वीरगञ्जमा व्यापारीमाथि कुटपिटको आरोप, व्यवसायी त्रासमा; प्रहरीको भूमिका के?

वीरगञ्जमा व्यापारीमाथि कुटपिटको आरोप, व्यवसायी त्रासमा; प्रहरीको भूमिका के?
मनाेज शाह जितपुर बारा कार्तिक १२ गते:

पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित कैलाश होटलमा अंकित जालानमाथि भएको भनिएको कुटपिटको भिडियो सार्वजनिक भएपछि वीरगञ्जको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। होटलभित्रै हातपात भएको र मोबाइल फुटाइएको दृश्य देखिएपछि व्यापारी तथा व्यवसायीको सुरक्षाबारे चिन्ता बढेको छ।


पीडित जालानले पाँच जनाविरुद्ध अपहरण, कुटपिट तथा लुटपाटको आरोप लगाउँदै जाहेरी दिएका छन्। घटनामा पक्राउ परेका दीपक तिवारीलाई प्रहरीले अनुसन्धानका लागि सात दिनको म्याद थप गराएको छ।
व्यापारीमाथि हातपातको आरोप लाग्दा सुरक्षा निकायको जिम्मेवारी के हो? व्यवसायीले निर्भय भएर व्यापार गर्न पाउने वातावरण सुनिश्चित गर्नु प्रहरीको दायित्व होइन र? घटनामा संलग्न रहेको आरोप लागेका सबैको भूमिका निष्पक्ष रूपमा अनुसन्धान गरी दोषी ठहरिएकालाई कानुनी दायरामा ल्याउनुपर्ने माग उठेको छ।


यस प्रकरणमा पर्सा प्रहरीले दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको जनाएको छ।
सर्वोत्तम अस्पतालसँग सम्बन्धित विवरणसहित, पर्साका डीएसपीले घटनाबारे के भनेका छन्? सुनौँ, प्रहरीको जवाफ।