अभिभावक विहीन जीतपुर : आफ्नो पुरानो प्रतिष्ठा गुमाएको स्थानीयको गुनासो

अभिभावक विहीन जीतपुर : आफ्नो पुरानो प्रतिष्ठा गुमाएको स्थानीयको गुनासो

 

मनोज  शाह, जीतपुर बारा, चैत्र ३ गते

 

‘हात्ती आयो हात्ती आयो फुस्सा’ उखान वर्तमान परिस्थितिमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरको लागि उपयुक्त भएको छ । नगरपालिका र उपमहानगरपालिका एवम् आर्थिक नगरीको रुपमा रहे पनि यहाँको विकास भने झन् झन् खस्किँदै गएको सर्वविदितै छ । वडा नं. ७ जीतपुरको हालको विकास र प्रगतिको दरभन्दा विगतमा भवानीपुर जीतपुर गा.वि.स. हुँदै राम्रो रहेको तथ्याङ्कले देखाउँछ । आफ्नो स्थापनाकालदेखि नै यस नगरीले आर्थिक तथा व्यापारिक केन्द्रको रुपमा आफूलाई चिनाउन सफल रहे तापनि हालको स्थिति जोकोहीले पनि मूल्याङ्कन गर्न सक्छन् । यहाँका भूतपूर्व प्रधानपञ्च एवम् भूतपूर्व गा.वि.स. अध्यक्ष श्री चीरञ्जीवी भक्त पौडेलको भनाइ पनि यस्तै किसिमको रहेको छ । उहाँको अनुसार हाल जीतपुरको विकासमा ह्रास आएको बताउनुहुन्छ । यसमा थप्दै उहाँ अगाडि भन्नुहुन्छ, “जीतपुरको विकास र प्रगतिको लागि म सदैव तन, मन र धनले लागिरहनेछु । सबैको साथ र सहयोगले मात्र यस जीतपुरलाई सुन्दर र सम्पन्न बनाउन सकिन्छ ।”

 

हामीले यहाँका थप एक भूतपूर्व गा.वि.स. अध्यक्ष एवम् प्रधानपञ्च श्री रमण चौधरीसँग पनि यस समसामयिक विषयमा बुझ्दा उहाँकै शब्दमा, “जीतपुर एउटा सुनको चराजस्तै हो । यहाँ जो व्यक्ति पनि आएर सजिलै आफ्नो व्यापार व्यवसाय गर्न सक्छन् । यस भेगकै व्यापारिक केन्द्रको रुपमा जीतपुर रहेको छ ।” भनी बताउनुभयो ।

 

यसै गरी जीतपुरका अग्रज एवम् जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ का भूतपूर्व गा.वि.स. अध्यक्ष श्री कृष्ण व्रत सिंहले हालको जीतपुरको राजनीतिक एवम् सामाजिक अवस्था सन्तोषजनक रहेको भन्न नसकिने बताउनुभयो । उहाँले अगाडि थप्दै भन्नुभयो, “हामीले कुनै पनि व्यक्तिगत रिसराग नराखी सबैजना मिली यहाँको विकास गर्न सकिन्छ ।” हाल केही समय यता आएर जीतपुरमा मोनोपोली, धाकधम्की र प्रलोभनको राजनीति भइरहेको कुरा उहाँले स्वीकार गर्नुभयो ।

 

यसरी सरसर्ती हेर्दा अहिले जीतपुरले आफ्नो पुरानो साख समेत गुमाएको स्थिति रहेको छ । यहाँको पुरानो पहिचान बोकेको भैंसी बजार पनि लगभग लोप हुने स्थितिमा रहेको छ । त्यसैगरी व्यापारिक केन्द्रको उपाधि पनि छिमेकी सहरले लिइसकेको छ । यस्ता यस्तै केही उपलब्धीहरु यस नगरले गुमाएको छ भने केही गुमाउने क्रममै छ ।

 

यसले के देखाउँछ भने हाल जीतपुर अभिभावकविहीन भएको छ । जीर्ण बन्ने अवस्थामा रहेको जीतपुरको समग्र विकासको लागि असल तथा दूरदर्शी सोच भएको अभिभावकत्वको भूमिका निर्वाह गर्न सक्ने व्यक्तिको खाँचो छ । जुन जोगी आए पनि कानै चिरेका भनेझैं नेपालमा गणतन्त्र आएयता जीतपुरमा अनेकौं जनप्रतिनिधिहरु, सामाजिक अगुवाहरु, विभिन्न राजनैतिक दलका नेताहरु तथा सामाजिक अभियन्ताहरु देखा परे तर कसैले पनि यस क्षेत्रको अभिभावकत्व ग्रहण गर्न सकेको देखिंदैन । गाउँगाउँमा सिंहदरबार पुगिसकेको ढोल पिटे पनि जीतपुरको सन्दर्भमा भने यो लागू हुन नसकेको गुनासो स्थानीयहरुको रहेको छ । यहाँका प्रतिष्ठित व्यापारी शिवजी प्रसाद साह सोनारले दुखेसो पोख्दै भने, “जीतपुर व्यापारिक केन्द्रको रुपमा रहे तापनि यसको उचित व्यवस्थापन, अनुगमन तथा प्रवर्द्धन – सम्वर्द्वन नहुँदा आज जीतपुरको हविगत यस अवस्थामा पुगेको हो ।”

 

जीतपुरको सर्वाङ्गीण विकासको लागि यहाँको स्थानीय जनताहरु जागरुक भई स्वस्फूर्त रुपमा उठ्न र आफ्नो सहरको गुमेको वा गुम्न लागेको साखको संरक्षण गर्नको लागि सडा सङ्घर्ष गर्न नितान्त आवश्यक छ । विकासप्रेमीलाई सम्मान र विकासविरोधीको प्रतिकार गर्न सख्त आवश्यक रहेको छ । विकासप्रेमी स्थानीय बासिन्दाहरुले समयमै उचित कदम चालेनन् भने चोर चोर मौसेरा भाइ भनेझैं धमिराहरुले जीतपुरलाई नामेट पार्न बेर लगाउने छैनन् ।

 

श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयको १४ औं वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयको १४ औं वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पवन प्रसाद साह वीरगंज फागुन ३० गते:
बिरगंज महानगरपालिका वडा नं १० स्थित श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयले आज पुरस्कार वितरण कार्यक्रम भव्यरुपमा सम्पन गरेको छ ।

विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नं१० वडाध्यक्ष सुशील साह कानु लगायत विशिष्ट अतिथी शैक्षिक प्रशासन महाशाखाका अरविन्दलाल कर्ण,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार साह,सदस्य,राप्रपाका नेता प्रमानन्द साह कानु,कामेश्वर श्रीवास्तव,समाजिक अभियानता लखन साह कानु,पूर्व अध्यक्ष, अभिभावक,शिक्षक,विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक चौहानले विद्यालयले आगामी दिनमा विद्यार्थीको सिकाइलाई प्राथमिकतामा राखेर काम गर्ने कुरा उल्लेख गर्नु भयो । विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानले विद्यालयको शैक्षिक विवरण प्रस्तुत गर्दै आगामी वर्षको विद्यालयको नारा नै शैक्षिक गुणस्तर सुधार रहेको प्रष्ट पार्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार साहले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नु हुँदै निरन्तरको मिहिनेतले मात्र सफलतको सिँढी चढ्न सम्भव हुने कुरा प्रष्ट पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि सुशील साह कानुले शिक्षकको क्षमता बिकास गर्दै विद्यालयको स्तर उन्नतीमा महानगर योजनावद्धरुपमा अघि बढेको बताउनुभयो साथै शिक्षक तालिम तथा विद्यालय सुधारका लागि आवश्यक आर्थिक लगायतका सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। त्यसतै,बिरगंज महानगरपालिकाक वडाध्यक्षकानुले सामुदायिक विद्यालयको बार्षिक उत्सवमा लाग्ने खर्च वडा समितिको कार्यालयले व्यहोर्ने बताए । पन्नालाल माविलाई बार्षिकउत्सव कार्यक्रमका लागि १ लाख रुपैयाँ दिने घोषणा गर्दै वडाध्यक्ष कानुले वडामा रहेका अन्य सामुदायिक विद्यालयमा पनि वडा कार्यलयले बार्षिक उत्सव कार्यक्रमका लागि रकम उपलब्ध गराउने बताए।

कक्षा नर्सरी देखि कक्षा नौ सम्मका प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने ३३ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। सरसफाई तथा अतिरिक्त क्रियाकलापतर्फ पनि विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थए भने विद्यालयबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरुलाई ट्रफी वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलालले विद्यालयको प्रगतिमा अहोरात्र खटिने शिक्षक तथा कर्मचारी धन्यवाद दिँदै विद्यार्थीहरुले सिकाइमा अपेक्षाकृत उपलब्धी हासिल गर्न अनुशासित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थी,विद्यालय र अभिभावकको त्रिपक्षीय समन्वयबाट मात्र विद्यालय सहज तरिकाले सञ्चालन गर्न सकिने र यसका लागि अभिभावक हरक्षण आफ्ना बालबालिकाप्रति सचेत बन्नुपर्ने कुरामा जोड दिनुभयो।

राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न

मनाेज शाह जितपुर बारा फागुन ११ गते:

राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको उक्त विद्यालयले अभिभावक दिवसको दिन पारेर आफ्नै ग्राउन्डमा वार्षिकोत्सव सम्पन्न गरेको हो ।

२२वर्ष पुरा गरेको उपलक्ष्यमा विद्यालयले विभिन्न सांकृतिक, प्रस्तुतिकरण, प्रगति विवरण, सामाजिक क्रियाकलापहरु, सम्मान लगायतको कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको थियो ।

कार्यक्रममा राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदनले आफ्नो स्कुलको प्रगति बारे जानकारी दिएको थियो साथै उक्त विद्यालयले विभिन्न स्थानका भएको शिक्षा र खेलकुदको गतिविधिमा उत्कृष्ट हुदै आएको बताइएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले दुइ संघ संस्था, एक पत्रकार, २ अभिभावक र १ कर्मचारी सहित ६ जनालाई सल र सम्मानपत्रसहित सम्मान गरेको थियो ।

विद्यालयको वार्षिकोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष सहित विभिन्न विद्यालयका प्रधानाध्याप, स्थानिय जनप्रतिनिधि, भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह: उपमेयर अधिकारी 

सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह: उपमेयर अधिकारी

मनाेज साह जितपुर बारा फागुन १० गते:

बारा जिल्लकाे    जीतपुरसिमरा उपमहागरपालिका वडा नम्बर २४ मा ८ दिने उधमशिलता विकास तालिम सम्पन्न भएको छ । गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत  ८ दिने तालिम आज सम्पन्न भएको हो ।

तालिममा व्यवसाय सचेतना, व्यवसाय शुरु र लैंगिक सचेतना तथा सामाजिक समावेशिकरणको बिषमा प्रशिक्षण दिईएको थियो । जीतपुरपसमरा उमहानगरपाकिलाको उद्यम विकाश शाखाले आयोजना गरेको तालिममा २० भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमका सहभागिहरुलाई आज एक कार्यक्रमकाबिच उप प्रमुख भोला प्रसाद अधिकारीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै अधिकारीले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।  दिप नारायण चौधरी र उष बुढाथोकी कार्यक्रम सहजिकरण गर्नु भएको थियोे ।

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

स्पर्श खबर जितपुर बारा फागुन ६ गते:२०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने छ ।

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर

२६ आेट बिधालयलाइ कम्प्युटर र प्रिन्टर मनाेज शाह जितपुर बारा माघ २५ गते: जितपुरसिमरा उपमहानगरपालिकाले आधारभूत बिधालयहरुलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । आज बुधबार एक कार्यक्रम गरि  विद्यालयहरूलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । २६आेटा बिधालयलाई दिएको छ ।  आधारभूत बिधालयका शिक्षा सुधार हुदैन तब सम्म माध्यमिक तहकाे सुधार हुदैन , त्यही साेचले … Read more

जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका

जीतपुरसिमराले कक्षा ८ को परिक्षा लिने, यस्तो छ परिक्षा तालिका   मनाेज शाह जितपुर बारा माघ २३ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले चैत्र २ गतेदेखि कक्षा ८ को बार्षिक परिक्षा लिने भएको छ । आज एउटा सुचना जारी गर्दै उपमहानगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षाको मिति तय गरेको हो । माघ २२ गते बसेको आधारभुत तह … Read more

भि एक्स एल माइग्रेसन एण्ड एजुकेशनको सातौं शाखा सिमरामा

बारा, मंसिर २८ गते । नेपालको चर्चित कन्सल्टेन्टको रुपमा परिचित भि एक्स एल माइग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्टसको सातौं शाखा सिमरामा खुलेको छ । भि एक्स एलले बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर १ स्थित सिमरा विजनेश सेन्टरमा आफ्नो सातौं शाखा संचालनमा ल्याएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले एक कार्यक्रमको बिच रिवन काटेर भि … Read more

अबदेखि एसईई नहुने,विद्यालय शिक्षा विधेयक अघि बढ्यो

काठमाडौं, साउन १८- अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने भएको छ । विसं १९९० देखि सुरू भएको … Read more