सात महिनामै बारा यातायात कार्यालयले उठायो १ करोड ७४ लाखभन्दा बढी राजस्व
मनाेज शाह जितपुर बारा कार्तिक २१ गते:
बारा यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८३ मा सात महिनाको अवधिमै विभिन्न शीर्षकमा १ करोड ७४ लाख ८७ हजार ८७३ रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालय प्रमुख सुनिलकुमार शाहका अनुसार २०८३ सालको सुरुदेखि कार्तिक १९ गतेसम्म उक्त राजस्व संकलन भएको हो।
कार्यालयले अन्य प्रशासनिक तथा सेवा शुल्क, यातायात क्षेत्र, सवारी साधन, चालक अनुमतिपत्र तथा सवारी दर्ता किताब (ब्लुबुक) लगायत विभिन्न शीर्षकबाट राजस्व संकलन गरेको जनाएको छ।
कार्यालय प्रमुख शाहले यातायात सेवासँग सम्बन्धित विभिन्न शीर्षकबाट राजस्व संकलन भइरहेको जानकारी दिँदै कार्यालयको सेवा प्रवाहलाई निरन्तरता दिइएको बताए।
सात महिनाको अवधिमै झन्डै १ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन हुनुले बारा यातायात कार्यालयको राजस्व योगदान उल्लेखनीय देखिएको छ।