खेलकुदको समग्र विकासका लागि “नेपाल कुस्ती संघ” मधेस प्रदेश गठन

खेलकुदको समग्र विकासका लागि “नेपाल कुस्ती संघ” मधेस प्रदेश गठन

मनोज शाह फाल्गुन १९ गते:

मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा आज एक कार्यक्रमका बीच नेपाल कुस्ती संघ गठनको घोषणा भएको छ । बर्दिवासमा आयोजित कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष मुकेश साहले विगत केही वर्षदेखि यहाँको खेलकुद क्षेत्रमा उत्पन्न भएको विवाद हाल साम्य भएको जानकारी गराउँदै अब गठन भएको संघ मार्फत् सुव्यवस्थित ढंगले प्रदेशस्तरीय कुस्ती प्रतियोगिताहरु आयोजना गरिने जानकारी दिनुभयो ।

समग्र मधेस प्रदेशमै कुस्ती क्षेत्रको विकासको लागि हालसम्म कुनै पहल नभएको अवस्थामा यो संघमार्फत् कुस्ती क्षेत्रको विकासका लागि सम्बन्धित ठाउँमा पहल गरिने कुरा नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष मुकेश साहले आफ्नो मन्तव्यमार्फत् जोड दिनुभयो ।

खेलाडी बचाउन तथा भविष्यमा खेलाडीको व्यवस्थापन गर्न, राम्रो कभर्ड हलको अभाव पूर्ति गर्न , खेलाडी एवम् खेल सामग्रीको व्यवस्थापन गर्न समेत यसै नवगठित संघमार्फत् पहल गरिने नेपाल कुस्ती संघका केन्द्रीय उपाध्यक्ष मुकेश साहले विश्वास दिलाउनुभयो ।

मधेस प्रदेशको महोत्तरीको बर्दिवासमा नवगठित नेपाल कुस्ती संघ” मधेस प्रदेशको अध्यक्षमा रमेश साह, उपाध्यक्षमा सबिउल शेख, सचिव पारस यादव तथा सहसचिव शिवशंकर यादव , कोषाध्यक्षमा पिन्टु रौनियार चयन भएका छन् । यसैगरी सदस्यहरुमा विजय गिरी, दिपेन्द्र महतो, मनोज कुमार साह, सुजित यादव, दीपक यादव, राजकिशोर मण्डल चयन हुनुका साथै केन्द्रीय प्रतिनिधिका रुपमा सूर्यनारायण साह एवम् सुजित यादव चयन हुनुभएको कुरा दीपक यादवले स्पर्श खबरलाई जानकारी दिनुभयो ।