भि एक्स एल माइग्रेसन एण्ड एजुकेशनको सातौं शाखा सिमरामा

सेयर गर्नुहोस्

बारा, मंसिर २८ गते ।

नेपालको चर्चित कन्सल्टेन्टको रुपमा परिचित भि एक्स एल माइग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्टसको सातौं शाखा सिमरामा खुलेको छ । भि एक्स एलले बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर १ स्थित सिमरा विजनेश सेन्टरमा आफ्नो सातौं शाखा संचालनमा ल्याएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले एक कार्यक्रमको बिच रिवन काटेर भि एक्स एल माइग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्टसको सिमराको शाखाको उद्घाटन गर्नु भएको हो ।

उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै सिमरामा कन्सल्टेन्सी खोलिएको भि एक्स एल माइग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्टसका संचालक उत्सव नरालले बताउनु भयो ।

भि एक्स एल माइग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्टसका संचालक उत्सव नरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी रहनुभएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, सहासचिव प्रकास गिरि, पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, सशस्त्र प्रहरी बल जीतपुर बकुलियाका डि.एस.पि लयागतको उपस्थिति रहेको थियो ।