राति १२ बजे फेला परेकी नानीबारे अझै अत्तोपत्तो छैन, वडा कार्यालय र प्रहरीबीच छलफल

राति १२ बजे फेला परेकी नानीबारे अझै अत्तोपत्तो छैन, वडा कार्यालय र प्रहरीबीच छलफल

स्पर्श खबर, जितपुर बारा असोज २५ गते।
जितपुर सिमरा उपमहानगरपालिका–७, मगर टोलमा असोज १६ गते राति करिब १२ बजे फेला परेकी नानीको अझै आमाबुवाको अत्तोपत्तो छैन।

फेला परेकी नानीलाई वडा नं. ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता र जितपुर प्रहरी चौकीले तत्काल संरक्षणको व्यवस्था गर्दै उपमहानगरपालिकाको न्यायिक समितिका सदस्य सीता उप्रेतीलाई जिम्मा दिएका थिए।

नानीबारे सामाजिक सञ्जाल र विभिन्न अनलाइन मिडियामा समाचारहरू व्यापक रूपमा सार्वजनिक भए पनि अहिलेसम्म परिवारजन सम्पर्कमा आएका छैनन्।

यस विषयमा आवश्यक निर्णय र आगामी कदमबारे छलफल गर्न वडा नं. ७ का अध्यक्ष सुनिल कुमार गुप्ता, संरक्षक सीता उप्रेती, सीमा ठकुरी (बालबालिका शाखा, उपमहानगरपालिका) र प्रहरी प्रतिनिधिहरूबीच बैठक गरिएको छ।

बैठकले नानीको अभिभावक पत्ता लगाउने प्रयासलाई तीव्र पार्ने र तत्कालका लागि आवश्यक संरक्षण तथा हेरचाहको जिम्मा यथावत् राख्ने निर्णय गरेको बताइएको छ।