काभा वुमन्स नेसन्स लिग : नेपालले उपाधिका लागि आज भारतसँग भिड्ने

काठमाडौं : घरेलु टोली नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिग महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालले बुधबार उपाधिका लागि दक्षिण एसियाली पावर हाउस भारतको सामना गर्नेछ। नेपालले यसअघि राउन्ड रोबिन लिगमा भारतलाई पराजित … Read more

महिला क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौ एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो । समूह चरणका तीन खेलमा एक जित र दुई हार व्यहोरेको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किन लागेको हो । … Read more

कराँते खेलाडी भुटान प्रस्थान

स्पर्श खबर जितपुर बारा श्रवण १ गते:  दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा भोलिदेखि प्रतियोगिताको आठौँ संस्करण आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालका ७० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालमै भएको सातौँ संस्करणमा नेपाल ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक जित्दै टिम … Read more

बाहिनीपति ट्रफी – २०८१ सम्पन्न

रन्जित चौधरी, बारा, असार ९ गते : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका जितपुरको गढीमाई मन्दिर नजिकै रहेको श्री नं. २८ बाहिनी अड्डामा बाहिनीपति ट्रफी -२०८१ विधिवत् रुपमा आज सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद” तथा “स्पोर्टस् फर फ्रेन्डसिप” भन्ने कुरालाई मनन् गर्दै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यको साथ बाहिनीपति … Read more

जितसँगै इङल्याण्ड टी- २० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङल्याण्डले समुह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछाएको इङल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । इङल्याण्डका लागि कप्तान जोस बटलरले … Read more

मानव सेवा आश्रममा कराते सञ्चालन

मानव सेवा आश्रममा कराते सञ्चालन रन्जित चाैधरी, जितपुर बारा, असार ८ गते: हेटौंडाको मानव सेवा आश्रममा रहेका बालबालिकाहरुको आत्मरक्षा सीप विकास तथा शारीरिक एवम् मानसिक विकासका लागि सितोरियो कराते प्रशिक्षण प्रदान गरिने कार्यक्रमको उदघाटन गरियो । उक्त कार्यक्रमको समुद्घाटन स्वर्गीय नरेन्द्र श्रेष्ठ ( मकवानपुर जिल्लाका कराते प्रशिक्षक) को दाजु सुरेन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो । … Read more

रोमानियाको युरोकपमा विजयी शुरुवात

काठमाडौँ । रोमानियाले युरोकपमा विजयी शुरुवात गरेको छ । सोमबार राती सम्पन्न समुह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए । यो जितपछि रोमानियाले समुह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ … Read more

गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा

गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा विदा

मनाेज शाह जितपुर बारा जेठ ३० गते:

   अत्यधिक गर्मीका कारण मधेस प्रदेश  जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको गर्मीले पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले दुई दिनका लागि विदा दिएको हो ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादद्वारा जारी सूचनामा अत्यधिक गर्मी बढेका कारण पठन पाठनमा असर परेको भनि कार्यालयमा जानकारी प्राप्त भएकोले जेठ ३१ गतेदेखि ३२ गतेसम्मका लागि सार्वजनिक विदा दिइएको उल्लेख छ ।

गोल्डकप : पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश

मनाेज शाह जितपुर बारा जेठ २२ गते:

जीतपुरसिमरा उपमहानगरपालिका -८ मा जारी रहेको प्रथम लोहसण्डा गोल्डकमा सोमबार भएको खेलमा पर्सागढी स्पोर्ट्स क्लब बढनिहार बिजयी भएको छ ।वन शक्ति क्लब सिद्धपुरलाई पेनाल्टीमा ८-७ ले पराजित गर्दै पर्सागढी स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।वन शक्ति क्लबका सजिव उरोले २ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो तर वन शक्ति क्लबले अग्रता कायम गर्न सकेको थिएन ।

निर्धारित समयमा दुबै टोलिले गोलरहित बराबरी खेले पछि खेल पेनाल्टीमा धकेलिएको थियो ।पेनाल्टीमा ८ गोल गर्दै पर्सागढी स्पोर्ट्स क्लब बिजयी भएको आयोजक सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताए ।पर्सागढीका गोलरक्षक दिपेन्द्र चौधरी म्यन अफ द मैच घोषित भए ।उनलाई जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले मेडल र नगद १५ सय रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।जेठ १९ गते देखि सुरु भएको प्रथम लोहसण्डा जेठ २६ गते सम्म संचालन हुने छ ।प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपबिजेताले नगद ४० हजरा धनराशि पुरस्कार पाउने छ ।मंगलबार बिरगंज युथ एकेडेमी बिरगंज र साईनिङ युथ एकेडेमी मनहर्वा बारा बिच खेल हुने छ।

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा सिटिको बिजयी सुरुवात

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा सिटिको बिजयी सुरुवात

मनाेज शाह जितपुुर बारा जेठ २० गते:

 

विरगञ्ज सिति फुटबल क्लब विरगञ्जले प्रथम लोहसण्डा फुटबल गोल्ड कप २०८१ मा बिजयी सुरुवात गरेको छ । जनशक्ति क्बल कोल्हबीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै विरगञ्जले प्रतियोगतामा सुखद सुरुवात गरेको हो ।

काल्हबीलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्जले १–० को जीत निकालेको थियो । विरगञ्जको जीतमा जर्सि नम्बर ८ का खेलाडी अर्मान चौधरीले पेनाल्टी सुटलाई सदुपयोग गर्दै एक गोल गरे । निर्धारीत समयमा विरगञ्जको बिरुद्धमा कोल्हबीले गोल फर्काउन नसकेपति चौधरीको गोल खेलको निर्णयक बन्न पुग्यो ।

सनराईज युथ क्लब लोहसण्डाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको लोहसण्डा खेलमैदानमा भएको उक्त उद्धाटन खेलको पहिलो हापको १२औं मिनेटमा चौधरीले पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए ।

प्रथम लोहसण्डा फुटबल गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै बारा क्षेत्र न ४ (क) को प्रदेश सभा सदस्य देवनारायण चौधरीले खेलकुदको विकासका निम्ती आफू बाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उद्धाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उंहाले देशमा खेलको महत्व बढ्दै गएको र खेलको माध्यमबाट देशको पहिचान अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको बताउनु भयो ।

सनराईज युथ क्लका अध्यक्ष बन्दन चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि,  बारा क्षेत्र न ४ (क) को मधेस  प्रदेश पुर्व  सभा  सदस्य सुन्दर बिश्कार्मा, उपमहानगरको पहिलो  उपमेयर  सरस्वती  चौधरी, जीतपुरसिमरा ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहा, नेपाली काग्रेसका नेता कृष्णव्रत सिह,  जीतपुरसिमरा ८ का वडा सदस्य गांग पटेल ,   विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सहसचिव संदेश सिंहले गर्नुभएको थियो ।

सनराईज युथ क्लबको आयोजनामा जेठ १९ बाट गते देखि सुरु भएको प्रतियोगिता जेठ २६ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु ८० हजार र उपविजेताले नगद रु ४० हजार प्राप्त गर्नेछन् ।