२३ दिन पैदल हिँडेर राजधानी पुगे मिटरब्याज पीडित न्यायकाे

२३ दिन पैदल हिँडेर राजधानी पुगे मिटरब्याज पीडित न्यायकाे

जितपुर बारा फागुन १० गते:

न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् ।

मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् ।

माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाए । उनीहरूले आज बिहीबार सिंहदरबार मार्च गर्दैछन् । सरकारलाई झक्झकाउन र न्यायका लागि दबाब दिन थानकोटदेखि सिंहदरबारसम्म पैदलमार्च गर्ने कार्यक्रम रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले बताए ।

‘हामी तीन वर्षदेखि संघर्षमा छौँ । पटक-पटक आन्दोलन गर्नुपरेको छ । सरकारसँग बार्ता पनि भएको छ । तर सरकारले हामीलाई न्याय दिन चाहेको छैन,’ उनले भने, ‘सरकारले जाँचबुझ आयोग बनायो, ३० हजार पीडितको उजुरी लियो । तर कारबाही गरेन । त्यहीकारण हामी फेरि संघर्षमा उत्रिनु परेको छ ।’ उनले तराईका २० जिल्ला र भित्री मधेशका आठ गरी २८ जिल्लाका पीडितहरूले यसपटक एकसाथ देशव्यापी पैदलमार्च गरेको बताए । उनीहरूले ६ प्रदेशका २३ जिल्ला पार गरेर काठमाडौं आइपुगेका हुन् ।

‘बिहीबार थानकोटदेखि सिंहदरबारसम्म मार्च गर्छौ । शुक्रबार ऐक्यबद्धता सभा हुन्छ,’ प्रवक्ता नवीनले भने, ‘ऐक्यबद्धता सभामा सबैलाई सहभागी भएर ऐक्यबद्धता जनाउन हाम्रो आग्रह छ ।’ समितिले मिटरब्याजपीडित किसान, मजदुर, साना व्यवसायी र सबै खाले वित्तीय शोषणबाट उत्पीडितहरूको न्यायका लागि संस्थागत र व्यक्तिगत प्रतिनिधित्वसहित मिटरब्याजपीडितविरुद्धको न्याय मार्चलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।
सरकारले यसअघि मिटर ब्याजपीडितका समस्या सम्बोधन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले पाँच हजार पीडितका समस्या सुल्झाएपनि बाँकीका समस्याको जानकारी मात्रै बटुलेर सरकारलाई प्रतिवेदन बुझाएको छ । तर सरकारले सो प्रतिवेदनमाथि कुनै कारबाही अघि बढाएको छैन । सम्झौताबमोजिम सरकारले कुनै काम पहल नगरेपछि आफूहरू फेरि संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष अवधेशकुमार कुशवाहाले बताए ।

मिटरब्याजपीडितहरू यसअघि गत चैतमा पनि पैदलै काठमाडौं आएका थिए । त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो ।

सम्माननीय प्रधानमन्त्रीज्यू बाट महोत्सवको उदघाटन हुने

सम्माननीय प्रधानमन्त्रीज्यू बाट महोत्सवको उदघाटन हुने

मनोज कुमार शाह, जीतपुर बारा, फागुन ९ गते

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ बजनीमा जितपुरसिमरा नगर उद्योग बाणिज्य संघले “कृषि -पर्यटन , खेल -उद्योग र ब्यापार !
जितपुरसिमरा बारा , मधेस समृधिको मुख्य आधार !!” भन्ने मूल उद्देश्यका साथ (1st JeetpurSimara Expo 2024 ) ‘ प्रथम जितपुरसिमरा महोत्सव २०८० ‘ को आयोजना गर्न लागेको छ । महोत्सव यही फाल्गुन १८ गतेदेखि २९ गतेसम्म आयोजना हुनेछ ।

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ जितपुरका अध्यक्ष मोहन शर्माले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौमा भेटेर प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरी महोत्सवको उदघाटनसमेत गरिदिनका लागि औपचारिक निमन्त्रणा दिनुभएको छ । महोत्सवलाई बृहत् रुपले सफल बनाउन बारा क्षेत्र नं.४ का जनताका सेवक एवम् प्रतिनिधिसभा सद्स्य तथा पूर्व मन्त्री माननीय श्री कृष्ण कुमार श्रेष्ठ (किसान ) ज्यूको विशेष पहलमा प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गर्न लागिएको महोत्सवको आयोजक समितिले जनाएको छ ।

 

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा व्यापक भ्रष्टाचार

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा व्यापक भ्रष्टाचार

मनोज शाह, जीतपुर बारा, फागुन ९ गते

जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा व्यापक भ्रष्टाचार भएको छ । आ.व. २०८०/८१ साउन १५ गतेदेखि भदौ १५ गतेसम्मका लागि यस कार्यालयले काठ बिक्री वितरणका लागि सूचना निकालेको थियो । सोही सूचनाअनुसार गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैयाको कार्यालयमा १९२ ओटा निवेदन तथा बाराको प्रसौनीमा ६१४ ओटा निवेदन गरी जम्मा ८०६ ओटा निवेदन परेकोमा समितिद्वारा निर्णय गरी ८३ जना उपभोक्तालाई मात्रै गढीमाई साझेदारी वन व्यवस्थापन समितिले काठ उपलब्ध गराएको थियो ।

वन उपभोक्ता समितिमा निवेदन पेश भएका ८०६ जना उपभोक्ताबाट राजस्वस्वरुप रु. १०० का दरले गढीमाई साझेदारी वन व्यवस्थापन समितिले असुल गरे पनि सो को रसिद कसैलाई पनि नदिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । यसबारे गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयाका लेखा अधिकृत नरेन्द्र झासँग बुझ्दा जम्मा १०० जनाले मात्रै पैसा दिएको स्वीकार गरे तर त्यो रकम अहिलेसम्म बैंकमा दाखिला नभएको बताए ।

ऐन नियमले तोकेअनुसार संकलन गरिएको राजस्व समयमै बैंकको खातामा जम्मा गर्नुपर्ने हो तर लगभग ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि संकलित रकम बैंकमा जम्मा नभएको देखिएको छ । यसैबारे गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष एकबाल साहसँग फोनमार्फत् बुझ्न खोज्दा उनले जवाफ दिन चाहेनन् ।

यसबारे जिल्ला वन कार्यालय, सिमराका प्रमुख बिनोद सिंहसँग बुझ्दा आफूले गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष एकबाल साहलाई संकलित रकम चाँडै बैंकमा जम्मा गर्न भनिसकेको जानकारी दिए ।

 

जि.प्र.का. पर्साद्वारा सर्वपक्षीय बैठक आह्वान : महत्त्वपूर्ण निर्णयहरू पारित

जि.प्र.का. पर्साद्वारा सर्वपक्षीय बैठक आह्वान : महत्त्वपूर्ण निर्णयहरू पारित

मनाेज शाह जितपुर बारा  फाल्गुन ८ गते:

। पर्साको वीरगञ्जमा दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण साेमबारदेखि उत्पन्न भएको तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिने उद्देश्यले आज मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले वीरगञ्जमा सदियाैंदेखि कायम रहेको जातीय तथा धार्मिक सद्भावलाई अझै बलियो बनाउने निर्णय गरेकाे छ।

अनादि कालदेखि कायम रहेको नेपाली जनताबिचकाे सुमधुर सम्बन्ध, भाइचारा र एकतालाई विखण्डन गर्न खाेज्नेहरुको दुष्प्रयासलाई निष्फल पार्न सबै पक्ष एकजुट भई अघि बढ्न बैठकले आग्रह गरेको छ ।

धार्मिकस्थलहरुमा नाराबाजी, जुलुस लगायतका विराेधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीकाे दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयाेग गर्ने लगायतका अन्य सहमति पनि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी गराए। डिजे बजाउने र चर्काे स्वरमा माइक बजाउने, राँके जुलुस, लाठीभाला सहितकाे जुलुस निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानुन बमाेजिम कारबाही गर्न प्रशासन समक्ष अनुराेध गर्ने र यसमा सबै दलले सहयाेग गर्ने सहमित पनि भएकाे उनले बताए ।

जिल्लाकाे शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सदभाव बिगार्ने एंव द्वन्दलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक , सम्प्रदायिक रयाली,जुलुस, बन्द हडताल लगायतका गतिवधि कुनै पनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल, नागरिक समाज र संघसंस्थाले सहयाेग गर्ने निर्णय बैठकले गरेको छ । सामाजिक सञ्जालमा कुनैपनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पाेष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निर्णयसमेत भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेकाे बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, नेकपा एमालेका जिल्ला संयाेजक विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका नेता नरेन्द्र साह, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बालगाेपाल थापा,लाेसपाका जिल्ला अध्यक्ष पुरुषाेत्तमलाल झा, राप्रपाका पन्नालाल पटेल, पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , उपाध्यक्ष युवराज खड्का लगायतकाे सहभागिता रहेको थियो ।

नेपाल र क्यानडा-११  दोस्रो खेल आज

नेपाल र क्यानडा-११  दोस्रो खेल आज

स्पर्श खबर जितपुर बारा फागुन ८ गते:

 नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने छ ।

यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो । क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ ।

क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । त्यसपछि क्यानडा युएई जाने छ ।

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

जीतपुरसिमरा एक्स्पो २०२४ आयोजना हुँदै

जीतपुरसिमरा एक्स्पो २०२४ आयोजना हुँदै

मनाेज शाह जितपुर बारा फागुन ७ गते:

प्रथम जीतपुरसिमरा महोत्सव आयोजना हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गते देखि फागुन २९ गते सम्म प्रथम जीतपुरसिमरा महोत्सव एवम् एक्सपो आयोजना हुन लागेको हो । ‘कृषि, पर्यटन, खेल, उद्योग, व्यापार, जीतपुरसिमरा, बारा, मधेश समृद्धिको मुख्य आधार’ भने मुल नारा सहित उद्योग वाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।

सिंगो जीतपुरसिमरा उपमहानगरलाई प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा महोत्सव एवम् एक्सपो गर्न लागेको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले एक पत्रकार सम्मेलनको आयोजना गराउदै महोत्सव एवम् एक्स्पो बारे जानकारी दिएको हो ।

कुल अनुमानित ४५ लाखको लागतमा महोत्सवको तयारी थालिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ब्रान्डहरूले आफ्नो प्रदर्शनी गर्ने छन् । महोत्सवमा विषेश स्थानीय व्यवसायीहरूलाई प्राथमिकतामा राखेर स्टल लगाउने अध्यक्ष शर्माले बताउनु भयो ।

फागुन १८ देखि सुरू हुने यस महोत्सवमा स्थानिय उत्पादनलाई विशेष स्थान दिइने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरिले बताए । महोत्सव स्थलमा २०० भन्दा बढि स्टल रहने र हाल सम्म ११० भन्दा बढि स्टलहरू बुक भैसकेको उहाँले बताउनु भयो ।

साथै महोत्सवमा दिनहु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

फागुन १८ बाट फागुन २९ सम्म चल्ने उक्त महोत्सवमा ८० हजार देखि १ लाख दर्शन सहभागी हुने अपेक्षा गरिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई २५, सर्वसाधारणलाई ५० र बेलुकीका लागि १०० रुपैंया दर्शकले तिर्नु पर्नेछ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि भने टिकट नलाग्ने ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

काग्रेसकाे महासमिति आज बैठक बस्दै

काग्रेसकाे महासमिति आज बैठक बस्दै

 

नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि शुरू हुँदैछ।सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्नेछन्।  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

महासमितिमा सहभागी भएका सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइने छ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्।

यी प्रस्तावहरूमाथि चार वटा समूह बनाएर छलफल गरिनेछ विश्वकर्माले बताए। समूहमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ।

महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ। महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने छन्।

महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि आउँछन्। महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने हुन्छ। महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन।

२०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति अधिवेशन गरेको थिएन। नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागिएको हो। विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ।

इतर समूहको छुट्टै रणनीति

बैठकमा निर्वाचनमा गठबन्धन गर्ने अभ्यासको तीव्र हुने देखिएको छ। इतर पक्षले निर्वाचनपूर्व गठबन्धन गर्ने अभ्यासको कडा रुपमा आलोचना गर्ने रणनीति लिएको छ। महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित एक भेलामा इतर पक्षका नेताहरु निर्वाचनअघिको गठबन्धन संस्कृति अन्त्यका विषयमा एकजुट देखिएका छन्।

इतरपक्षका नेता शेखर कोइरालाले महासमिति सदस्यहरुलाई संस्थापन पक्षसँग दवावमा नपरी आफ्ना भनाइ निर्धक्कसँग राख्न आग्रह गरेका छन्। उनले महामन्त्री द्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गर्न तयार पारेको प्रतिवेदनमा गठबन्धनको छायाँ देखिएको र कांग्रेसको मौलिकता मास्न खोजिएको आरोप पनि लगाएका छन्।

कोइरालाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय महासमिति बैठकबाटै होस् भन्ने चाहना छ भने  इतरपक्षका अरु नेताको मत पनि यही नै छ।

हिन्दु राष्ट्रको बहस

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्र हुनुपर्नेमा आफ्नो एजेन्डासहित पूरक प्रस्ताव पेस गरे।

शंकर भण्डारीको नेतृत्वमा भएको सो हस्ताक्षरसहितको पूरक प्रस्तावमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीताकुमारी, दिलेन्द्रप्रसाद बडु, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव पनि छन्। प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभापतिहरूमा बाग्मतीका इन्द्रबहादुर बानियाँ र गण्डकीका शुक्रराज शर्मासमेत छन्।

उनीहरूले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौंमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन्।

सनातन हिन्दु नेपाल स्थापना महाअभियानका संयोजक रहेका भण्डारीले आफ्नो कुरा राखेर सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव बुझाएका छन्। भण्डारीसहित २२ केन्द्रीय सदस्यले बुझाएको प्रस्ताव भने सभापति देउवाले चुपचाप  छन्। यसमा देउवाले मौन समर्थन गरेको देखिन्छ। कांग्रेस बैठकमा धर्म निरपेक्ष खारेज हुनुपर्छ भनेर यसपटक मात्रै होइन यसअघि पनि आवाज उठ्दै आएको हो।

महासमिति बैठकमा सनातन हिन्दू धर्मको विषय बलियो गरेर उठाउन शनिबार नयाँ बानेश्वरको बानेश्वर ब्यांक्वटेमा हिन्दु राष्ट्रको पक्षमा महाअभियान कार्यक्रम घोषणा नै गरियो। महासमिति बैठक (नीति अधिवेशन)मार्फत ‘धर्म निरपेक्षता’लाई छोडेर कांग्रेसले ‘हिन्दु राष्ट्र’को मुद्दा औपचारिक रूपमै अँगाल्नुपर्ने भन्दै उनीहरुको जोड छ।

प्रजातन्त्र दिवसमा टेलिकमले ल्यायो अफर

Bnn

 

नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर ल्याएको छ । आजदेखि सुरु भएको अफर यही फागुनको १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।टेलिकमले साबिक बमोजिमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा दिन लागेको हो । यस्तै, ३० दिन सम्म सो रिर्सोस चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । यस्तै, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक ‘वान टाइम’ प्याकेज र कम्बो वार्षिक ‘वान टाइम’ प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज समेत उपलब्ध गराउने कम्पनीको भनाई छ । साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

स्पर्श खबर जितपुर बारा फागुन ६ गते:२०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ ।

सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने छ ।

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

स्पर्श खबर जितपुर बारा फागुन ५ गते:

निजगढ,बाराको निजगढमा कृपा दैनिक पत्रिकाले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ ।

 

प्रेस काउन्सीलमा अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कृपा दैनिक पत्रिकाले स्थापना गरेको दुई पुरस्कार उमादेवी स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका पत्रकार फणी महत र सर्लाहीका पत्रकार ओम प्रकाश ठाकुर पुरस्कृत भए ।

 

चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराकी पत्रकार शारदा पोखरेललाई प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कार राशी प्राप्त गर्ने सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरले अर्का पत्रकार अन्नपूूर्ण पोष्टका रौतहट सम्वाददाता उपचाररत फणिदेव महतलाई हस्तान्तरण गरेर मित्रताको अनुपम उदाहरण प्रस्तुत गरे ।

 

ठाकुरको यो काम पून्यको काम भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले बताए । कार्यक्रममा राकेश पाण्डेय, पुष्प खतिवडा र महेश्वर अधिकारीलाई पृपा दैनीकले सम्मान गरेको थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं प्रतिनिधि सभाका सदस्य अच्यूत मैनाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई, निजगठ नगरपालिकाका प्रमुख सुरथ पुरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, रुद्र धिताल , नेकपा माओवादी केन्द्रका सन्तोष दंगाल नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।सभार इसिमाना ।

सम्पादक गोकुल घोरसाइनेको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक कमल उपाध्यायले स्वागत र कृष्णउदास खनालले कार्यक्रमको संचालन गरेका थिए