चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा आगलागी, पूर्णरूपमा जलेर नष्ट

चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा आगलागी, पूर्णरूपमा जलेर नष्ट
स्पर्श खबर जितपुर बारा बैशाख १२ गते:

जिल्लाको निजगढ नगरपालिका–८ विद्यानगरस्थित भण्डारी टोलमा चार्ज गर्ने क्रममा इलेक्ट्रीक स्कुटरमा अचानक आगलागी भएको छ।
मिति २०८३ साल वैशाख ११ गते बेलुका करिब ४:५५ बजे जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–२ वगरगंज घर भई हाल निजगढ–८ स्थित मिथिला लघुवित्तीय संस्थामा कार्यरत उदय महतोको हुक्सि कम्पनीको “वनटेस्ट” इलेक्ट्रीक स्कुटर चार्ज गरिरहेको अवस्थामा पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाबारे साँझ ५:०५ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी सहायक हवल्दार अकलेश राय यादवको कमाण्डमा खटिएको क्यूआरटी टोली तत्काल घटनास्थल पुगेको थियो।
आगलागीबाट स्कुटर पूर्णरूपमा जलेर नष्ट भएको छ भने मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ। जलेको स्कुटर घटनास्थलमै रहेको छ।