रक्तदान कार्यक्रम सम्मपन्न, ५२ जनाले गरे रगददान

सेयर गर्नुहोस्

बारा, माघ १९ गते ।

जगदम्बा अटो ग्रुपले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा अटो ग्रुपले आफ्नो टिभिएस मोटरसाईकल उत्पादन हुने कम्पनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी एवं ब्लठ बैंक विगरञ्जको समन्वयमा जगदम्बा अटो ग्रुप प्रा.लीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको आफ्नो टिभिएस मोटरसाइकल उत्पादन हुने कम्पनीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

आफुहरु कार्यरत्त संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेर आफुहरुलाई पनि उक्त शुभ कार्यमा सहभागि गराउदा आफुहरु निकै खुसि भएको रगत दिने कर्मचारीहरुले खुसि व्यक्त गरेका थिए ।

यता संस्थाले अफुहरु यस बाहेक पनि अन्य कयौ सामाजिक कार्यक्रम गर्दै आएको र अगाडि पनि यस्ता किसिमको सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै जाने बताएको छ ।

ब्लड बैंकमा रगतको अभाव भएको समयमा जगदम्बा अटो ग्रुपले रक्तदान गरेर धेरैको जिवनलाई बचाउन सहयोग गरेको देखिन्छ । जगदम्बा अटो ग्रुपमा कार्यरत्त कर्मचारीहरुले मात्र रक्तदान कार्यक्रममा सहभागि भएका थिए ।