जितपुरकाे सल्हेस बाबा मन्दिरको बारेमा तथा विभिन्न माँग राख्दै सर्वदलीय दलित संजलले उपमहानगरलाइ बुझाए ज्ञापन पत्र
मनाेज शाह जितपुर बारा जेठ १७ गते:
नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीलाई बिहिवार नगर स्तरीय सर्वदलीय दलित संजालले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका जनसंख्याको हिसाबले अत्यधिक दलित जनसंख्या भएको पालिका रहेकोले जीतपुरसिमरा उपमहानगरपालिकामा अत्यन्तै पिछडिएको मुसहर,चमार,पासवान,बिश्वकर्मा,परियार,सार्की,डोम लगाएत दलितहरुको बासोबास रहेकोले दलित संजालले दलित समाजलाई अगाडी बढाउने खालको योजना उपमहानगरको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा समावेश गर्नको लागि उपप्रमुख अधिकारी समक्ष ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको छ ।नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकाको वार्षिक क्यालेन्डरमा दलित सम्बन्धि कार्यक्रम समावेश गर्न उपमहानगर संग अनुरोध गरेको छ ।
नगरस्तरीय योजनामा दलित समुदायको उत्थान र बिकासको लागि १ करोड बजेत बिनियोजनको माग सहित ज्ञापनपत्र बुझाईएको दलित अगुवा एवं पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले बताउनुभयो । अति बिपन्न दलित गरिबलाई राहत परिचय पत्र उप्लबध गराउने देखि लिएर दलित समुदायको ईतिहास र अस्थाको केन्द्र शहलेस बाबा,दिना भद्री,भुईयामाई लगाएतका देवी देवताको मन्दिरलाई संरक्षण सम्वर्धन गर्न उपमहानगरलाई पहल गर्न र प्रत्येक बर्ष बिश्वकर्मा पूजाको दिन नगरभरी सार्वजनिक बिदा दिने नगरस्तरीय सर्वदलीय दलित संजालले बुझएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नगरस्तरीय सर्वदलीय दलित संजालका अध्यक्ष सुदन दास तात्मा र सचिव सन्तोष राम लगाएत दलित अगुवाहरु जीतपुरसिमरा उपहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै उपमहानगर उप प्रमुख अधिकारीले आर्थिक बर्ष २०८१/०८२ मा ज्ञापन पत्रमा उल्लेख गरिएको मागहरु समावेश गरिने बताउनुभयो । पहिला देखि नै जीतपुरसिमरा उपमहानगरपालिकाले दलित समुदायलाई लक्षित गरेर बिभिन्न किसिमको कार्यक्रम समावेश गर्दै आएको र यस बर्ष समेत दलित समुदायलाई प्राथमिकताम राखेर नीति तथा कार्यक्रम निर्मान गरिने बताउनु भयो ।ज्ञापन पत्र बुझाउने कार्यक्रममा दलित अगुवा ,इन्दल पासवान बिमला देवी शर्मा,ललिता देवि पासवान लगाएत दलित समुदायका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
ज्ञापन पत्रमा उल्लेख गरिएको मांगहरु
१. निती तथा कार्यक्रममा नारा सहितको कार्यक्रम ल्याईयोस ।
२. वार्षिक कैलेन्डरमा दलित सम्बन्धि कार्यक्रमहरु समावेश गरियोस
३. नगर पालिकाले सबै बडालाई बजेट विनियोजन नगरेको हुदा यस वर्ष कडाईका साथ निर्देशन गर्न अनुरोध छ ।
४. यस नगरका सामुदायीक एवम संस्थागत विद्यालयमा जातिय तथा लैगिंक विभेद विरुद्धको जनचेतना जगाउने पाठ्यक्रम राखियोस ।
५. संविधानको मर्म अनुसार सामुदायीक विधयालयहरुमा दलित तथा गरिबहरुका लागि पुर्ण निःशुल्क शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाईयोस ।
६. नगर स्तरीय योजनामा दलित समुदायको उत्थान र विकाशका लागि रु १ करोड विनियोजन गरियोस ।
७. प्रत्येक वर्ष चैत्र ८ गते अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवश र जेष्ठ २१ गले छुवाछुत मुक्त राष्ट्र दिवश भव्यताका साथ मनाइयोस ।
८. दलित महिला सदस्यको सिफारिसमा विकशका लागि न्यून्तम १० लाख विनियोजन गरियोस ।
९. वेरोजगार दलित युवा युवतीका रोजगार दिनका लागि आवश्यक बजेट व्यवस्था गरियोस ।
१०. संस्थागत विधयालयलाई शिक्षा नियमावली र मन्त्रालयको निर्देशिका २०७२ मा भएको व्यवस्था अनुसार एक पटक मात्र भर्ना शुल्क लिन पाउने सम्वन्धी पत्राचार गर्नुका साथै छात्रवृती दिने व्यवस्था लागु गराईयोस ।
११ अति विपन्न दलित र गरिबलाई राहत परिचय पत्र उपलब्ध गराईयोस ।
१२ दलित समुदायको इतिहास र आस्थाका केन्द्र शहलेश बाबा, दिना भद्री, भुईयामाई लगायतका अरु पनि ईष्ट देवहरुलाई संरक्षण सम्बर्धन गर्न आवश्यक पहल होस ।
१३. प्रत्येक बर्ष विश्वकमां पूजाको दिन नगरमा विदा दिने व्यवस्था गरियोस ।
१४. अवाश विहिन दलितका लागि नमुना दलित अवाश योजनाको लागि बजेट व्यवस्था गरियोस ।

पर्सा जिल्लाकाे पटेर्वासुगाैली गाउपालिका गदिमा सञ्चालित शिवम् लेयर्स फार्म प्राइभेट लिमिटेडका कारण स्थानीय पिडित बन्दै गइरहेको छ ।पटेर्वासुगाैली गाउपालिका हजारौं जनताहरु कष्टकर जीवन बिताउन बाध्य छन् ।कुखुरा उत्पादनकाे फार्माबाट उत्पन्न हुने वायु प्रदुषण तथा झिगा भन्किदा यस क्षेत्रका आसपासका जनताको दैनिकीमा समस्या भएको छ । “आफ्नो वडाका जनताको लागि ठाेस निर्यण गर्ने छाै र हामी पनि फार्माकाे प्रत्यक्ष पिडित छाै”- पटेर्वासुगाैली गाउपालिकाका वडा अध्यक्ष दिनेश चाैधरीले स्पर्श खबरलाई बताए । “हामी गाउले कतिचाेटी फार्म जान्छाै तर जनताको कुनै पनि कुरा सुन्दैन संचालकपक्षले”- महम्द नाैसाद आलमले बताए । “अब हामी मृत्युको अवस्थामा आइपुगेका छाै अब हामी फार्मा बन्द गरेरै छाेडछाै”- आलमले बताए ।
५०- ६० वर्ष देखि हामी बस्दै आइरहेका छाै तर अहिले आएर कुखुरा फार्मा खुलेपछि हामी बस्ने बध्य भएका छाै बिटु चाैधरीले दु: खसाे पोखे ।यता फार्मका मनेजर राज किसाेर चाैधरी सँग कुरा गर्दा हेड अफिसमा कुरा गर्नुस् भनी नम्बर दिएका थिए तर सो नम्बरमा फाेन सम्पर्क भएन ।


बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज बाराकाे पथलैया र देशभर मनाउन लागिएको हो ।बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । 