द लेप्रोसी मिसन नेपालद्वारा कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

द लेप्रोसी मिसन नेपालद्वारा कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रम सम्पन्न

मनोज  शाह, जीतपुर बारा, फाल्गुन ३० गते

द लेप्रोसी मिसन नेपालद्वारा आयोजना गरिएको कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण सम्बन्धी पत्रकारसँगको एकदिने कार्यक्रम आज सम्पन्न भएको छ । पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा डा. प्रकाश पाैडेल , शम्भुलाल कर्ण , राम हरि रेग्मीले प्रशिक्षण दिनुभएको थियो ।

सीता विष्टले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षकहरुले कुष्ठरोग सम्बन्धी जानकारी प्रदान गर्नुभएको थियो । कुष्ठरोगसम्बन्धी ब्याक्टेरिया मानव शरीरमा प्रवेश गरेपछि त्यसको असर सुरु भए पनि धेरै जसाे मानिसहरुले याे कहिल्यै महसुस गर्दैनन् । धेरैजसो मानिसहरुको शरीरमा यो रोगसम्बन्धी ब्याक्टेरिया प्रवेश भए पनि ती व्यक्तिहरुमा ब्याक्टेरिया र कुष्ठराेग विरुद्ध लड्ने पर्याप्त रोग प्रतिकारात्मक शक्ति हुने भएकोले १ सय जना व्यक्तिमा ब्याक्टेरिया प्रवेश गरे पनि मात्रै तीन जनालाई राेगका प्रारम्भिक लक्ष्ण देखिने सम्भावना हुने एक अनुसन्धानले जनाएको छ ।

पर्याप्त मात्रामा रोग प्रतिरोधात्मक शक्ति भएका व्यक्तिहरुमा भने यो राेग लाग्दैन । कृष्ठराेग छाला र शरीरका बाहिरी सतहका स्नायुमा असर पुर्‍याउने एक प्रकारकाे सरुवा राेग हाे तर उपचार सुरु गरेपछि याे राेग सर्दैन भन्ने डा. प्रकाश पाैडेलले जानकारी गराउनुभएको थियो । द लेप्रोसी मिसन नेपालद्वारा आयोजना गरिएको कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रममा उपस्थित पत्रकारहरुको उल्लेखनीय सहयोग रहेको कुरा बिभा यदवले स्पर्श खबरलाई जानकारी दिनुभयो