छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै

मनाेज शाह जितपुर बारा फागुन २ गते:

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा ७ अन्तर्गत जितपुरको मुख्य सडक तथा बजार क्षेत्रमा छाडा पशुवस्तुको बिगबिगीले गर्दा स्थानीय बासिन्दा, व्यापारी , ग्राहक लगायत आवतजावत गर्ने पैदल यात्री तथा यातायातका साधनहरुसमेतले ठूलो समस्या व्यहोर्न बाध्य भएका छन् ।सडक दुर्घटना हुने विभिन्न कारणहरुमध्ये जथाभावी सडकमा भेटिने छाडा चौपाया पनि एक हो । छाडा चौपायाको बढ्दो सङ्ख्या तथा यसको व्यवस्थापन पक्ष फितलो बन्दा मुख्य सडक क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको ट्राफिक प्रहरीहरु बताउँछन् ।

दुध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले सडक दुर्घटना जस्तो विकराल समस्या बढाएको हो ।बाराको जीतपुरसिमरा उपमहानगरको जीतपुर चौकमा जुनसुकै बेला पनि छाडा चौपायाहरु सडकभरि देख्न सकिन्छ । यी चौपायाहरुकै कारण बाटो काट्दा दुर्घटना हुने जोखिम बढेको स्थानीयहरू बताउँछन् ।

सडक र बजारक्षेत्रमा छाडा रुपमा छोडिएका चौपायाहरुको व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैंले सचेतता देखाउनु राम्रो विकल्प हुने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा गाई धनीलाई बोलाएर सम्झाउने र नमानेको खण्डमा छाडा रुपमा सडकमा घुम्ने पशु चौपायलाई नियन्त्रणमा लिने उपमहानगरले जनाएको छ ।

जथाभावी बालीनाली नोक्सान गर्ने चौपाया तथा बजार एवम् सडक क्षेत्रमा छाडा छाडिएका चौपायाहरुलाई नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट असुल गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि सम्बन्धित निकायबाट अहिलेसम्म कुनै ठोस कदम चालिएको देखिँदैन ।

जितपुरसिमराका महिलाहरुलाइ  स्वरोजगारी बढाउने उदेश्यसहित सिमरामा ‘सारथी’को शुभारम्भ

जितपुरसिमराका महिलाहरुलाइ  स्वरोजगारी बढाउने उदेश्यसहित सिमरामा ‘सारथी’को शुभारम्भ

मनाेज शाह जितपुर बारा फागुन २ गते

स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगारमुलक सिप सिकाउने उदेश्यसहित बाराको सिमरामा सारथी स्वरोजगार तथा बजारीकरण संघको उद्घाटन भएको छ । जीतपुरसिमरा २ स्थित सिमरामा रहेको संघको कार्यालयको एक समारोहकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रदेशसभा सदस्य चौधरीले स्थानीय उत्पादनको बजारीकरण, प्रवर्द्धन र स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिम दिने उदेश्यसहित स्थापना भएको संघबाट आर्थिक, सामाजिक रुपान्तरणमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

बजारीकरण र प्रवद्र्धन हुन नसकेका कारण स्थानीय स्रोतसाधनको प्रयोगबाट हुने उत्पादन, धार्मिक एवम् सांस्कृतिक महत्व बोकेका हस्तकला बजारमा नदेखिएको भन्दै चौधरीले यस्ता उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । चौधरीले घरमै बसेर पनि स्वरोजगार बन्न सकिने र आयआर्जन गर्न सकिने गरी संघले सिपको विकास गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

संघको उद्घाटन कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्कर्मा, सीता गुरुङ, संघकी अध्यक्ष सरस्वतीदेवी चौधरीलगायतले मन्तब्य राखेका थिए । जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्वउपप्रमुख समेत रहेकी चौधरीले स्थानीय स्तरमा सीपको विकास र स्थानीय उत्पादनको प्रवर्द्धन अपरिहार्य रहेको बताउँदै ती उदेश्यसहित संघको स्थापना भएको बताईन् ।

संघले महिलाहरुलाई लक्षित गरि विभिन्न सीपमुलक तालिम गराउने, स्थानीय उत्पादनको प्रयोगबाट मानव जीवनको प्रयोगमा आउने सामाग्रीको निर्माण गर्न सीप सिकाउने, स्थानीय संस्कृति झल्काउने हस्तकलाको निर्माण गर्न तालिम दिने र ती स्थानीय उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्ने चौधरीले बताईन् ।

नेपाल प्रहरीका ७८ जना एसपिकाे सरुवा 

नेपाल प्रहरीका ७८ जना एसपिकाे सरुवा

स्पर्श खबर जितपुर बारा फागुन २ गते:

नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ।

 

 

प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको जनाएको छ।

फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको जनाएको छ।
हेर्नुहोस् नाम

 

बजनीमा ‘जीतपुरसिमरा महोत्सव २०८०’ हुने

बजनीमा ‘जीतपुरसिमरा महोत्सव २०८०’ हुने मनाेज शाह जितपुर बारा माघ २१ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ‘जीतपुरसिमरा महोत्सव २०८०’ आयोनजा हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले फागुन १८ गतेदेखि महोत्सव आयोजना गर्न लागेको हो । वडा नम्बर ३ स्थित बजनीमा आयोजना गर्न लागिएको महोत्सव फागुन २९ गतेसम्म चल्नेछ । महोत्सवमा औद्योगिक प्रर्दशनी, खाना … Read more

आयोगको विज्ञप्तिले उपेन्द्र यादव दङ्ग, प्रभु साह दुःखी

आयोगको विज्ञप्तिले उपेन्द्र यादव दङ्ग, प्रभु साह दुःखी मनाेज साह जितपुर बारा माघ २१ : राष्ट्र मानवअधिकार आयोगले गौर नरसंहारमा दोषीहरुलाई कारवाहीको सिफारिस गरेपछि कतै खुशियाली छाएको छ भने कतै रोदन सुनिएको छ । गौर नरसंहारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित करिव चार दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई कारवाहीको माग गर्दै पीडित भनिएकाहरुले … Read more

रक्तदान कार्यक्रम सम्मपन्न, ५२ जनाले गरे रगददान

बारा, माघ १९ गते । जगदम्बा अटो ग्रुपले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा अटो ग्रुपले आफ्नो टिभिएस मोटरसाईकल उत्पादन हुने कम्पनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी एवं ब्लठ बैंक विगरञ्जको समन्वयमा जगदम्बा अटो ग्रुप प्रा.लीले जीतपुरसिमरा उपमहानगरपालिका वडा … Read more

शाख स्टिल उद्योग अनिश्चितकालका लागि बन्द

बारा बाराको बजनी स्थित शाख स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएको छ् । उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि उद्योग बन्द गर्नुपरेको शाख स्टिलका प्रबन्धक राजु प्रसाद तिमलसिनाले जानकारी दिए । उद्योग बन्द हुँदा करिब ३ सय मजदुरहरु बेरोजगार भएका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ मा रहेको उक्त शाख स्टिल करिब २ … Read more

एकीकृत समाजवादीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाइने

काठमाडौं,माघ १४- नेकपा (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि हुँदै छ । बैठक बिहान ११ः३० बजेदेखि सुरु हुँदै छ । प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने बैठकको पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको … Read more

रामायणकाे ‘हनुमान’काे भुमिकामा सनी देओल कन्फर्म, मे महिना देखी सुटिङमा जाने

मुम्बई, १२ माघ । नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।  पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै कुराहरु भइरहेका थिए । यसले विश्वभरका दर्शकहरूमाझ निकै उत्साह पैदा गरेको छ । अब चार महिना लामो छलफल पछि रामायणमा भगवान हनुमानको भूमिकाका लागि सनी … Read more

बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

न्युर्योक, १४ माघ । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं। अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ । तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि … Read more