सबैला र कल्याणपुर जोड्ने पक्की पुलको शिलान्यास

सबैला र कल्याणपुर

जोड्ने पक्की पुलको शिलान्यास

स्पर्श खबर जितपुुर बारा फागुन १२ गते:

धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका- ५ जोड्ने गरी निर्माण हुने पक्की पुलको शिलान्यास गरिएको छ ।

शनिबार सिरहा र धनुषा जोड्ने नेपालकै लामो झोलुंगेपुल उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पक्की पुलको पनि शिलान्यास गरेका हुन् ।एक अर्ब ११ करोड लागत रहेको ६०० मिटर लामो पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ पाएको यो पुल ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ ।

डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा  सहयोग पुग्नेछ ।

पुल शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पुल बनेपछि सिरहा र धनुषाको पूर्वी भेगका जनताले ठूलो राहत पाउने बताए ।चालु आर्थिक वर्षमा कम बजेट भएपनि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याउने उनले बताए ।

पाँच वर्ष अघि खुला दिसामुक्त घोषणा भएको पालिकामा बल्ल शौचालय निर्माण

पाँच वर्ष अघि खुला दिसामुक्त घोषणा भएको पालिकामा बल्ल शौचालय निर्माण

स्पर्श खबर जितपुर बारा फागुन १२ गते:

पाँच वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भएको बाराको महागढीमाई नगरपालिकाको मुसहर बस्तीमा बल्ल शौचालय निर्माण भएको छ । सरकारले हचुवाको भरमा खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि विपन्न मुसहर बस्तीका नागरिक शौचालयविहीन थिए ।महागढीमाई वडा नं २ को मुसहर बस्तीमा शौचालय नहुँदा केही महिना अघिसम्म त्यहाँका बासिन्दा खेतबारी, खोलानाला, झाडीमा शौच गर्न जाने गर्दथे । मुसहर बस्तीकी फुनदेवी पासवानले शौचालय नभएका कारण आफूहरू खुला स्थानमा शौच गर्न जाने गरेको तर नगर प्रहरीले लखेट्ने गरेको सुनाइन् ।महागढीमाई नगरपालिकाले २०७५/०७६ मै आफ्नो मातहतका ११ वटा वडालाई खुला दिसामुक्त घोषणा गरेको हो । खुला दिसामुक्त पालिका घोषणा गर्नुअघि नगरपालिकाले अति गरिब, विपन्न र दलित बस्तीमा शौचालय निर्माणका लागि रिङ, सिट प्यान लगायतका आवश्यक सामग्री निःशुल्क वितरण गरेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव बताउँछन् ।सभार राताेपाटी ।हामीले २०७५ सालमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु पूर्व नै गरिब, विपन्न र दलितहरूका लागि शौचालय निर्माणका लागि सम्पूर्ण सामग्री वितरण गर्‍यौँ । केहीले शौचालय बनाए, केहीले बनाएनन् । जसले बनाए, तिनीहरूले पनि पछि भत्काएर बाख्रा, पाडा बाँध्ने गोठ बनाएर पुनः खेतमै दिसा गर्न जान थाले,’ नगरप्रमुख यादवले भने ।पछिल्लो समय नगरप्रहरी खटाएर खेतबारी, खोलानालामा शौच गर्नेलाई  समातेर ल्याउने र सम्झा एर पठाउने गरेको उनको भनाइ छ।

हालै वडा नं २ को मुसहर बस्तीमा इस्लामिक रिलिफ क्यानडा र इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा जनजागरण युवा क्लब कलैयाले शौचालय र स्नान घर बनाएर त्यसको प्रयोगबारे सचेतना गराएपछि भने सकारात्मक परिवर्तन आएको छ । उनीहरूले पछिल्लो समय शौचालयको प्रयोग गर्ने, स्नानघरमा नुहाउने, आफू र आफ्नो वरपर सरसफाइ गर्न थालेका छन् ।

जनजागरण युवा क्लब कलैयाले सो मुसहर बस्तीका ४६ घरधुरीमा  शौचालय, पिउने पानीको धारा र ठाउँ ठाउँमा सामूहिक स्नानघर निर्माण गरिदिएको छ ।

मुसहर बस्तीकी कलहीदेवी राम एक/डेढ वर्ष अघिसम्म गाउँमा जताततै फोहोर र दुर्गन्ध हुने गरेको स्मरण गर्छिन् । ‘पहिला गाउँमा धेरै फोहोर थियो, शौचालय नहुँदा खोला, नदी, खेत, बाँसघारीमा जानुपर्थ्यो । नगर प्रहरीले लौरो लगाएर खेद्थ्यो,’ उनले भनिन्, ‘अहिले घरघरमै शौचालय भएपछि बालबच्चा पनि शौचालय जान्छन्, हाम्रो पनि इज्जत पनि बढेको छ ।’

जनजागरण युवा क्लब कलैयाका अध्यक्ष भैयाराम यादवले बाराको महागढी नगरपालिका र सुवर्ण गाउँपालिकाको दलित र मुस्लिम बस्तीमा संस्थाले शौचालय र स्नानघर निर्माण र प्रयोगबारे संस्थाले काम गरिरहेको बताए । उनले दलित, मुस्लिम र गरिब वर्गको आर्थिक सशक्तिकरण कसरी समाधान हुन्छ भन्ने उद्देश्यले उनीहरूलाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरिएको बताए ।करिब १४ हजार घरधुरी, ५८ हजार जनसङ्ख्या रहेको महागढीमाई नगरपालिकामा १७ देखि १८ प्रतिशत दलित बस्ती रहेको नगरप्रमुख उपेन्द्र यादवले जनाए । उनले शौचालय नभएका दलितहरू बस्तीहरूमा नगरपालिकाले पुनः सहयोग गरेर शौचालय निर्माण गरिदिने बताए ।

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा कर्मचारी नियुक्तिमा व्यापक अनियमितता

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा कर्मचारी नियुक्तिमा व्यापक अनियमितता

मनोज  शाह, जीतपुर बारा, फागुन ११ गते

जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिले गरेको कर्मचारी नियुक्तिमा व्यापक अनियमितता भएको छ । सो कार्यालयमा विगत साउन महिनादेखि कार्य गर्दै आएका २ जना कर्मचारीहरुको नियुक्ति नियमसङ्गत ढङ्गले नभएको देखिएको छ ।

गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा काम गर्दै आएका नवनियुक्त दुई कर्मचारीहरुले आफूहरुले विगत केही महिनादेखि तलब नपाएको गुनासो स्पर्श खबरलाई गरेपछि सो बारे बुझ्न जाँदा नवनियुक्त कर्मचारीहरुको नियुक्ति नै गैरकानुनी ढङ्गले भएको रहस्य खुलेको छ ।

कुनै पनि सरकारी संस्था वा निकायमा कर्मचारी नियुक्ति गर्दा सर्वप्रथम कुनै रेडियो, टि.भी, पत्रपत्रिका आदिमा विज्ञापन निकाल्नुपर्ने हुन्छ । त्यसपछि बाँकी प्रक्रिया अगाडि बढ्छ तर गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा कर्मचारी नियुक्ति गर्दा नियमकानुन मिचेर, कुनै पनि प्रक्रिया नपुर्याइकन, आन्तरिक मिलोमतोमा दुईजना कर्मचारीहरुको नियुक्ति भएको बुझिएको छ ।

गैरकानुनी ढङ्गले नियुक्ति भएकामध्ये चैनपुर, परवानीपुर – ४ निवासी ४२ वर्षीय हरेराम साह वि.सं. २०८० साउन १४ गतेदेखि जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समिति कार्यालयमा कार्य गर्दै आएको उनले स्पर्श खबरलाई बताए । यसैगरी पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ निवासी निशेष यादवलाई पनि प्रक्रिया नपुर्याईकन सोही कार्यालयमा नियुक्ति गरिएको छ । उनी विगत दुई महिनादेखि यस कार्यालयमा कार्य गर्दै आएका छन् । गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयाको कार्यालयले काठ बिक्री वितरणमा भ्रष्टाचार गर्नुका साथै कर्मचारी नियुक्तिमा समेत व्यापक अनियमितता तथा चरम लापरबाही गरेको देखिन्छ ।

 

 

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सञ्चारकर्मीहरु अभिमुखीकरण गाेष्ठी सम्पन्न

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सञ्चारकर्मीहरु अभिमुखीकरण गाेष्ठी सम्पन्न

मनोज कुमर शाह, जीतपुर, बारा, फागुन ११ गते

 

जीतपुरसिमरा उमनपा वडा नं. ५ बकुलियामा आज दादुरा रुबेला खोप अभियान २०८०/८१ सन्चालन सञ्चारकर्मीहरु अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख रवि कुमार भाष्करले जीतपुरसिमरा उमनपा क्षेत्रका सम्पूर्ण सञ्चारकर्मीहरुलाइ दादुरा रुबेलासम्बन्धी गाेष्ठी सम्पन्न गरेकाे छ ।

 

सन् २०२६ सम्म्मा नेपालभरिबाट दादुरा रुबेला रोग पूर्णरुपमा निवारण गर्ने लक्ष्य पूर्तिका लागि यस जीतपुरसिमरा उमनपा क्षेत्रभरिका ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यही फागुन १३ गतेदेखि १७ गतेसम्म पालिकाभरिका सबै स्वास्थ्य कार्यालयमा उपलब्ध हुने दादुरा रुबेलासम्बन्धी खोप लगाउन रवि कुमार भाष्करले सर्वसाधारणलाई आह्वान समेत गरेका छन् । पालिकाभरिका सञ्चारकर्मीकाे उपस्थिति रहेको थियोे ।

 

संस्थागत मुद्दतीको ब्याजदर १ प्रतिशत विन्दुले कम हुनुपर्ने

संस्थागत मुद्दतीको ब्याजदर १ प्रतिशत विन्दुले कम हुनुपर्ने

स्पर्श खबर जितपुर बारा फागुन ११ गते:

बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत मुद्दती निक्षेपमा दिने ब्याजदर साधारण मुद्दतीभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम हुनुपर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै १ चैतबाट लागू हुने गरी यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले २९ माघमा चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार निर्देशन जारी गरेको हो । हालसम्म बैंक तथा वित्तीय संस्थाहरूमा यस्ता दुई किसिमका मुद्दतीको ब्याजदर अन्तर कम्तीमा २ प्रतिशत हुनुपर्ने व्यवस्था छ । बोलकबोलका आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा)को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नुपर्ने व्यवस्था भने हटाइएको छ ।

त्यस्तै, राष्ट्र बैंकले कृषि, साना घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी कोषमा देखिएको दबाब सम्बोधन गर्ने गरी रेगुलेटरी रिटेल पोर्टफोलियोको दायरा बढाएको हो । यसअघि यी क्षेत्रमा प्रवाह भएको एक करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था थियो । यस्तो खालको ऋणको जोखिमभार राष्ट्र बैंकले माघ २९ गते चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शतप्रतिशतको सट्टा ७५ प्रतिशत कायम गरेको थियो । नयाँ व्यवस्थाले पुँजी कोष अभावले ऋण दिन गाह्रो परेका बैंकहरूलाई सहजीकरण हुन्छ । पुँजी कोष अभावकै कारण अप्ठ्यारोमा नपर्ने भएको छ । यसअघि यस्तो ऋणको सीमा एक करोड मात्र थियो ।सभार नयाँ पत्रिका ।

 

रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना हुने कर्जाको जोखिमभार गणना गर्दा विभिन्न सर्त पूरा गरेका कर्जाको जोखिमभार ७५ प्रतिशत मात्र हुन्छ, जसलाई कम जोखिमयुक्त मानिन्छ । यसअघि ७५ प्रतिशत जोखिमभार कायम गर्नुपर्ने कर्जा रकमको सीमा एक करोड रहेकोमा अब सो सीमा दुई करोडसम्म पु¥याइएको छ । यसबाट बैंक तथा वित्तीय संस्थाबाट उत्पादनशील क्षेत्रमा जाने कर्जा लगानी थप सहज हुन गई सो क्षेत्रमा थप कर्जा प्रवाह हुन सक्ने र बैंक तथा वित्तीय संस्थाको पुँजी कोषमा केही सहजीकरण हुने अपेक्षा राखिएको छ ।

राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न

मनाेज शाह जितपुर बारा फागुन ११ गते:

राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको उक्त विद्यालयले अभिभावक दिवसको दिन पारेर आफ्नै ग्राउन्डमा वार्षिकोत्सव सम्पन्न गरेको हो ।

२२वर्ष पुरा गरेको उपलक्ष्यमा विद्यालयले विभिन्न सांकृतिक, प्रस्तुतिकरण, प्रगति विवरण, सामाजिक क्रियाकलापहरु, सम्मान लगायतको कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाएको थियो ।

कार्यक्रममा राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदनले आफ्नो स्कुलको प्रगति बारे जानकारी दिएको थियो साथै उक्त विद्यालयले विभिन्न स्थानका भएको शिक्षा र खेलकुदको गतिविधिमा उत्कृष्ट हुदै आएको बताइएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले दुइ संघ संस्था, एक पत्रकार, २ अभिभावक र १ कर्मचारी सहित ६ जनालाई सल र सम्मानपत्रसहित सम्मान गरेको थियो ।

विद्यालयको वार्षिकोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष सहित विभिन्न विद्यालयका प्रधानाध्याप, स्थानिय जनप्रतिनिधि, भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सन्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सन्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

मनोज  शाह, जीतपुर, बारा, फागुन १० गते

जीतपुरसिमरा उमनपा वडा नं. ५ बकुलियामा आज दादुरा रुबेला खोप अभियान २०८०/८१ सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । मधेस प्रदेश सभा सदस्य माननीय देवनारायण चौधरीको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख रवि कुमार भाष्करले जीतपुरसिमरा उमनपा क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मीलाई दादुरा रुबेलासम्बन्धी तालिम प्रदान गरेका थिए ।

सन् २०२६ सम्म्मा नेपालभरिबाट दादुरा रुबेला रोग पूर्णरुपमा निवारण गर्ने लक्ष्य पूर्तिका लागि यस जीतपुरसिमरा उमनपा क्षेत्रभरिका ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यही फागुन १३ गतेदेखि १७ गतेसम्म पालिकाभरिका सबै स्वास्थ्य कार्यालयमा उपलब्ध हुने दादुरा रुबेलासम्बन्धी खोप लगाउन रवि कुमार भाष्करले सर्वसाधारणलाई आह्वान समेत गरेका छन् ।

कार्यक्रममा जीतपुरसिमरा उमनपा उपप्रमुख भोला प्रसाद अधिकारी, जीतपुरसिमरा उमनपाको प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलगायतको उपस्थिति थियो ।

 

पर्सामा हतियार सहित दुई जना पक्राउ

पर्सामा हतियार सहित दुई जना पक्राउ

मनोज शाह, जीतपुर बारा, फागुन १० गते

मिति २०८०।११।०९ गते अन्दाजी १०:३० बजेको समयमा विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा बहुदरमाई न.पा. वडा नं.९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकल चालक पर्सा कालिकामाई गा.पा. वडा नं. ५ निवासी वर्ष ४३ को दिपेन्द्र गिरीलाई कानुनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएको कालो रंङको ज्याकेटको वाँया साइडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा अबैध नलकटुवा पेस्तोल १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

सोही मोटरसाइकल पछाडि सवार ऐ. पोखरीया न.पा. वडा नं. ९ बस्ने अन्दाजी वर्ष ३७ को शिवपुजन मुखिया समेतलाई नियन्त्रणमा लिई उक्त पेस्तोल बरामद गरी निजहरू विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

 

सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह: उपमेयर अधिकारी 

सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह: उपमेयर अधिकारी

मनाेज साह जितपुर बारा फागुन १० गते:

बारा जिल्लकाे    जीतपुरसिमरा उपमहागरपालिका वडा नम्बर २४ मा ८ दिने उधमशिलता विकास तालिम सम्पन्न भएको छ । गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत  ८ दिने तालिम आज सम्पन्न भएको हो ।

तालिममा व्यवसाय सचेतना, व्यवसाय शुरु र लैंगिक सचेतना तथा सामाजिक समावेशिकरणको बिषमा प्रशिक्षण दिईएको थियो । जीतपुरपसमरा उमहानगरपाकिलाको उद्यम विकाश शाखाले आयोजना गरेको तालिममा २० भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमका सहभागिहरुलाई आज एक कार्यक्रमकाबिच उप प्रमुख भोला प्रसाद अधिकारीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै अधिकारीले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।  दिप नारायण चौधरी र उष बुढाथोकी कार्यक्रम सहजिकरण गर्नु भएको थियोे ।

नेविसंघको प्रस्ताव  असार १२ आैं महाधिवेशन गर्ने

 नेविसंघको प्रस्ताव  असार १२ आैं महाधिवेशन गर्ने

स्पर्श खबर जितपुर बारा फागुन १० गते :

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका तर्फबाट महाधिवेशनको कार्यतालिकासहित नीति, योजना र परिकल्पनाबारे महासमितिमा जानकारी गराइएको बताए । ‘अहिले महाधिवेशनको मिति प्रस्तावित हो । यो महासमिति बैठकमा पेश भएको छ,’ उनले भने, ‘पार्टीले अनुमोदन गरिदिएको अवस्थामा हामी केन्द्रीय समितिको बैठकबाट निणर्य लिएर अघि बढ्छौँ ।’ उनका अनुसार बैशाख २५ गतेभित्र प्रतिनिधि चयन गरिसक्ने, जेठ १ गते क्याम्पस अधिवेशन गर्ने र जेठ ३ गते स्थानीय गाउँ/नगर अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका छ ।

त्यस्तै, जेठ ६ देखि १० गतेसम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरुमा अधिवेशन गर्ने, जेठ १६ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने र जेठ २५ गते प्रदेशको अधिवेशन गर्ने नेविसंघको प्रस्ताव छ । त्यसपछि असार ११ गते १२ औँ केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए । ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पास गरेर जान्छौँ,’ उनले भने, ‘केही तलमाथि हुनसक्छ, तर एकवर्षभित्र महाधिवेशन गर्ने कुरामा हामी प्रतिवद्ध छौँ ।’

नेविसंघले पार्टीको महासमिति बैठकमा सरकारले अन्तर्राष्ट्रिय फोरममा जाहेर गरेका प्रतिवद्धता अनुरुप तीन वटै तहका सरकारले बजेटको कम्तिमा २० प्रतिशत शिक्षा र अध्ययन अनुसन्धन क्षेत्रकालागि विनियोजनको सुनिश्चितता गरिनुपर्ने संकल्प गर्न प्रस्ताव राखेको छ ।

त्यस्तै, युवा तथा विद्यार्थी विदेश पलायन अर्थात् ब्रेनड्रेनको समस्यालाई समाधान गर्न नेपालको शिक्षा प्रणालीमा समावेश गर्नुपर्ने, कमाउँदै पढ्दै गर्ने नीतिलाई अवलम्बन गर्दै विद्यालय उच्च शिक्षा विधेयक परिमार्जन गरिनुपर्ने, विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्थालाई पुनरावलोकन गरिनुपर्ने माग गरेको छ ।