हिन्दुधर्म र संस्कृतिको जगेर्नामा जुटे युवा : शिवरात्री पर्वको महत्त्व र गरिमा जोगाउनुपर्ने धारणा

हिन्दुधर्म र संस्कृतिको जगेर्नामा जुटे युवा : शिवरात्री पर्वको महत्त्व र गरिमा जोगाउनुपर्ने धारणा

मनाेज  शाह, जितपुर बारा, फागुन २४ गते

जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १४ रजघट्टाका बुद्धिजीवी, युवावर्ग, आमा समूह लगायतका सम्पूर्ण स्थानीय बासिन्दाहरुको विशेष सहभागितामा हिन्दुधर्म र संस्कृतिको जगेर्ना गर्ने महान् अभियान सुरु भएको छ ।

हिन्दु धर्मावलम्बीका नयाँ युवा पुस्ताले आफ्नो धर्म संस्कृति, रीतिरिवाज बिर्संदै गएको तथा युगौंदेखिको हिन्दु परम्परा, रीतिरिवाज, संस्कार- संस्कृति आदि लोप हुने अवस्थामा पुगेकोले आफ्नो धर्म संस्कृतिको रक्षा गर्ने उद्देश्यका साथ जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १४ रजघट्टाका सम्पूर्ण हिन्दु धर्मावलम्बीहरु एकताबद्ध भएर लागिपरेका छन् ।

महाशिवरात्रीको महिमा र गरिमा जोगाउन फाल्गुन २५ गतेको महाशिवरात्री पर्व रजघट्टाको प्रसिद्ध शिव मन्दिरमा भव्यताका साथ मनाउने आफूहरुको योजना रहेको स्थानीय युवा प्रदीप रिजालले स्पर्श खबरलाई जानकारी दिएका छन् । अनुभवले खारिएका अग्रज वृद्ध अभिभावकहरुको मार्गनिर्देशनमा यसपालिको महाशिवरात्री पर्व अन्य वर्षभन्दा पृथक बनाउन युवावर्गले यस क्षेत्रभरि नै शिव भगवान अङ्कित झण्डा बडो आकर्षक ढङ्गले लगाएका छन् ।

प्रत्येक वर्ष महाशिवरात्री पर्वको अवसरमा रजघट्टामा लाग्ने मेलालाई यस वर्षदेखि अझै स्तरोन्नती गरी फरक ढङ्गले प्रस्तुत हुने जानकारी गराउँदै हिन्दु धर्म तथा शास्त्रले सिकाएअनुसार अगाडि बढ्दै सफलताको शिखरमा पुग्ने आफूहरुको लक्ष्य रहेको प्रदीप रिजालले जानकारी दिनुभयो ।

जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १४ रजघट्टामा अवस्थित रामजानकी मन्दिरको पुरानो इतिहास रहेको र यो मन्दिर लगायत यस क्षेत्रमा रहेका सबै मठमन्दिरहरुको संरक्षण तथा विकासको लागि वडा कार्यालयले बजेटको लागि विशेष पहल गर्ने कुरा वडा नं. १४ का वडाध्यक्षले जानकारी दिनुभयो ।

 

 

बाराकाे पचरौँता नगरपालिका ४ का वडाध्यक्ष यादव विरुद्ध भ्रष्टाचार मुद्दा दार्ता

बाराकाे पचरौँता नगरपालिका ४ का वडाध्यक्ष यादव विरुद्ध भ्रष्टाचार मुद्दा दार्ता

मनाेज शाह जितपुर बारा फागुन २४ गते:

बाटो हुदै नभएको जग्गामा बाटो प्रमाणित गरेको बाराको पचरौता नगरपालिकाका एकजना वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
पचरौता नगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडाध्यक्ष यादवले साविक बेलदारी गाविस–४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको दाबी रहेको छ ।
वाडा अध्यक्ष यनदवले सिफारिसका कारण उक्त जग्गा खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिस्ट्रेसन शुल्क र पुँजीकर लाभकर वापत राज्यकोषमा ८ लाख ११ हजार ९५१ रुपैयाँ घाटा भएको अख्तियारले जनाएको छ ।
अख्तियारले वडाध्यक्ष यादव, जग्गा बिक्रीकर्ता विद्या यादव, खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवध किशोर यादविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

सम्पूर्ण मानवजातिको कल्याण हेतु मधानी महायज्ञ सम्पन्न

सम्पूर्ण मानवजातिको कल्याण हेतु मधानी महायज्ञ सम्पन्न

मनोज  शाह, जीतपुर बारा, फाल्गुन २४ गते

रौतहटको मौलापुरमा विशेष धुमधाम तथा भव्यताका साथ मधानी महोत्सवको आयोजना गरिएको छ । मौलापुरमा आयोजित मधानी महोत्सव अन्तर्गत आज मधानी महायज्ञको आयोजना गरिएको थियो । भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोच्चारण गर्नु भएको थियो भने बाबाधामको पुजारीहरुले विशेष पुजा गराउनु भएको थियो ।

मौलापुर नगरपालिकाको नगरप्रमुख रीना कुमारी साहको अध्यक्षतामा सम्पन्न मधानी महायज्ञ विशेष पूजा समारोहमा मधेश प्रदेशको सभामुख माननीय रामचन्द्र मण्डल प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो । समारोहमा विभिन्न शिव मण्डलीहरुले विशेष कला प्रस्तुत गरेका थिए ।


मौलापुरमा आयोजित मधानी महोत्सव अन्तर्गत सम्पन्न मधानी महायज्ञ विशेष पूजा समारोहमा विभिन्न शिव मण्डलीहरुले विशेष कला प्रस्तुत गरेका थिए । समारोहमा आजपा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहज्यु विशिष्ट अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

 

आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना

आमा नेपाल फाउन्डेसन बिरगंज द्वारा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना

पवन शाह    वीरगंज फागुन २४ गते:

आमा नेपाल फाउन्डेसन वीरगन्जले ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा वीरगन्ज महानगरपालिकामा प्रभात फेरि शान्ति र्‍यालीको आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको “Invest in women :Accelerate progress ” भन्ने अन्तर्राष्ट्रिय नारा तथा ” महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी ” भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाउन आव्हान गरिएको सन्दर्भमा महिलाहरुको आर्थिक र समाजिक सशक्तीकरणका लागि महिलामा लगानीको सुनिश्चितता गर्न समाजिक सचेतना अभिवृद्धि गर्ने उदेश्यले साझा अभियानको रुपमा आमा फाउन्डेसन नेपालले समेत यस दिवसलाइ मनाएको छ । आमा नेपाल फाउन्डेसन सग सगै वीरगन्ज नर्सिङ क्याम्पस , हरि खेतान बहुमुखी क्याम्पस , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र विर्ताले सयुक्त रुपमा मिलि सो दिवस मनाएका छन ।

वीरगन्ज महानगरपालिका स्थित विर्ता मन्दिर बाट शुरु भएको र्‍याली नगर परिक्रमा गरि पुन: विर्ता मन्दिर परिसरको सरसफाइ गरि कोणसभा गरि समापन भएको थियो ।उक्त र्‍याली भब्य र सब्य रुपमा सम्पन भएको थियो । त्यस्तै र्‍याली पश्चात् वीरगन्ज नर्सिङ क्याम्पसको परिसरमा उपस्तिथि रहेका अतिथिहरु ले वृक्षारोपण समेत गरेका थिए । प्रत्येक रुख लाई लैङ्गकि समानताको प्रगतिको प्रमाण बनाऔ भन्ने उदेश्यका साथ वृक्षरोपण गरिएको आमा नेपाल फाउन्डेसन वीरगन्जका अध्यक्ष प्रमिता मानन्धर ले बताइन् ।

र्‍यालीमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिहंका पत्नी अन्नपूर्ण मानन्धर , वीरगन्ज महानगरपालिकाका कार्यपालिकका सदस्य राधा कार्की , वीरगन्ज नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख डा. कल्पना पौडेल ,आमा नेपाल फाउन्डेसनका अध्यक्ष प्रमिता मानन्धर , समाजसेवी तथा युवा नेता सन्तोष कुमार श्रेष्ठ , सामुदायिक सेवा केन्द्रका अध्यक्ष मज्जिद मिया , समाज सेवि प्रतिमा सिंह , समाजसेवी रानी रोय लगायत आमाअ नेपाल फाउन्डेसन का पदाधिकारी तथा सदस्य , वीरगन्ज नर्सिङ क्याम्पसका शिक्षक तथा विद्यार्थी , हरिखेतान बहुमुखी क्याम्पसका शिक्षक तथा विद्यार्थीहरु बिर्ता प्रहरी कार्यलयका प्रहरीहरुको उपस्थिति रहेको थियो ।

११४ औ अन्तरास्ट्रिय महिला दिवस फाल्गुन २५ गते परे पनि उक्त दिन महा शिवरात्री पर्व परेकोले फाल्गुन २४ गते नै मनाइएको आयोजक ले जनाएका थिए ।

कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल

कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल

स्पर्श खबर जितपुर बारा फागुन २४ गते:

प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

बिहीबार संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन् । प्रधानमन्त्री दाहालले तोकेकोभन्दा बढी शुल्कभन्दा बढी शुल्क सम्बन्धित खातावालाई फिर्ता लिने काम भइरहेको जानकारी दिएका हुन् ।

‘तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै डेस्कको व्यवस्था गरिएको छ ।सभर कान्तिपुर ।

त्यस्तै प्रधानमन्त्री दाहालले दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्बन्धित उद्योगी–व्यवसायी र किसान संगठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पुस मसान्तसम्मको बक्यौता चैत्र २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको बताए ।

प्रधानमन्त्री दाहालले कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको जानकारी गराए ।

हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

हडपिएका जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

स्पर्श खबर जितपुर बारा फागुन २४ गते:

नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा बुधवार पदबहाली गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ।”

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिनुभयो । “नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला” उहाँले भन्नुभयो ।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि गृह मन्त्रालय पुग्नुभएका उहाँलाई गृहसचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु आर्याल लगायत उच्च अधिकारीले स्वागत गर्नुभयो । रासस

जसपा पार्टी केन्द्रीय कार्यकारिणी समिति  आज बैठक

जसपा पार्टी केन्द्रीय कार्यकारिणी समिति  आज बैठक

मनाेज शाह जितपुर बारा फागुन २४ गते:

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

विद्यालयको जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा : प्र.अ. को धैर्यको बाँध टुट्यो, खोले रहस्यको पोको

विद्यालयको जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा : प्र.अ. को धैर्यको बाँध टुट्यो, खोले रहस्यको पोको

मनोज  शाह, जीतपुर बारा, फागुन २४ गते

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा- ९ छातापिपरामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भूमाफियाहरुले वर्षौंदेखि कब्जा गरी भोगचलन गर्दै आएको रहस्य उजागर भएको छ । विद्यालयको नाममा रहेको विभिन्न ठाउँको जग्गा भूमाफियाहरुले कब्जा गरेको कुरा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रधानाध्यापक पीताम्बर प्रसाद चौधरीले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

विद्यालयका प्र.अ. पीताम्बर प्रसाद चौधरीले विभिन्न व्यक्तिहरुको कब्जामा परेको विद्यालयको जग्गा फिर्ता ल्याउन अनेकौं प्रयास गरे पनि उनीहरुले जग्गा फिर्ता नगर्दा बाध्य भएर ती व्यक्तिहरुलाई भूमाफियाको संज्ञा दिँदै प्रमाणसहित आफू मिडियामा आएको कुरा स्पर्श खबरलाई बताएका छन् ।

प्र.अ. पीताम्बर प्रसाद चौधरीको अनुसार श्री ने. रा. मा. वि. को नाममा रहेको साबिक गा.वि.स. छातापिप्राको वडा नं. ४ मा रहेको गढीमाई मन्दिरको छेउदेखि वैदेही पेट्रोल पम्पसम्मको कित्ता नं. १ को ५ कट्ठा १० धुर ऐलानी जग्गा विभिन्न व्यक्तिहरुले कब्जा गरी भोगचलन गरिरहेका छन् ।

यसैगरी विद्यालयकै नाममा रहेको साबिक गा.वि.स. छातापिप्राको वडा नं. ३ को कित्ता नं. ५९ को १९ कट्ठा जग्गा नारायणी स्पात उद्योगले कब्जा गरी भोगचलन गरिरहेको छ । विभिन्न भूमाफियाहरुले कब्जा गरेको विद्यालयको जग्गाहरु विद्यालयकै अधिनमा ल्याउन सके विद्यालयको भविष्य उज्ज्वल हुने र विद्यालयको आर्थिक तथा भौतिक विकासमा टेवा पुग्ने भएकाले सो जग्गाहरु पुनः विद्यालयकै नाममा ल्याउन प्र.अ. पीताम्बर प्रसाद चौधरीले मिडियामार्फत् पहल गरेका छन् । यसबारे वडा नं. ९ का वडाध्यक्ष मोतीलाल यादवसँग बुझ्दा विद्यालयको नाममा जग्गा फिर्ता आउनु सबैको लागि खुसीको कुरा रहेकोले सो जग्गा विद्यालयकै अधिनमा ल्याउन आफूले पनि पहल गर्ने आश्वासन दिनुभयो ।

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने

मनाेज शाह जितपुर बारा फागुन २३ गते:

प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने भएकी छिन् । एमालेले केन्द्रीय सचिव रघुविर महासेठको नेतृत्वमा सहभागी हुने ९ मन्त्रीको नाम टुंगो लगाउँदा साहले पुनः अवसर पाएकी हुन् ।

साह यसअघि २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री बनेकी थिईन् । तर राष्ट्रपति निर्वाचनमा प्रचण्डबाट धोका पाएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

अघिल्लो वर्ष प्रचण्ड नेतृत्वको सरकारमा गएका चार मन्त्रीलाई पुनः अवसर दिँदै एमालेले मन्त्रीको नाम टुंगो लगाएको हो । मन्त्रीको नाम टुंगो लगाएपनि मन्त्रालय भने टुंगिन बाँकी छ । तर दुई पटक छोटो अवधिका लागि कृषी तथा पशुपंक्षी विकास मन्त्री बनेकी साहले तेस्रो पटक पुनः सोही मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ ।

यो संगै साह चौथो पटक नेपाल सरकारको मन्त्री भएकी छिन् । यसअघि उनि पहिलो पटक २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री भएकी थिईन् भने २०७८ मा केपी ओली नेतृत्वको सरकार र २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री भएकी थिईन् ।

२०७९ सालमा मन्त्रीको सपथ लिदै ज्वालाकुमारी साह ।

साह २०६४ सालमा नेकपा माओवादीबाट समानुतिक संविधानसभा सदस्यमा निर्वाचित भएकी साह २०७४ सालमा बारा क्षेत्र नं. ३(१) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि दुवै पार्टी छुट्टाछुट्टै बाटोमा हिड्दा साह भने एमालेतर्फ लागिन् । जसका कारण माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाएको थियो ।

प्रदेशसभा सदस्य पद गुम्ने भएपनि एमाले नछाडेकी साहलाई अध्यक्ष ओलीले मधेस प्रदेश (तत्कालिन प्रदेश २) को पार्टी अध्यक्ष समेत बनाएका थिए । साह २०७९ सालको निर्वाचनमा बारा क्षेत्र नं. ३ बाट जसपाका रामबाबु यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भईन् । प्रतिनिधिसभामा उनि निर्वाचित हुँदा प्रदेशसभातर्फको दुवै सिट पनि एमालेले जितेको थियो ।

यस्तो छ ज्वालाकुमारी साहको यात्राः

२०६४ सालमा समानुपातिक संविधानसभा सदस्य

२०६८ मा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्री

२०७४ मा प्रदेशसभा सदस्य निर्वाचित

२०७८ मा कृषी तथा पशुपंक्षी विकास मन्त्री

२०७९ मा पुनः कृषी तथा पशुपंक्षी विकास मन्त्री

२०८० मा मन्त्री

दलित समाजद्वारा विशेष बैठक सम्पन्न : दलितहरुको उत्थानका लागि लिए महत्त्वपूर्ण निर्णय

दलित समाजद्वारा विशेष बैठक सम्पन्न : दलितहरुको उत्थानका लागि लिए महत्त्वपूर्ण निर्णय

मनोज  शाह, जीतपुर बारा, फाल्गुन २३ गते

जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ८ इमलीप्रतीमा आज दलित समाजको विशेष बैठक सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं.५ बकुलियाका वडा सदस्य ईन्दल पासवानको अध्यक्षतामा बसेको बैठकले अझैसम्म विकासको मूल धारमा नसमेटिएका तथा सामाजिक, आर्थिक, राजनैतिकरुपले पछि पारिएका समग्र दलित वर्गको उत्थानका लागि गहन छ्लफल गरी महत्त्वपूर्ण निर्णयहरु लिएको छ ।

सो बैठकले दलित समुदायको जनताहरुको हक अधिकारको रक्षा गर्न, समग्र दलित समाजको उत्थानमा टेवा पुर्‍याउनका लागि आगामी दिनहरुमा चाल्नुपर्ने कदमको बारे गहन छलफल गरी दिशानिर्देश तयार पारेको छ ।

यसैगरी जितपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ७ जितपुरमा रहेको पासवान समाज एवम् दलितहरुको ऐतिहासिक मन्दिर अर्थात् सलहेश बाबाको मन्दिरको संरक्षणको विषयमा पनि बैठकमा सहभागी भएकाहरुबीच बृहत् छलफल भएको थियो । सोही बैठकले बारा क्षेत्र ४ का सम्पूर्ण दलित अगुवाहरुलाई समेटी क्षेत्रीय भेला गराउने तथा आउँदो चैत्र ८ गतेको अन्तर्राष्ट्रिय जातीय उन्मूलन दिवस भव्यताका मनाउने निर्णयसमेत गरेको छ ।