​ज्ञान निकेतन मा.वि.मा ‘सप अफ अनेस्टी’ सञ्चालन: प्रयोगात्मक सिकाइमा जोड

​ज्ञान निकेतन मा.वि.मा ‘सप अफ अनेस्टी’ सञ्चालन: प्रयोगात्मक सिकाइमा जोड
​स्पर्श खबर जितपुर बारा कार्तिक १२ गते:

वीरगंज महानगरपालिका–३२ मा अवस्थित ज्ञान निकेतन माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीहरूको सक्रिय सहभागिता र नेतृत्वमा ‘सप अफ अनेस्टी’ (ईमानदारीको पसल) सञ्चालनमा ल्याइएको छ।


​लेखा (Accountancy) विषयको प्रयोगात्मक ज्ञान अन्तर्गत विद्यार्थीहरूलाई नाफा–नोक्सानको हिसाब, व्यापारिक कारोबार र सामग्रीहरूको मौजदात विवरण (Inventory) राख्ने तरिका व्यावहारिक रूपमा सिकाउने उद्देश्यले यो पसल खोलिएको हो।
​पसलमा राखिएको “Awareness: Doing the right thing when no one is watching is true character” (कोही नभएको बेला सही काम गर्नु नै वास्तविक चरित्र हो) भन्ने प्रेरणादायी नाराले विद्यार्थीहरूमा नैतिक शिक्षा र ईमानदारीप्रतिको सचेतना जागृत गरेको छ।


​किताबी ज्ञानलाई व्यावहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूलाई आत्मनिर्भर र उत्तरदायी बनाउन यसप्रकारको अभ्यासले विशेष सहयोग पुर्‍याउने विद्यालयका निर्देशक नागेन्द्र सिंहले बताएका छन्। विद्यार्थीहरूको यो सिर्जनशीलताको अभिभावक र विद्यालय परिवारले उच्च प्रशंसा गरेका छन्।