बिश्रामपुरमा जसपा नेपालमा सयौँ नेता–कार्यकर्ता प्रवेश, एमाले, कांग्रेस र रास्वपाका नेता पनि समेटिए

बिश्रामपुरमा जसपा नेपालमा सयौँ नेता–कार्यकर्ता प्रवेश, एमाले, कांग्रेस र रास्वपाका नेता पनि समेटिए
स्पर्श खबर जितपुु बारा कार्तिक १९ गते:

बाराको बिश्रामपुर गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।


मदन यादव, सुरेन्द्र यादव, हरिश्चन्द्र कलवार र शिवलाल महतो लगायतका नेताहरू विभिन्न दल त्यागेर जसपा नेपालमा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासमेत रहेको आयोजकले जनाएको छ।
जसपा नेपालका उपाध्यक्ष तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरूलाई गम्छा र टीका लगाएर पार्टीमा स्वागत गरिएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री सोनलले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई इमानदारी, अनुशासन र जिम्मेवारीका साथ पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गरे। उनले जसपा नेपाललाई संगठनात्मक रूपमा थप सुदृढ बनाउँदै अगाडि बढाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा जसपा नेपालका कार्यकारिणी सदस्य रामबाबु यादव र जयप्रकाश यादव, केन्द्रीय सदस्य भोला गुप्ता र रामजी महतो, जसपा नेता अमरदेव कुशवाहा, कृष्ण साह र अच्छेलाल सरार्फलगायतले नवप्रवेशीहरूलाई स्वागत गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
जसपा नेपाल बारा क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष सीताराम गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न दलबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।