जितपुरमा खुल्यो अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड, लाखौँको लगानीमा मिठाई तथा होटल सेवा सुरु

जितपुरमा खुल्यो अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड, लाखौँको लगानीमा मिठाई तथा होटल सेवा सुरु
स्पर्श खबर जितपुर बारा कार्तिक २० गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७, जितपुरस्थित स्कुल अगाडि अनमोल स्वीट होटलको तेस्रो ब्रान्ड सञ्चालनमा आएको छ। लाखौँ रुपैयाँको लगानीमा स्थापना गरिएको होटलको मधेस प्रदेशका माननीय देवनारायण चौधरीले उद्घाटन गरेका हुन्।


उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्ता, उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र गुप्ता तथा संघका पूर्व वरिष्ठ उपाध्यक्ष मनोज गुप्ताले संयुक्त रूपमा रिबन काटेर होटलको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य देवनारायण चौधरीले अनमोल नाम आफैँमा एउटा ब्रान्डका रूपमा स्थापित हुँदै गएको बताए। जितपुरमा मिठाई तथा होटल व्यवसायलाई व्यवस्थित व्यवस्थापन र सुविधासहित विस्तार गर्नु सकारात्मक भएको उनको भनाइ थियो।

होटलका सञ्चालक निपु सराफका अनुसार ग्राहकलाई गुणस्तरीय सेवा तथा शुद्ध मिठाई उपलब्ध गराउने उद्देश्यले जितपुरमा तेस्रो शाखा विस्तार गरिएको हो।
उनले भने, “हामीले ग्राहकको सेवा र सुविधालाई प्राथमिकतामा राखेका छौँ। यहाँ विभिन्न प्रकारका शुद्ध मिठाई उपलब्ध गराउनुका साथै होटलसम्बन्धी सेवा पनि प्रदान गर्नेछौँ।”
सञ्चालक सराफका अनुसार अनमोल स्वीट होटलको पहिलो शाखा हेटौँडामा, दोस्रो वीरगञ्जमा र तेस्रो शाखा बाराको जितपुरमा सञ्चालनमा आएको हो।


लाखौँ रुपैयाँको लगानीमा सञ्चालनमा आएको होटलबाट विभिन्न प्रकारका मिठाई तथा अन्य परिकार उपलब्ध हुने सञ्चालकले बताएका छन्।
जितपुरमा नयाँ व्यवसाय थपिएसँगै स्थानीय उपभोक्ताले मिठाई तथा होटल सेवामा थप विकल्प पाउने अपेक्षा गरिएको छ।