनि आफ्नो अनुभव सुनाउँदै भने, “पहिले आमालाई हेटौँडा लैजाने सोच बनाएका थियौँ। तर आफ्नै नगर अस्पतालमा उपचार सम्भव हुने देखेपछि यहीँ अप्रेसन गरायौँ। अप्रेसन राम्रो भएको छ। म निकै खुसी छु।


उनले ठूलो अस्पतालमा ठूलो रकम खर्च गर्नुभन्दा स्थानीय नगर अस्पतालमै गुणस्तरीय उपचार सेवा पाउन सकिने विश्वास व्यक्त गर्दै सम्पूर्ण नगरवासीलाई नगर अस्पतालको सेवा लिन आग्रह गरे।
नयाँ भवनबाट शल्यक्रिया सेवा सुरु भएसँगै स्थानीय नागरिकले आफ्नै क्षेत्रमा अप्रेसन सेवा पाउने अपेक्षा बढेको छ।