बाहिनीपति ट्रफी – २०८१ सम्पन्न

रन्जित चौधरी, बारा, असार ९ गते :

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका जितपुरको गढीमाई मन्दिर नजिकै रहेको श्री नं. २८ बाहिनी अड्डामा बाहिनीपति ट्रफी -२०८१ विधिवत् रुपमा आज सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद” तथा “स्पोर्टस् फर फ्रेन्डसिप” भन्ने कुरालाई मनन् गर्दै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यको साथ बाहिनीपति ट्रफी संचालन गरिएको जनाइएको छ ।

उक्त बाहिनीपति ट्रफीमा श्री श्रीजंग गण, श्री ज्वालादल गण र श्री बीरदल गणको सहभागिता रहेको थियो । उक्त ट्रफीमा विभिन्न ७ वटा खेल विधाहरुमा प्रतिस्पर्धाको आयोजना गरिएको थियो । प्रतिस्पर्धामा समावेश गरिएका विधाहरुमा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ्ग, तेक्वान्दो, स्वीमिङ्ग र एथ्लेटिक्स रहेका थिए । प्रतिस्पर्धामा भाग लिएकाहरुमध्ये श्री श्रीजंग गणले फुटबल, भलिबल र तेक्वान्दोमा जित हासिल गर्न सफल भएको थियो भने बास्केटबल, स्वीमिङ्ग र एथ्लेटिक्समा श्री ज्वालादल गणले जित हासिल गरेको थियो ।यसका साथै बक्सिङ्गमा भने श्री बीरदल गण विजय हुन सफल भएको थियो । बाहिनीपति ट्रफीमा समान अंक ल्याई श्री ज्वालादल गण र श्री श्रीजंग गण “Champion Battalion” हुन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *