बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश
मनाेज शाह जितपुर बारा, चैत्र १९ गते ।
बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा हर्दि युवा समाज राप्ती चितवन विजयी भएको छ । सशस्त्र प्रशरी पिलुवा बारालाई स्तब्ध पार्दै हर्दि युवा समाज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।
सशस्त्रलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा हर्दि युवा समाज चितवनले २–१ को जीत निकालेको थियो । हर्दि युवा समाजको जीतमा जर्सि नम्बर ६ का खेलाडी चिश्चल वस्नेत र जर्सि नम्बर १६ का खेलाडी संजय चौधरीले एक एक गोल गरे ।
सशस्त्रको तर्फबाट जर्सि नं. १४ का खेलाडी युवराज राईले एक गोल गरेका थिए ।
खेलको पहिलो हापको १५औँ मिनेटमा सशस्त्र प्रहरी पिलुवाको तर्फबाट युवराज राईले पहिलो गोल गरेका थिए । पहिलो हापको २२औँ मिनेटमा हर्दि युवा समाजको तर्फबाट पेनाल्टी सुटलाई सदुपयोग गर्दै चिश्चल वस्नेतले आफ्नो टिमलाई सशस्त्र संग बराबरीमा पुगाए ।
खेलको दोस्रो हापको ४२औँ मिनेटमा हर्दि युवा समाजका संजय चौधरीले गोल गर्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाएका थिए । निर्धारित समयमा सशस्त्रले गोल फर्काउन नसके पछि चौधरीको गोल हर्दि युवा समाजको लागि निर्णायक बन्यो ।
जन जनकल्याकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच हर्दि युवा समाजका क्याप्टेन अन्जन चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।
पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको दोस्रो खेलको प्रमुख अतिथि सशस्त्र प्रहरी बल नं. ४० रिजर्भगणका गणपती प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्री रहनु भएको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगितामा चैत्र २१ गते पर्सागढि युवा स्पोर्ट क्लब बढनिहार र आयोजक बकुलियो भवानीपुर बिच पहिलो सेमिफाईलन खेल हुनेछ । दिनको ३ बजेबाट बकुलिया भवानीपुर फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ ।J