बजनीमा ‘जीतपुरसिमरा महोत्सव २०८०’ हुने
मनाेज शाह जितपुर बारा माघ २१ गते:
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ‘जीतपुरसिमरा महोत्सव २०८०’ आयोनजा हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले फागुन १८ गतेदेखि महोत्सव आयोजना गर्न लागेको हो ।
वडा नम्बर ३ स्थित बजनीमा आयोजना गर्न लागिएको महोत्सव फागुन २९ गतेसम्म चल्नेछ । महोत्सवमा औद्योगिक प्रर्दशनी, खाना महोत्सव, बिभिन्न मनोरञ्जनात्मक बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती देखाईने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिनुभयो ।
उद्योगको उत्पादन प्रर्दशनीसंगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी धमाधम भईरहेको छ । कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, जीतपुरसिमरा, बारा मधेश समृद्धिको मुख्य आधार भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवलाई सफल बनाउन अध्यक्ष मोहन शर्माको संयोजकत्वमा मुल आयोजक समितिसमेत गठन गरिएको छ ।
‘हामीले आयोजना गर्ने महोत्सव अन्य महोत्सव भन्दा फरक हुन्छ, उद्योगको प्रर्दशनी र पर्यटन प्रवद्र्धन गर्ने नै हाम्रो मुख्य लक्ष्य हो’ अध्यक्ष शर्माले भन्नुभयो । ‘हामी अहिले बृहत तयारीमै छौ, छिट्टै पत्रकार सम्मेलन गरेर हामी महोत्सवको बारेमा अझ धेरै जानकारी गराउनेछौ’ उहाले भन्नुभयो ।
बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउदै आएको नगर उद्योग वाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।