ठुलो परिणामा नक्कली नेपाली नाेट सहित चार जना बारा प्रहरीको नियन्त्रणमा ।

ठुलो परिणामा नक्कली नेपाली नाेट सहित चार जना बारा प्रहरीको नियन्त्रणमा ।

मनाेज शाह जितपुर बारा जेठ १६ गते:

बारा प्रहरीले ठूलो परिमाणमा नक्कली  नेपाली नोट सहित चार जनालाई पक्राउ  गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर नक्कली नोट सहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ  पर्नेमा  बाराको कोल्हवी नगरपालिका वडा  ६ का २५ वर्षीय राजन चौधरी ,वडा-५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका वडा १ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार  पक्राउ गरेको उनीहरूलाई  सार्वजनिक गरेको बाराका उपरीक्षक महेन्द्र खड्काले   जानकारी दिए ।पक्राउ परेकाहरुको साथबाट प्रहरीले  १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको  छ भने  ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद गरेको छ ।पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कलैया बाट म्याद ठप्प गरेर अनुसन्धान भईरहेको प्रहरी उपरीक्षकले बताए।