जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सञ्चारकर्मीहरु अभिमुखीकरण गाेष्ठी सम्पन्न

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सञ्चारकर्मीहरु अभिमुखीकरण गाेष्ठी सम्पन्न

मनोज कुमर शाह, जीतपुर, बारा, फागुन ११ गते

 

जीतपुरसिमरा उमनपा वडा नं. ५ बकुलियामा आज दादुरा रुबेला खोप अभियान २०८०/८१ सन्चालन सञ्चारकर्मीहरु अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख रवि कुमार भाष्करले जीतपुरसिमरा उमनपा क्षेत्रका सम्पूर्ण सञ्चारकर्मीहरुलाइ दादुरा रुबेलासम्बन्धी गाेष्ठी सम्पन्न गरेकाे छ ।

 

सन् २०२६ सम्म्मा नेपालभरिबाट दादुरा रुबेला रोग पूर्णरुपमा निवारण गर्ने लक्ष्य पूर्तिका लागि यस जीतपुरसिमरा उमनपा क्षेत्रभरिका ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यही फागुन १३ गतेदेखि १७ गतेसम्म पालिकाभरिका सबै स्वास्थ्य कार्यालयमा उपलब्ध हुने दादुरा रुबेलासम्बन्धी खोप लगाउन रवि कुमार भाष्करले सर्वसाधारणलाई आह्वान समेत गरेका छन् । पालिकाभरिका सञ्चारकर्मीकाे उपस्थिति रहेको थियोे ।