ट्राफिक प्रहरी एक्सनमा : विद्यालयका बसलगायत कयौं साना ठुला गाडीलाई चिट काट्यो

ट्राफिक प्रहरी एक्सनमा : विद्यालयका बसलगायत कयौं साना ठुला गाडीलाई चिट काट्यो

मनोज  शाह, जीतपुर बारा, फाल्गुन २२ गते

जितपुरसिमरा वडा ७ मा रहेको ट्राफिक प्रहरी पोस्टको ट्राफिक प्रहरीहरु अचानक एक्सनमा आएका छन् । जितपुरको मुख्य सडक खण्डमा छड्के चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीहरुले मालवाहक ट्रक, सवारी साधन बोकेको साना ठुला बस तथा विद्यार्थी बोकेको स्कुल बस लगायत चेकजाँच गरेको छ । केही विद्यालयका बसहरुले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका कारण ती बसका चालकलाई आवश्यक नसिहत दिँदै एकदिनका लागि चिट काटेर छाडिएको ट्राफिक प्रहरी कार्यालय जीतपुरका प्रमुख बब्लु ठाकुरले स्पर्श खबरलाई जानकारी दिनुभयो ।