चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन

चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन
पवन साह बिरगंज चैत ४ गते:
चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेका
छन ।
चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वधिनता कायम गर भन्ने विभिन्न नाराका साथ जुलुस निकाली नगर परिक्रमा गरी घण्टाघरमा कोण सभामा परिणत भएको थियो ।
सो विरोध प्रर्दशनमा चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले चुरेलाई उत्खन्न गरी विनाश गर्दै आईरहेको, जस्तै अनावश्यक रुपमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपाली माथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फस्दाउँदै आएको र केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी (श्री चाईना रेल वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौका स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरी जिल्ला अदालत सिराहाले मुद्दा चलाएको छ । सो मद्धा विचाराधिन रहेको र तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध हाम्रो सदैव अभियान जारी राख्ने र मधेशलाई मरुभुमि हुनबाट जोगाउन सम्पूर्ण मधेसी तथा नेपाली दाजुभाई एकजुट भई विकासको नाममा विनाश गर्दै आएका चिनियाँ र चिनियाँ कम्पनी विरुद्ध विरोध गर्न आग्रह गर्दै आफ्नो मन्तव्य राखेको थिए ।
त्यस्तै अभियानका अभियान्ता चन्द्र प्रकाश सुवेदीले चिनियाँ विस्तारवाद र चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको र चिनियाँ कम्पनी द्वारा देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको जस्तै नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग विकासको नाममा चुरे दोहन लगायत बारे आफ्नो भनाई राखेको थिए ।
सो कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विधार्थी तथा समाजसेवीको उपस्थिती रहेको थियो ।

 

जितपुर शान्तिटाेल खेलमैदानमा भब्य अष्ट्यामा हुने

जितपुर शान्तिटाेल खेलमैदानमा भब्य अष्ट्यामा हुने
मनाेज शाह जितपुर बारा चैत ४ गते:
शान्ति युवा बिकास मञ्च जितपुरकाे आयाेजनामा हरेक वर्षझै यश वर्ष पनि अष्ट्यामा हुने भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा दुई वर्ष देखि भब्य रुपमा सफलताका साथ आयाेजना गरिएको छ ।धुमधामका साथ सम्पूर्ण जितपुरबासीकाे सहभागिता रहने अष्ट्यामा पुजाका लागि शान्ति युवा बिकास मञ्च जितपुर अन्तर्गत रहनेगरी उपसमिति चयन गरिएको छ ।धर्मैन्द्र सहनी अध्यक्ष रहनेगरी बनेको अष्ट्यामा उपसमितिमा १३ सदस्यीय समिति गठन गरिएको छ

जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा अनिल तिवारी सर्वसम्मत चयन

 जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा अनिल तिवारी सर्वसम्मत चयन

मनाेज शाह जितपुर   बारा चैत ४ गते: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) जीतपुरसिमरा नगर कमिटि अध्यक्षमा अनिल तिवारी चयन भएका छन् । एन प्याब्सन नेपालका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीको संयोजकत्व र एन प्याब्सन बारा जिल्ला उपाध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा एन प्याब्सन जीतपुरसिमरा नगर कमिटि गठन गरिएको हो ।
शनिवार गठन गरिएको एन प्याब्सन जीतपुरसिमरा नगर कमिटिको अध्यक्षमा डुमरवाना पब्लिक स्कूल रजघट्टाको संचालक अनिल तिवारी सर्वसम्मत चयन भएका हुन् ।

 

नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र कुमार साह, सचिवमा सरोज चन्द्र कार्की,कोषाध्यक्षमा नरेन्द्र तामाङ्ग, सदस्यमा गौतम चौधरी, मधुसुदन चौधरी चयन भएका छन् ।कार्यक्रममा बोल्दै एन प्याब्सनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीले चयन भएका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए । निजी विद्यालयको पक्षमा वकालत गर्न एन प्याब्सन केन्द्रिय कार्यसमिति निरन्तर सरकार तथा सरोकारवाला निकायसंग छलफलमा रहेका समेत अधिकारीले बताए ।

अध्यक्षमा सर्वसम्मत चयन गरेकोमा एन प्याब्सन जीतपुरसिमरा नगर कमिटिका अध्यक्ष अनिल तिवारीले धन्यावाद ज्ञापन गरेको थियो ।उक्त कार्यसमिति गतह्न कार्यक्रममा एन प्याब्सन बाराका कोषाध्यक्ष मदन रिजाल, स-सचिव राम बहादुर चौधरी, पूर्व प्रदेश सदस्य सुन्दर ढकाल लगायत जीतपुरसिमरा उपमहानगर भित्र रहेका बिभिन्न निजि बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

जन आन्दोलन दिवसको अवसरमा आम विद्यार्थी मोर्चाद्वारा राष्ट्रिय भेलाको आह्वान : विद्यार्थी अनुपातमा ह दरबन्दीको माग

जन आन्दोलन दिवसको अवसरमा आम विद्यार्थी मोर्चाद्वारा राष्ट्रिय भेलाको आह्वान : विद्यार्थी अनुपातमा ह दरबन्दीको माग

मनोज  शाह, जीतपुर बारा, चैत्र ३ गते

आम जनता पार्टीका अध्यक्ष एवम पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा आज आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटीको विस्तारित बैठक काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ । आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साहको अध्यक्षतामा बसेको उक्त बैठकले जन आन्दोलन दिवसको अवसरमा चैत्र २४ गतेका दिन काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी हुनुपर्ने माग राख्दै आम विद्यार्थी मोर्चाले चैत्र २४ गते जन आन्दोलन दिवसको मौकामा राजधानी काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साहले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्सा बिजयी

जीतपुरसिमरा क्रिकेट कपको उद्घाटन खेलमा पर्सा बिजयी

 

मनाेज शाह जितपुर बारा चैत ३ गते: आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो ।

पर्साका जीतमा अकिब अंसारी र अनुन चौहाले उत्कृष्ट ब्याटिङ गरेका थिए । टस जितेर ब्याटिङ रोजेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पर्साका लागि अकिबले ६३ रन बनाउँदै अर्धशतक बनाए । आयोजकका कप्तान सुरज लामाको बलमा पेभेलियन फर्किनु अघि ५४ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए ।

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी
मनाेज शाह जितपुर बारा चैत ३ गते:

शनिबार देखि सुरु भएको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ ।
शक्ति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगीतामा आयोजक शक्ति युवा क्लबलाई वीरगन्ज युथ एकेडमीले ट्राईब्रेकरमा ४ –२ गोल अन्तरले हराएको हो ।
परवानीपुर खेल मैदानमा सुरु भएको खेलमा पहिलो हाफमा शक्ति युवा क्लबले २ गोल अन्तरले अग्रता बनाएको थियो ।
पहिलो हाफको १४ औ मिनेटमा शक्ति युवा क्लबका जर्सी नम्बर १४ का खेलाडी अजय कुमारले पहिलो गोल गरे । खेल सुरु भएको समय देखि दबादमा रहेको वीरगन्ज युथ एकेडमीले खेलको १९ औ मिनेटमा एक खेलाडी परिवर्तन गरेको थियो ।
दबाबमा रहेका वीरगन्ज युथ एकेडमीमाथी हाबि बनेको शक्ति युवा क्लब २४ औ मिनेटमा पुन दोस्रो गोल गर्यो । दोस्रो गोल ट्राईबे्रकरमा जर्सी नम्बर ९ का खेलाडी संघर्ष मगरले गोल गरेका थिए ।
खेलको दोस्रो हाफको सुरु मै ५० औ मिनेटमा वीरगन्ज युथ एकेडमीका जर्सी नम्बर २० का खेलाडी आकाश पासवानले आफ्नो टिमको पहिलो गोल गरे ।
दोस्रो हाफमा शक्ति युवा क्लब माथी वीरगन्ज युथ एकेडमी दबाद बनाउदै लगेको थियो । खेलको ५५ औ मिनेटमा जर्सी नम्बर ११ का खेलाडी कृष्णा शाक्यले गोल गर्दै खेल बराबरीमा फर्कोए ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिम २–२ गोल गर्दै बराबरी खेलेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।
ट्राईबे्रकरमा शक्ति युवा क्लबका पाँच जना खेलाडी मध्ये तीन खेलाडी पोष्ट बाहिर बल हानेपछि पराजित हुन पुगेको हो ।
ट्राईबे्रकरमा वीरगन्ज युथ एकेडमीका पाँच जना खेलाडी मध्ये चार खेलाडी गोल जालीमा हानेका थिए ।
भोलीको खेल हेटौंडा फुटबल एकेडेमी मकवानपुर र चिडिया दह स्टार क्लब रौतहट बिच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए ।
चैत १० गते सम्म चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , वीरगन्ज युथ एकेडेमी , नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछन ।
यस्तै बाग्मति प्रदेशको हनामी भरतपुर फुटबल क्लब चितवन ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर भाग लिनेछन ।
यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए ।
त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको प्रतियोगिता सहसंयोजक दिपक यादवले बताए ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल उद्घाटन परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका थिए ।
प्रतियोगीताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्ष्तामा भएको कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , मोबिन आलम , सोचन यादव , राजेन्द्र यादव , नेपाली कांग्रेसका नेता विजय गुप्ता , हबिब मियाँ लगायतका विभिन्न वडाका वडाअध्यक्ष , स्थानीय नेता तथा समाजसेवीहरु सहभागी थिए ।

 

परवानीपुर गाउँ कार्यपालिकाको न्यायिक समितिमा जम्मा २७ ओटा मात्रै मुद्दा  दर्ता

परवानीपुर गाउँ कार्यपालिकाको न्यायिक समितिमा जम्मा २७ ओटा मात्रै मुद्दा  दर्ता

मनोज कुमार शाह, जीतपुर बारा, चैत्र 3 गते

बाराको परवानीपुर गाउँपालिका अन्तर्गतको गाउँ कार्यपालिकाको न्यायिक समितिको कार्यालयमा आ.व. ७९/८० मा कुल ११ ओटा मात्रै मुद्दाहरु दर्ता भएको त्यहाँका न्यायिक समिति सचिवालय सदस्य राम कुमार सोनलले स्पर्श खबरलाई जानकारी दिएका छन् । आ.व.७९/८० मा दर्ता भएका ११ ओटा मुद्दाहरुमध्ये सबै मुद्दाहरु जग्गा विवादसम्बन्धी रहेको र ती मध्ये ५ ओटा मात्रै मुद्दाको टुङ्गो लागेको तथा ६ ओटा मुद्दाहरु फर्छ्यौट हुन बाँकी रहेको परवानीपुर गाउँपालिकाको उपाध्यक्ष एवम् न्यायिक समितिको संयोजक सुगन्धी देवी कनुइनले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

यसैगरी आ.व. ८०/८१ मा १६ ओटा मात्रै मुद्दाहरु दर्ता भएको र ती सबै जग्गासम्बन्धी मुद्दा रहेको त्यहाँका न्यायिक समितिको संयोजक तथा परवानीपुर गाउँपालिकाको उपाध्यक्ष सुगन्धी देवी कनुइनले जानकारी दिनुभयो । दर्ता भएका १६ ओटा मुद्दाहरुमध्ये २ ओटा मुद्दाहरु मात्रै टुङ्गो लागेको तथा १४ ओटा मुद्दाहरु अझै फर्छ्यौट हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आ.व.७९/८० देखि ८०/८१ भित्र कुल २७ ओटा मुद्दाहरु मात्रै दर्ता भएको र सबै मुद्दाहरु जग्गा विवादसम्बन्धी रहेको परवानीपुर गाउँपालिकाको उपाध्यक्षले स्पर्श खबरलाई जानकारी दिनुभएको छ ।

सिमरा नागरिक उड्डयन कार्यालय अन्तर्गतको सिमरा विमानस्थलबाट उडान भर्नेको संख्यामा वृद्धि

सिमरा नागरिक उड्डयन कार्यालय अन्तर्गतको सिमरा विमानस्थलबाट उडान भर्नेको संख्यामा वृद्धि

मनोज शाह, जीतपुर बारा, चैत्र ३ गते:

बारा जिल्लाको सिमरामा रहेको सिमरा विमानस्थलबाट आ.व. ०७९/८० मा कुल १२८६१३ जना यात्रुहरुले प्रस्थान गरेका छन् । यसैगरी सिमरा विमानस्थलमा आगमनको गर्ने यात्रुको सङ्ख्या कुल १३५२०३ जना रहेको सिमरा नागरिक उड्डयन कार्यालयका प्रबन्धक सूर्य बहादुर खत्रीले जनाएका छन् ।

अभिभावक विहीन जीतपुर : आफ्नो पुरानो प्रतिष्ठा गुमाएको स्थानीयको गुनासो

अभिभावक विहीन जीतपुर : आफ्नो पुरानो प्रतिष्ठा गुमाएको स्थानीयको गुनासो

 

मनोज  शाह, जीतपुर बारा, चैत्र ३ गते

 

‘हात्ती आयो हात्ती आयो फुस्सा’ उखान वर्तमान परिस्थितिमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरको लागि उपयुक्त भएको छ । नगरपालिका र उपमहानगरपालिका एवम् आर्थिक नगरीको रुपमा रहे पनि यहाँको विकास भने झन् झन् खस्किँदै गएको सर्वविदितै छ । वडा नं. ७ जीतपुरको हालको विकास र प्रगतिको दरभन्दा विगतमा भवानीपुर जीतपुर गा.वि.स. हुँदै राम्रो रहेको तथ्याङ्कले देखाउँछ । आफ्नो स्थापनाकालदेखि नै यस नगरीले आर्थिक तथा व्यापारिक केन्द्रको रुपमा आफूलाई चिनाउन सफल रहे तापनि हालको स्थिति जोकोहीले पनि मूल्याङ्कन गर्न सक्छन् । यहाँका भूतपूर्व प्रधानपञ्च एवम् भूतपूर्व गा.वि.स. अध्यक्ष श्री चीरञ्जीवी भक्त पौडेलको भनाइ पनि यस्तै किसिमको रहेको छ । उहाँको अनुसार हाल जीतपुरको विकासमा ह्रास आएको बताउनुहुन्छ । यसमा थप्दै उहाँ अगाडि भन्नुहुन्छ, “जीतपुरको विकास र प्रगतिको लागि म सदैव तन, मन र धनले लागिरहनेछु । सबैको साथ र सहयोगले मात्र यस जीतपुरलाई सुन्दर र सम्पन्न बनाउन सकिन्छ ।”

 

हामीले यहाँका थप एक भूतपूर्व गा.वि.स. अध्यक्ष एवम् प्रधानपञ्च श्री रमण चौधरीसँग पनि यस समसामयिक विषयमा बुझ्दा उहाँकै शब्दमा, “जीतपुर एउटा सुनको चराजस्तै हो । यहाँ जो व्यक्ति पनि आएर सजिलै आफ्नो व्यापार व्यवसाय गर्न सक्छन् । यस भेगकै व्यापारिक केन्द्रको रुपमा जीतपुर रहेको छ ।” भनी बताउनुभयो ।

 

यसै गरी जीतपुरका अग्रज एवम् जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ का भूतपूर्व गा.वि.स. अध्यक्ष श्री कृष्ण व्रत सिंहले हालको जीतपुरको राजनीतिक एवम् सामाजिक अवस्था सन्तोषजनक रहेको भन्न नसकिने बताउनुभयो । उहाँले अगाडि थप्दै भन्नुभयो, “हामीले कुनै पनि व्यक्तिगत रिसराग नराखी सबैजना मिली यहाँको विकास गर्न सकिन्छ ।” हाल केही समय यता आएर जीतपुरमा मोनोपोली, धाकधम्की र प्रलोभनको राजनीति भइरहेको कुरा उहाँले स्वीकार गर्नुभयो ।

 

यसरी सरसर्ती हेर्दा अहिले जीतपुरले आफ्नो पुरानो साख समेत गुमाएको स्थिति रहेको छ । यहाँको पुरानो पहिचान बोकेको भैंसी बजार पनि लगभग लोप हुने स्थितिमा रहेको छ । त्यसैगरी व्यापारिक केन्द्रको उपाधि पनि छिमेकी सहरले लिइसकेको छ । यस्ता यस्तै केही उपलब्धीहरु यस नगरले गुमाएको छ भने केही गुमाउने क्रममै छ ।

 

यसले के देखाउँछ भने हाल जीतपुर अभिभावकविहीन भएको छ । जीर्ण बन्ने अवस्थामा रहेको जीतपुरको समग्र विकासको लागि असल तथा दूरदर्शी सोच भएको अभिभावकत्वको भूमिका निर्वाह गर्न सक्ने व्यक्तिको खाँचो छ । जुन जोगी आए पनि कानै चिरेका भनेझैं नेपालमा गणतन्त्र आएयता जीतपुरमा अनेकौं जनप्रतिनिधिहरु, सामाजिक अगुवाहरु, विभिन्न राजनैतिक दलका नेताहरु तथा सामाजिक अभियन्ताहरु देखा परे तर कसैले पनि यस क्षेत्रको अभिभावकत्व ग्रहण गर्न सकेको देखिंदैन । गाउँगाउँमा सिंहदरबार पुगिसकेको ढोल पिटे पनि जीतपुरको सन्दर्भमा भने यो लागू हुन नसकेको गुनासो स्थानीयहरुको रहेको छ । यहाँका प्रतिष्ठित व्यापारी शिवजी प्रसाद साह सोनारले दुखेसो पोख्दै भने, “जीतपुर व्यापारिक केन्द्रको रुपमा रहे तापनि यसको उचित व्यवस्थापन, अनुगमन तथा प्रवर्द्धन – सम्वर्द्वन नहुँदा आज जीतपुरको हविगत यस अवस्थामा पुगेको हो ।”

 

जीतपुरको सर्वाङ्गीण विकासको लागि यहाँको स्थानीय जनताहरु जागरुक भई स्वस्फूर्त रुपमा उठ्न र आफ्नो सहरको गुमेको वा गुम्न लागेको साखको संरक्षण गर्नको लागि सडा सङ्घर्ष गर्न नितान्त आवश्यक छ । विकासप्रेमीलाई सम्मान र विकासविरोधीको प्रतिकार गर्न सख्त आवश्यक रहेको छ । विकासप्रेमी स्थानीय बासिन्दाहरुले समयमै उचित कदम चालेनन् भने चोर चोर मौसेरा भाइ भनेझैं धमिराहरुले जीतपुरलाई नामेट पार्न बेर लगाउने छैनन् ।

 

भ्रष्टाचार एवम् लुटको विरुद्ध आजपाले काठमाडौमा जनप्रदर्शन गर्ने

भ्रष्टाचार एवम् लुटको विरुद्ध आजपाले काठमाडौमा जनप्रदर्शन गर्ने

 

मनाेज शाह जितपुर बारा   चैत २गते:

आम जनता पार्टीका अध्यक्ष पूर्व मन्त्री माननीय प्रभु साह ज्यूको अध्यक्षतामा आज आम जनता पार्टीको पदाधिकारीहरुको विशेष बैठक सम्पन्न भएको छ । उक्त बैठकले देशमा जताततै फैलिरहेको भ्रष्टाचार , लुटतन्त्र, मीटरब्याजीहरुको मनोमानी आदि समस्यालाई जरैदेखि उखेल्नुपर्ने निष्कर्ष निकाल्दै लुटकारी दलतन्त्रको विरुद्ध , भ्रष्टाचारीहरुको विरुद्ध तथा बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ताको लागि यही चैत्र २४ गते काठमाण्डौमा आम जनता पार्टीको नेतृत्वमा जनप्रदर्शन गर्ने निर्णय गरेकोछ ।

 

देशमा आम जनताको शासन स्थापना गर्ने संकल्प सहित आजपाले जनआन्दोलन दिवसको अवसरमा सशक्त आन्दोलन उठान गर्नेछ र गरिब, पीडित जनताको सहारा बनेर आजपाले देशमा नयाँ युगको सुरुआत गर्नेछ भन्ने कुरामा जोड दिँदै आजपाका केन्द्रीय सचिव एवम् मधेश प्रदेश अध्यक्ष उमेश कुश्वाहाले स्पर्श खबरलाई जानकारी दिनुभयो ।