तलब माग गर्दा मजदुरहरु उद्योग प्रशासनबाटै गुन्डा शैलीमा कुटिए

तलब माग गर्दा मजदुरहरु उद्योग प्रशासनबाटै गुन्डा शैलीमा कुटिए

मनोज शाह, जीतपुर बारा, चैत्र २ गते

पर्सा जिल्लाको वीरगंज महानगरपालिका अन्तर्गतको वडा नं.२१ परवानीपुरमा अवस्थित श्री पेपर वर्क्स प्रा.लि. का मजदुरहरु सोही उद्योगको प्रशासनबाट गुन्डा शैलीमा कुटिएका छन् । नेपाल सरकारले वृद्धि गरेबमोजिमको तलब रकम अन्य उद्योगका मजदुरहरुले पाइसकेकाले आफूहरुलाई पनि नेपाल सरकारको नियमबमोजिमको वृद्धि भएको तलब रकम उपलब्ध गराउनका लागि श्री पाना पेपर वर्क्स प्रा. लि. का मजदुरहरुले उद्योग प्रशासन पक्षलाई पटकपटक जानकारी गराएका थिए ।

श्री पाना पेपर वर्क्स प्रा. लि. का प्र. अधिकृत ताराचन्द्र प्रसाद यादवले श्रावण महिनादेखिको वृद्धि भएको तलब रकम उपलब्ध गराउनुपर्ने मजदुरहरुको मागलाई बेवास्ता गर्दै आएका छन् । उद्योग प्रशासनले बिना कसुर तथा कुनै प्रकारको सूचना नै नदिई १३ जना कामदारहरुलाई कामबाट निकालेपछि मजदुर तथा उद्योग प्रशासनबीचको विवाद झनै चुलिएको छ ।

नेपाल सरकारले वृद्धि गरेको तलब रकम पाउनु सबै मजदुरहरुको हक भएकोले आफूहरुले पनि वृद्धि भएको तलब रकम पाउनुपर्ने श्री पाना पेपर वर्क्स प्रा. लि. का मजदुरहरुले स्पर्श खबरलाई बताए । मजदुरहरुले युनियन दर्ता गरेको तथा वृद्धि भएको तलबको माग गरेको निहुँमा उद्योग प्रशासनले बिना कसुर तथा कुनै प्रकारको सूचना नै नदिई १३ जना कामदारहरुलाई कामबाट निकाल्नुको साथै बाहिरबाट गुन्डाहरु बोलाएर मजदुरहरुमाथि निर्घात् कुटपिट गर्न लगाएको आरोप मजदुरहरुले लगाएका छन् ।

गत फाल्गुन २९ गतेका दिन उद्योग प्रशासनले बाहिरी मान्छेहरुलाई उद्योग परिसरभित्रै बोलाएर काम गरिरहेका मजदुरहरुलाई गुन्डा शैलीमा निर्घात् कुटपिट गर्न लगाएको छ । ती गुन्डाहरुबाट निर्घात् रुपमा कुटिएका श्री पाना पेपर वर्क्स प्रा. लि. का मजदुर नरेश यादव घाइते भएका छन् । घाइते भएका नरेश यादवलाई ढाड, खुट्टा, घाँटी, छातीमा रातो डाम देखिने गरी चोट लागेको छ । श्री पाना पेपर वर्क्स प्रा. लि. का मजदुरहरुले विगत ३ महिनादेखि काम गरेको तलब समेत उद्योगले उपलब्ध नगराएकोले घरपरिवार विचल्ली भएको तथा खान लाउन समेत कठिनाइ भएको मजदुरहरुले जनाएका छन् ।

यस घटनाबारे श्री पाना पेपर वर्क्स प्रा. लि. का प्रशासकीय अधिकृत ताराचन्द्र प्रसाद यादवसँग फोनमार्फत् बुझ्न खोज्दा मजदुरहरुले झुटो आरोप लगाएको हुनुपर्छ  बताए ।

 

जीतपुरसिमराको वडा नं. ७ मा विकासको कुरा नारामा मात्रै सीमित : तीनै तहले उपेक्षा गरेको जनताको गुनासो

जीतपुरसिमराको वडा नं. ७ मा विकासको कुरा नारामा मात्रै सीमित : तीनै तहले उपेक्षा गरेको जनताको गुनासो

मनोज  शाह, जीतपुर बारा, चैत्र १ गते

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको वडा नं. ७ का बासिन्दाहरु यस क्षेत्रमा विकास निर्माणका कार्यहरु समयमै नभएकाले आजित भएका छन् । खासमा सडक, नाला तथा खानेपानी जस्ता अत्यावश्यक पूर्वाधारहरुको निर्माण तथा विकासका लागि यहाँका जनताहरुले वडा कार्यालयमा पटकपटक खबर गर्दा पनि वडाले कुनै चासो नदेखाएकाले निर्वाचित जनप्रतिनिधिहरुले यहाँका जनताहरुलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको तथा सर्वसाधारण जनताको दु:ख पीडाप्रति कुनै सरोकार नरहेको कुरा प्रमाणित भएको स्थानीयहरुले गुनासो पोखेका छन् ।

निर्वाचित जनप्रतिनिधिहरुले विकास निर्माणका कार्यमा चासो नदेखाएपछि वडा ७ का बिर्जु साहले आफ्नै लगानीमा नाला निर्माण गर्न बाध्य भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरको तरकारी बजारमा रहेको नाला विगत लामो समयदेखि भत्किएको थियो । जसको कारणले गर्दा स्थानीय बासिन्दा लगायत बजारमा सरसामान किनमेल गर्न आउने ग्राहकहरुले समेत सास्ती व्यहोर्नुपरेको थियो । यस समस्याबारे वडा तथा नगरपालिकामा समेत आफूले पटकपटक जानकारी गराउँदा पनि वडाध्यक्ष एवम् मेयरबाट कुनै कदम नचालिएकाले उनीहरुको यस्तो व्यवहारबाट आफू रुष्ट एवम् आजित भएको स्थानीय बिर्जु साहले बताए । जीतपुर तरकारी बजारमा खानेपानीको लागि एउटा पनि सार्वजनिक धाराको व्यवस्था नरहेको समेत उनले गुनासो गरे । जीतपुर बजारमा किनमेलका लागि आउने ग्राहकहरु तिर्खाले छटपटाउने गरेको दृश्यले आफूलाई मर्माहित बनाएकोले सबैका लागि शुद्ध पिउने पानीको व्यवस्था गर्न आफ्नै लगानीमा धारा समेत जडान गरेको कुरा स्थानीय बिर्जु साहले जानकारी गराए ।

 

जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ को फरक फरक ठाउँ वा टोलमा विकास निर्माणको कार्यमा सम्बन्धित निकायले भेदभाव गरेको गुनासो पोख्दै कतै हतारहतार नाला तथा सडक बनाइए पनि कतै सडक-नाला निर्माण नहुने, बजार तथा नाला समेत सरसफाइ नहुने गरेको स्थानीय बासिन्दा असर्फी पटेलले आक्रोश पोखे । बजारमा जताततै जम्मा भएका फोहोरतर्फ ध्यानाकर्षण गराउँदै हाल जीतपुर बजार फोहोरको डङ्गुर बनेको स्थानीय बासिन्दा असर्फी पटेलले दुखेसो पोखे । यसै गरी जीतपुर ७ शान्तिटोल निवासी शैलेस सराफले वरिपरिका सबै गल्लीहरुमा बाटो बने पनि आफू बस्ने गल्लीमा अहिलेसम्म सडक नबनेकोले यस वडामा विकासको कुरा नारामा मात्रै सीमित रहेको गुनासो गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाकै एकमात्र व्यापारिक केन्द्रको रुपमा आफ्नो पहिचान बनाएको जीतपुर नगरी अहिले केन्द्रीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको प्राथमिकतामा नपर्दा विकास निर्माणले गति लिन सकेको छैन । निर्वाचित जनप्रतिनिधिहरु पनि आफ्नै दुनो सोझ्याउनपट्टि लागेकाले जाबो सानो नाला निर्माण गर्न नसक्नेहरुले समग्र जीतपुरको विकास गर्लान् भनी सोच्नु व्यर्थ छ भनेर स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् ।

मधेश प्रदेश सरकार असफलताको बाटोमा : उमेश कुश्वाहा

मधेश प्रदेश सरकार असफलताको बाटोमा : उमेश कुश्वाहा

मनोज  शाह, जीतपुर बारा,चैत १ गते

आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुश्वाहासंग स्पर्श खबरले गरेको विशेष कुराकानीमा मधेश प्रदेश सरकार असफलताको बाटोतर्फ लम्किरहेको बताउनु भयो ।

आ.ज.पा. मधेश प्रदेशका अध्यक्ष एवम् चर्चित युवा नेता उमेश कुश्वाहाका अनुसार मधेश प्रदेशमा विकास योजना अन्तर्गतका भौतिक पूर्वाधार विकास , शिक्षा, स्वास्थ जस्ता विकासका योजनामा व्यापक भ्रष्टाचार भइरहेको समाचार हरेक दिन सामाजिक संजालमा छाइरहेको छ । उमेश कुश्वाहाले स्पर्श खबरसँगको कुराकानीका क्रममा आम जनसमुदायले मधेश प्रदेश सरकार चरम् भ्रष्टाचारमा डुबेको गुनासो गरिरहेका जनाए ।

समग्र मधेश प्रदेशको उत्थानका लागि मधेश प्रदेश सरकारले गरिरहेको भ्रष्टाचारको विरुद्धमा आम जनसमुदायले आन्दोलनको बाटो पहिल्याउनुपर्ने एकमात्रै विकल्प बाँकी रहेको कुश्वाहाले बताउनुभयो ।

मधेस सरकारले किसानलाई पेन्सन , मल, बीउ तथा सिंचाइ पूर्ण रुपमा नि:शुल्क गर्ने योजना संचालनमा ल्याउन सकिरहेको छैन यसले गर्दा आम किसानहरुमा सरकारप्रतिको असन्तुष्टि बढिरहेको छ भन्ने कुरा उमेश कुश्वाहाले स्पर्श खबरलाई बताउनु भयो ।

 

 

श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयको १४ औं वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयको १४ औं वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पवन प्रसाद साह वीरगंज फागुन ३० गते:
बिरगंज महानगरपालिका वडा नं १० स्थित श्री रामचरण साह पान्नलाल माध्यमिक विद्यालयले आज पुरस्कार वितरण कार्यक्रम भव्यरुपमा सम्पन गरेको छ ।

विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नं१० वडाध्यक्ष सुशील साह कानु लगायत विशिष्ट अतिथी शैक्षिक प्रशासन महाशाखाका अरविन्दलाल कर्ण,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार साह,सदस्य,राप्रपाका नेता प्रमानन्द साह कानु,कामेश्वर श्रीवास्तव,समाजिक अभियानता लखन साह कानु,पूर्व अध्यक्ष, अभिभावक,शिक्षक,विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक चौहानले विद्यालयले आगामी दिनमा विद्यार्थीको सिकाइलाई प्राथमिकतामा राखेर काम गर्ने कुरा उल्लेख गर्नु भयो । विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानले विद्यालयको शैक्षिक विवरण प्रस्तुत गर्दै आगामी वर्षको विद्यालयको नारा नै शैक्षिक गुणस्तर सुधार रहेको प्रष्ट पार्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार साहले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नु हुँदै निरन्तरको मिहिनेतले मात्र सफलतको सिँढी चढ्न सम्भव हुने कुरा प्रष्ट पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि सुशील साह कानुले शिक्षकको क्षमता बिकास गर्दै विद्यालयको स्तर उन्नतीमा महानगर योजनावद्धरुपमा अघि बढेको बताउनुभयो साथै शिक्षक तालिम तथा विद्यालय सुधारका लागि आवश्यक आर्थिक लगायतका सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो। त्यसतै,बिरगंज महानगरपालिकाक वडाध्यक्षकानुले सामुदायिक विद्यालयको बार्षिक उत्सवमा लाग्ने खर्च वडा समितिको कार्यालयले व्यहोर्ने बताए । पन्नालाल माविलाई बार्षिकउत्सव कार्यक्रमका लागि १ लाख रुपैयाँ दिने घोषणा गर्दै वडाध्यक्ष कानुले वडामा रहेका अन्य सामुदायिक विद्यालयमा पनि वडा कार्यलयले बार्षिक उत्सव कार्यक्रमका लागि रकम उपलब्ध गराउने बताए।

कक्षा नर्सरी देखि कक्षा नौ सम्मका प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने ३३ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। सरसफाई तथा अतिरिक्त क्रियाकलापतर्फ पनि विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थए भने विद्यालयबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरुलाई ट्रफी वितरण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलालले विद्यालयको प्रगतिमा अहोरात्र खटिने शिक्षक तथा कर्मचारी धन्यवाद दिँदै विद्यार्थीहरुले सिकाइमा अपेक्षाकृत उपलब्धी हासिल गर्न अनुशासित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थी,विद्यालय र अभिभावकको त्रिपक्षीय समन्वयबाट मात्र विद्यालय सहज तरिकाले सञ्चालन गर्न सकिने र यसका लागि अभिभावक हरक्षण आफ्ना बालबालिकाप्रति सचेत बन्नुपर्ने कुरामा जोड दिनुभयो।

द लेप्रोसी मिसन नेपालद्वारा कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

द लेप्रोसी मिसन नेपालद्वारा कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मनोज  शाह, जीतपुर बारा, फाल्गुन ३० गते

द लेप्रोसी मिसन नेपालद्वारा आयोजना गरिएको कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण सम्बन्धी पत्रकारसँगको एकदिने कार्यक्रम आज सम्पन्न भएको छ । पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डा. प्रकाश पाैडेल , शम्भुलाल कर्ण , राम हरि रेग्मीले प्रशिक्षण दिनुभएको थियो ।

सीता विष्टले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षकहरुले कुष्ठरोग सम्बन्धी जानकारी प्रदान गर्नुभएको थियो । कुष्ठरोगसम्बन्धी ब्याक्टेरिया मानव शरीरमा प्रवेश गरेपछि त्यसको असर सुरु भए पनि धेरै जसाे मानिसहरुले याे कहिल्यै महसुस गर्दैनन् । धेरैजसो मानिसहरुको शरीरमा यो रोगसम्बन्धी ब्याक्टेरिया प्रवेश भए पनि ती व्यक्तिहरुमा ब्याक्टेरिया र कुष्ठराेग विरुद्ध लड्ने पर्याप्त रोग प्रतिकारात्मक शक्ति हुने भएकोले १ सय जना व्यक्तिमा ब्याक्टेरिया प्रवेश गरे पनि मात्रै तीन जनालाई राेगका प्रारम्भिक लक्ष्ण देखिने सम्भावना हुने एक अनुसन्धानले जनाएको छ ।

पर्याप्त मात्रामा रोग प्रतिरोधात्मक शक्ति भएका व्यक्तिहरुमा भने यो राेग लाग्दैन । कृष्ठराेग छाला र शरीरका बाहिरी सतहका स्नायुमा असर पुर्‍याउने एक प्रकारकाे सरुवा राेग हाे तर उपचार सुरु गरेपछि याे राेग सर्दैन भन्ने डा. प्रकाश पाैडेलले जानकारी गराउनुभएको थियो । द लेप्रोसी मिसन नेपालद्वारा आयोजना गरिएको कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रममा उपस्थित पत्रकारहरुको उल्लेखनीय सहयोग रहेको कुरा बिभा यदवले स्पर्श खबरलाई जानकारी दिनुभयो

 

प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधवार चर्चित र्यापर जि बबले प्रस्तुती दिने  ।

प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधवार चर्चित र्यापर जि बबले प्रस्तुती दिने  ।

मनाेज शाह जितपुर बारा फागुन ३० गते:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधवार चर्चित र्यापर जि बबले प्रस्तुती दिने छिन् ।

फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज बुधवार चर्चित र्यापर जि बब सहित भोजपुरी गायक प्रमोद जखमी, हास्यकलाकार दिनेश काफ्लेले प्रस्तुती राख्ने छन् ।

मेधस प्रदेशको मुख्य मन्त्रि सरोज कुमार यादवले उद्घाटन गर्नु भएको उक्त महोत्सव एवं एक्स्पो फागुनको ३० गते सम्म चल्ने छ । कार्यक्रममा संगितिक कार्यक्रम संगै विभिन्न कम्पनी, संघ संस्था विद्यालय र ब्राण्डहरुको प्रदर्शनी समेत रहेको छ ।

आर्थिक मन्दिले थप्प हरको बजार पुनः चलायमान बनाउन आयोजना गरिएको प्रथम जीतपुरसिमरा महोत्सव २०८० एवं प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा विभिन्न किसिमको व्यापारीक स्टल पनि राखिएको छ भने बाल उद्यानको समेत मेला लागेको छ ।

बारामा नयाँ प्र.जि.अ. को आगमनसँगै सरकारी कार्यमा बढ्यो तीव्रता : २५ दिनमै राहदानी पाइने

बारामा नयाँ प्र.जि.अ. को आगमनसँगै सरकारी कार्यमा बढ्यो तीव्रता : २५ दिनमै राहदानी पाइने

 

मनोज शाह, जीतपुर बारा, फाल्गुन २९ गते

बारा जिल्लामा नयाँ प्र.जि.अ. आउनुभएको लगभग २ महिना भएको छ । बाराका प्र.जि.अ. शशिधर घिमिरेको आगमनसँगै यस कार्यालयले दिने सेवामा तीव्रता आएको छ । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले यति छोटो समयमै आफ्नो मातहतको कार्यालयले आम जनताहरुलाई उपलब्ध गराउने सेवा सुविधाको गति चुस्तदुरुस्त बनाएका छन् । उनको कार्यशैलीबाट आम नागरिक निकै सन्तुष्ट छन् ।

 

विगतमा बारा जिल्लाबाट राहदानी बनाउँदा उक्त राहदानी लगभग ४५ दिनपछि मात्रै प्राप्त हुन्थ्यो तर अहिले २५ दिनभित्रै राहदानी उपलब्ध हुने गरेको कुरा राहदानी वितरण शाखा, कलैयाका कम्प्यूटर अपरेटर सनी कुमार गुप्ताले स्पर्श खबरलाई जानकारी दिएका छन् । उनका अनुसार वि.सं. २०८० फाल्गुन महिनामा मात्रै राहदानी बनाउन आवेदन दिएका मध्ये जम्मा ११४२ जनाको राहदानी तयार भइसकेको छ । जसमध्ये ५४३ जना पुरुष तथा १०९ जना महिला गरी जम्मा ६५२ जनाले आआफ्नो राहदानी यस कार्यालयबाट संकलन गरी लगिसकेका छन् भने ४९० ओटा राहदानी अझैसम्म पनि सम्बन्धित व्यक्तिहरुले संकलन गर्न बाँकी रहेको सनी कुमार गुप्ताले जानकारी दिए ।

 

राहदानीका लागि आवेदन दिएकाहरुमध्ये तयारी अवस्थामा रहेका तर संकलन गर्न बाँकी रहेका राहदानी सम्बन्धित नागरिकले यस कार्यालयबाट समयमै संकलन गर्न समेत गुप्ताले स्पर्श खबरमार्फत् आमजनतालाई आग्रह गरेका छन् ।

वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको दुइ बिट खेलमा बागमती र कोसि सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको दुइ बिट खेलमा बागमती र कोसि सेमिफाइनलमा

पवन प्रसाद साह वीरगंज फागुन २९ गते:

आज सोमबारकादिन वीरगंज महानगरपालिका अंतरगत वडा नं १० मा दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा चौथो दिन सगरमाथा लाइ हराउँदै बागमती सेमिफाइनलमा प्रवेश गरेको छ।

चौथो दिनको भएको खेलमा बागमती र सगरमाथा बिच मैत्रीपुर्ण खेल प्रतियोगिता भएको थियो । १६ ओभरको खेलमा सगरमाथाले १३० रन को लक्ष्य दिदै ७ बिकेट गएको थियो जसमा बागमतीले १५ ओभर १ बलमा १३० रनमा ४ बिकेट गएको थियो भने आजको खेलको मैन अफ द मैच सौरभ गुप्ता लाइ प्रदान गरिएको थियो ‌

त्यस्तै दोश्रो राउण्डमा

लुम्बिनी लाइ हराउँदै कोसि सेमिफाइनलमा प्रवेश गरेको छ।जसमा कोसि ८ ओभरमा १२८ रन र लुम्बिनीले १० ओभरमा ४७ रनको अनतारालले ८१ रनले कोसि जित हातपारि सेमिफाइनलमा प्रवेश गरेको छ। जसको मैन अफद मैचमा प्रिन्स गुप्ता ले हातपारेको थियो।

आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुसिल साह कानुले अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरु लाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए ।युवाहरुलाई खेल प्रति रुचि बढाउनका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिले को आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जिवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भुमिका खेलिरहेको बताए।

चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा

चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा

मनाेज शाह जितपुर बारा फागुन २९ गते:

अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब परवानीपुरले जनाएको हो ।

मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहल आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा बाग्मती र मधेस प्रदेश अन्तर्गतका ८ वटा टिम सहभागी हुने जनाएको छ ।

करिब १७ लाखको लगानीमा हुन लागेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार फुटबल प्रतियोगिताको लागी विभिन्न संस्थाहरु सहयोग गर्न तयार भएको र आयोजक क्लबका सदस्यहरुले पनि सहयोग गरिरहेको बताए ।

प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनलेे बताए ।

त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

आयोजक क्लबका अध्यक्ष राजमहम्द मियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक क्लबका सचीव ध्रुव प्रसाद साह , कोषाध्यक्ष सोनालाल मण्डल , आयोजक क्लबका टिम म्यानेजर संजय मण्डल , आयोजक क्लबका सदस्यहरु रवि राजा राम , रामप्रवेश कुशवाहा लगायतकाको सहभागीता रहेको थियो ।

पत्रकार सम्मेलनको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तथा प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले गरेका थिए ।

एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखमा पौडेल

एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखमा पौडेल

मनाेज शाह जितपुर बारा फागुन २९ गते:

नेकपा एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ । नेकप एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो ।

सो जिम्मेवारीसँगै नेकपा एमालेको २३ वटा जनसंगठनको इन्चार्ज पनि तोकेको छ । जनसङठन समन्वय समयन्त्र पार्टिको शक्तिशाली स्थान भएकोले पौडेलले २३ वटा जनसंगठन हाक्ने जिम्मा पाउनुभएको छ । आफुले जिम्मेवारी पाएसँगै मधेस प्रदेशका एमालेका जनसंगठनलाई चुस्तदुरुस्त पार्दै यसलाई थप चलायमान बनाउने पौडेलले बताउनुभयो । ‘मधेस प्रदेशमा नेकपा एमाले सबैभन्दा लोकप्रिय पार्टी हो । यसलाई अझै लोकप्रिय बनाउँदै ८४ मा एमालेको बहुमतको सरकार बनाउन जनसंगठनहरुलाई सक्रिय रुपमा जनजनमा परिचालित बनाउनेतर्फ मेरो प्राथमिकता हुनेछ’, उहाँले भन्नुभयो, ‘जनसंगठनहरुले अब पार्टीको मुद्धा सँगसँगै होइन जनताको पनि मुद्धा पहिलो प्राथमिकताको साथमा बोक्नुपर्छ ।