रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा 

रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा

स्पर्श खबर जितपुर बारा जेठ १३ गते:

रारा गाेल्डकप: मधेस प्रदेश सिराहाकाे क्लब सेमिफाइनलमा प्रबेश गरेको छ ।

११ औँ रारा गोल्डकप खेलमा सिराहाको सलहेश युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

 

 

चौविसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सलहेश सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको आठौँ मिनेटमा सलहेश युथ क्लबका अर्मन विजामले गोल गरी टोलीलाई अग्रता दिलाए। त्यस्तै खेलको ३० औँ मिनेटमा सुनसरीका कृपा चौधरीले गोल गरी खेल बराबरी भएको थियो। त्यस्तै खेलको दोस्रो हाफको इन्जुरी समयमा सलहेशका आदित्य शाक्यले गोल गरी आफ्नो टोलीलाई विजयी गराउन सफल भए। खेलका म्यान अफ द म्याच सलहेश युथ क्लबका जय गुरुङ घोषित भए। उनले नगद ७ हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पारे।

प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ। सेमिफाइनलको पहिलो खेल सोमबार डाँगिहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीच हुनेछ भने सेमिफाइनलको दोस्रो खेल मंगलबार बिर्तामोड युनाइटेड क्लब र सलहेश युथ क्लब सिराहाबीच हुनेछ।

दुवै सेमिफाइनल खेलका विजेताबीच बुधबार फाइनल खेल हुने संयोजक चेम्जोङले बताए। प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ।

सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेछन्।