रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा 

रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा

स्पर्श खबर जितपुर बारा जेठ १३ गते:

रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा प्रबेश गरेको छ ।

११ औँ रारा गोल्डकप खेलमा सिराहाको सलहेश युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

 

 

चौविसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सलहेश सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको आठौँ मिनेटमा सलहेश युथ क्लबका अर्मन विजामले गोल गरी टोलीलाई अग्रता दिलाए। त्यस्तै खेलको ३० औँ मिनेटमा सुनसरीका कृपा चौधरीले गोल गरी खेल बराबरी भएको थियो। त्यस्तै खेलको दोस्रो हाफको इन्जुरी समयमा सलहेशका आदित्य शाक्यले गोल गरी आफ्नो टोलीलाई विजयी गराउन सफल भए। खेलका म्यान अफ द म्याच सलहेश युथ क्लबका जय गुरुङ घोषित भए। उनले नगद ७ हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पारे।

प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ। सेमिफाइनलको पहिलो खेल सोमबार डाँगिहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीच हुनेछ भने सेमिफाइनलको दोस्रो खेल मंगलबार बिर्तामोड युनाइटेड क्लब र सलहेश युथ क्लब सिराहाबीच हुनेछ।

दुवै सेमिफाइनल खेलका विजेताबीच बुधबार फाइनल खेल हुने संयोजक चेम्जोङले बताए। प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।

सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेछन्।

पहिलो  लोहसण्डा गोल्डकप जेठ १९ गते देखि हुने

पहिलो  लोहसण्डा गोल्डकप जेठ १९ गते देखि हुने

मनाेज शाह जितपुर बारा जेठ १२ गते ।

१२ जेठ। पहिलो  लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने भएको छ । लोहसण्डा फूटबल मैदानमा शनिवार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम लोहसण्डा गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते देखि २६ गते सम्म सञ्चालन हुने सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले जानकारी दिएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ को आर्थिक सहयोगमा प्रथम लोहसण्डा गोल्डकपको आयोजना हुन लागेको छ ।प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपबिजेतालाई नगद ४० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक सनराईक युथ क्लबका अध्यक्ष बन्दन चौधरीले पत्रकार सम्मेलनम जनाएको छ ।प्रतियोगितमा म्यन अफ दी मैचले नगद १५ हजार र प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।प्रतियोगितामा
आयोजक सहित ८ वटा टीमको सहभागिता रहने छ ।प्रथम लोहसण्डा गोल्डकप २०८१ मा बिरगंज सिटी बिरगंज,जनशक्ति क्लब कोल्हवी,श्री वन शक्ति युवा क्लब सिद्धपुर,पर्सागढी युवा स्पोर्ट्स क्लब बढनियार ,चन्द्रपुर एफसी क्लब रौतहट ,बिरगंज युथ एकेडेमी बिरगंज ,सायनिङ युथ क्लब मनहर्वा बारा र आयोजक सनराईज युथ क्लब लोहसण्डाको सहभागीता रहने छ ।

 

प्रथम लोहसण्डा गोल्डकपको पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिव शंकर प्रसाद कुशवाहाले लोहसण्डामा पहिलो पटक हुन लागेको गोल्डकपको लागि वडाले ३ लाख आर्थिक सहयोग गरेको बताउनु भयो।सनराईज युथ क्लबले प्रथम लोहसण्डा गोल्डकप सफलतापूर्वक सम्पन्न गरे पछि अर्को बर्ष यश गोल्डकपलाई निरन्तरता दिने समेत उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।प्रतियोगिता ब्यवस्थापनको लागि करिब ६ लाख २५ हजार खर्छ हुने अनुमान गरिएको छ ।प्रथम लोहसण्डा गोल्डकपमा वडा सदस्य गङा पटेल,रुदल सहनी लगाएत पत्रकारहरुको सहभागीता रहेको थियो ।

 

लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचाले

लाेटस स्कुलले हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचाले
मनाेज शाह जितपुर बारा बैशाख २९ गते:
लाेटस स्कुल हाजिरी जवाफ प्रतियोगिताकाे प्रथम  शिल्ड उचालेकाे छ ।

एन प्यापसान जितपुरसिमरा नगरकाे आयाेजनामा हाजिरी जवफ प्रतियोगिता सम्पन्न गरेकाे छ ।हाजिरी जवाफ प्रतियोगितामा १९ आेट स्कुलको सहभागी रहेको थियाे । हाजिरी जवाफ प्रतियोगितामा प्रथम लाेटस बाैडिङ्ग स्कुल सिमरा , दाेस्राे न्यु एकता बाैडिङ्ग स्कुल सिमरा र तेस्राे सिमरा पब्लिक बाैडिङ्ग स्कुल सिमरा भएको थियोे ।प्रथम ,दाेस्राे तेस्राे स्कुललाई प्रमाणपत्र र शिल्ड , मेडल प्रदान गरेको थियोे । जितपुरसिमरा नगर अध्यक्ष अनिल तिवारीले प्रथम दाेस्राे र तेस्राे बिधालयलाइ शिल्ड ,प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियोे ।  हाजिरी जवाफ प्रतियोगिता तीन राउन्डमा भएको थियोे । पहिलो राउन्ड जेनरल,दाेस्राे राउन्ड अडियो भिडियो ,तेस्राे राउन्ड रेफिड फायर लगायत थियोे । कार्यक्रम प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा १४ का वडा अध्यक्ष चेयन गुरुङ रहनु भएको थियोे । बालबालिकामा हाजिरी जवाफ ले बालबालिकामा बिकासकाे क्षमता बिकास गर्ने बताए । कार्यक्रमका सभापतित्व बिदुर खड्का ले गर्नु भएको थियोे । लगभग बिधार्थीकाे संख्या ५७ जानकाे सहयोगी रहेको थियोे । हाजिरी जवाफ प्रतियोगितामा शिक्षा शिक्षिकाहरु सहभागी रहेको थियो ।

 

नेपाल सितोरियो  कराँते इन्टर डाेजाे अमलेखगञ्ज चकरी प्रतियोगिता सम्पन्न

नेपाल सितोरियो  कराँते इन्टर डाेजाे अमलेखगञ्ज चकरी प्रतियोगिता सम्पन्न मनाेज शाह जितपुर  बारा बैशाख २३ गते: जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा शनिबार प्रथम अमलेखगञ्ज चकरी कराँते प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. २१ को कार्यालयको सहयोग र नेपाल मधेसी उत्थान समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताको जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक फाईनलमा प्रवेश, पर्सागढि पराजित

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक फाईनलमा प्रवेश, पर्सागढि पराजित

मनाेज शाह जितपुर बारा, चैत्र २० गते ।

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बाराको बकुलियामा संचालन भैरहेको गोल्ड कपमा पर्सागढि युवा स्पोर्ट क्लब बढ्निहारलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

पर्सागढिलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ९ का खेलाडी मोहित गुरूङले एक गोल गरे । निर्धारित समयमा पर्सागढिले कुनै गोल फर्काउन नसकेपछि गुरूङको गोल आयोजक टिमको लागि निर्णायक बन्यो ।

खेलको दोस्रो हापको ३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका मोहित गुरूङले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता मोहित चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको तेस्रो खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाले मेन अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगितामा चैत्र २ञ गते बुधवार हर्दि युवा समाज चितवन र एभेरेष्ट फुटबल एकाडेमी सर्लाही बिच अन्तिम सेमिफाईलन खेल हुनेछ । दिनको ३ बजेबाट बकुलिया भवानीपुर फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ ।

बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश

बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश मनाेज शाह जितपुर  बारा, चैत्र १९ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा हर्दि युवा समाज राप्ती चितवन विजयी भएको छ । सशस्त्र प्रशरी पिलुवा बारालाई स्तब्ध पार्दै हर्दि युवा समाज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो … Read more

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश, निजगढ पराजित

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश, निजगढ पराजिति

मनाेज शाह जितपुर बारा, चैत्र १८ गते ।

बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुर विजयी भएको छ । निजगढ युवा क्लब निजगढलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।

निजगढलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ७ का खेलाडी सुशान्त चौधरीले एक गोल गरे । निर्धारित समयमा निजगढले कुनै गोल फर्काउन नसकेपछि सुशान्त चौधरीको गोल आयोजक टिमको लागि निर्णायक बन्यो ।

खेलको दोस्रो हापको ३३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका सुशान्त चौधरीले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता सुशान्त चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको तेस्रो खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोतिलाल यादव मेन अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगितामा चैत्र १९ गते सोमबार हर्दि युवा समाज चितवन र सशस्त्र प्रहरी बल नेपाल पिलुवा बारा बिच अन्तिम क्वाटरफाईलन खेल हुनेछ । दिनको ३ बजेबाट बकुलिया भवानीपुर फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ ।

बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्ज स्तब्ध, सर्लाही सेमिफाइनलमा प्रवेश

बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्ज स्तब्ध, सर्लाही सेमिफाइनलमा प्रबेश

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

्मनाेज शाह जितपुर बारा चैत्र १७ गते ।

बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा एभरेष्ट फुटबल एकेडेमी सर्लाही विजयी भएको छ । विरगञ्ज युनाइटेड पर्सालाई स्तब्ध पार्दै सर्लाही प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।

विरगञ्जलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा सर्लाहीले ३–१ को जीत निकालेको थियो । सर्लाहीको जीतमा जर्सि नम्बर ८ का खेलाडी रोहित गोलेले पेनाल्टि प्रहारमा १ गोल, जर्सि नम्बर १४ का खेलाडी अमित गौतम र जर्सि नम्बर १० का खेलाडी समिर राईले समान एक एक गोल गरे । विरगञ्जको तर्फबाट फ्रि किकलाई सदुपयोग गर्दै जर्सि नम्बर २४ का खेलाडी बिकि चौधरीले एक गोल फर्काएका थिए ।

खेलको पहिलो हापको २८ औँ मिनेटमा विरगञ्जका संजय चौधरीले डिबक्स भित्र सर्लाहीका अनिल मगरलाई फल गर्न पुगेका थिए । डिबक्स भित्रको फल भए पछि पेनाल्टी सुटको अवसर पाएको सर्लाहीले अवसरलाई गोलमा परिणत गर्यो । सर्लाहीको तर्फ बाटै दोस्रो हापको ४औँ मिनेटमा अमित गौतमले डिबक्स भित्रबाट गोल प्रहार गरेका थिए । खेलको अन्तिम समयमा अनिल मगरले दिएको पासलाई समिर राई उतकृष्ट गोल गर्दै आफ्नो टिमलाई ३–१ को अग्रता दिलाएका थिए ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मैन अफ दि मेच सर्लाहीका समिर राई घोषित भए । मैन अफ दि मेचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको दोस्रो खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी रहनु भएको थियो ।

जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।

५औं बकुलिया भवानीपुर गोल्ड कपः उद्घाटन खेलमा पर्सागढिको बिजयी सुरुवात

५औं बकुलिया भवानीपुर गोल्ड कपः उद्घाटन खेलमा पर्सागढिको बिजयी सुरुवात

मनाेज शाह जितपुर  बारा, चैत्र १६ गते ।

पर्सागढि युवा स्पोर्ट क्लब बडनिहारले ५औं बकुलिया भवानीपुर गोल्ड कप २०८० मा बिजयी सुरुवात गरेको छ । हेंटौडा फुटबल एकेडेमीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै पर्सागढिले प्रतियोगतामा सुखद सुरुवात गरेको हो ।

हेंटौडालाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा पर्सागढिले १–०को जीत निकालेको थियो । पर्सागढिको जीतमा जर्सि नम्बर ८ का खेलाडी सजित उरोले एक गोल गरे । पर्सागढिको बिरुद्धमा हेटौडाले गोल फर्काउन नसकेपति उरोको गोल खेलको निर्णयक बन्न पुग्यो ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको उक्त उद्धाटन खेलको पहिलो हापमा उरोले गोल गरेका थिए । खेलको मैन अफ दि मेच सजित उरोनै घोषित भए । मैन अफ दि मेचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको उद्घाटन गर्दै बारा क्षेत्र न ४ (क) को प्रदेश सभा सदस्य देवनारायण चौधरीले खेलकुदको विकासका निम्ती आफू बाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उद्धाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उंहाले देशमा खेलको महत्व बढ्दै गएको र खेलको माध्यमबाट देशको पहिचान अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको बताउनु भयो । बकुलियामा रहेको फूटबल मैदानलाई स्तरोन्नतिको लागि सक्दो सहयोग गर्ने समेत उँहाले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै बकुलियाले राष्ट्रिय स्तरको खेलाडि उत्पादनमा निकै ठुलो भुमिका खेलेको बताउनु भयो ।

पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० को संयोजक राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा      नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल , जीतपुरसिमरा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि, नेपाली सोनाको श्री २८ नं. बाहिनी अड्डाका बाहिनिपती सहायकरथी राजेन्द्रमणि गरि, सशस्त्र प्रहरीको ४० नं. गण पिलुवाका प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्री, प्रहरी नायब उपरिक्षक गोविन्द पोखरेल, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक चिरन्जिवी दहाल, सशस्त्र प्रहरी बल नेपाल बकुलियाका प्रमुख प्रहरी नायब निरिक्षक कुमार बराल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर क्षेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साह, वडा नम्बर १२ का वडा अध्यक्ष श्याम बाबु थारु, वडा नम्बर १३ का वडा अध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, रास्वपाका जीतपुरसिमरा नगर सभापती सुरेश केसी, बारा जिल्ला फुटबल संघका उपाध्यक्ष घनश्याम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।

बकुलिया भवानीपुर गोल्डकप २०८० को ५ औं संस्करणको तयारीमा तीव्रता : चैत्र १६ देखि २३ गतेसम्म प्रतियोगिता आयोजना हुने

बकुलिया भवानीपुर गोल्डकप २०८० को ५ औं संस्करणको तयारीमा तीव्रता : चैत्र १६ देखि २३ गतेसम्म प्रतियोगिता आयोजना हुने

मनोज  शाह, जीतपुर बारा, चैत्र १० गते

 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ५ बकुलियामा जन कल्याणकारी क्लबको आयोजनामा बकुलिया भवानीपुर गोल्डकप २०८० को ५ औं संस्करण सभ्य एवम् भव्यरुपमा आयोजना गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । आगामी चैत्र १६ गतेदेखि २३ गतेसम्म संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

 

विगतमा चार ओटा संस्करणहरु सफलतापूर्वक सम्पन्न भइसकेको यस बकुलिया भवानीपुर गोल्डकप २०८० को ५ औं संस्करणको कुल लागत २० लाख रहेको छ । यस बकुलिया भवानीपुर गोल्डकप २०८० मा प्रथम हुने टिमलाई पुरस्कारस्वरुप रु. २ लाख तथा दोस्रो हुने टिमलाई रु. १ लाख रकम पुरस्कारस्वरुप प्रदान गरिने आयोजक जन कल्याणकारी क्लबका अध्यक्ष श्रीराम चौधरीले जानकारी दिए । यस प्रतियोगिताले स्थानीयस्तरमा सीमित रहन बाध्य भएका प्रतिभाशाली फुटबल खेलाडीहरुको प्रतिभालाई पहिचान गरी उजागर गर्न तथा क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पहुँच बढाउन मदत गर्नेछ भन्ने आयोजक कमिटीका अध्यक्ष श्रीराम चौधरीले विश्वास व्यक्त गरे ।

जन कल्याणकारी क्लबको आयोजनामा संचालन हुन लागेको बकुलिया भवानीपुर गोल्डकप २०८० को ५ औं संस्करणमा आयोजक टिम बकुलिया भवानीपुर, वीरगंज युनाइटेड, पर्सागढी बढनिहार, निजगढ, चितवन, मकवानपुर, बर्दिवास एपीएफ तथा सर्लाही गरी विभिन्न जिल्लाका ८ टिमहरुको सहभागिता रहने छ ।

 

प्रतियोगिताको बारेमा प्रारम्भिक जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ५ बकुलियाका वडा सदस्य ईश्वर चौधरी, बकुलिया भवानीपुर गोल्डकपका पूर्व अध्यक्ष केश्वर धामी, उमेश चौधरीलगायत विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।